स्थानीय
दामनमा भेटियो विश्वमै दुर्लभ सूचीमा रहेको गुराँस
हेटौंडा– विश्वमै दुर्लभ सूचीमा रहेको गुराँस प्रजातिको ‘चिमाल’ मकवानपुरको दामनमा फेला परेको छ । नेपालमा इलामको माइपोखरी क्षेत्रमा मात्र देखापरेको यो चिमाल मकवानपुरको दामनमा फेला परेको हो । ‘करिब १५ वर्ष अघि नेपालका लेकाली क्षेत्रहरुमा चिमालको अध्ययनको क्रममा इलाम बाहेक अन्य जिल्लामा देखिएको थिएन, दोस्रो जिल्ला मकवानपुरको दामनमा देखियो,’...
मनहरीमा ३ वटा पक्की पुलको एकैपटक उद्घाटन
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले आन्तरिक स्रोतबाट करिब १९ करोड रुपैयाँ खर्चिएर निर्माण गरेको तीनवटा पक्की पुलको शनिबार उदटन गरिएको छ । लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन ५ वटा पक्की पुलमध्ये हालसम्म सम्पन्न भएका ३ वटा पुलको बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । मनहरी १...
४०० केभीको हेटौंडा सबस्टेसन निर्माण सम्पन्न
हेटौंडा । देशभित्रको विद्युत प्रसारण एबम् वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा ४०० केभीए हेटौंडा सबस्टेसन निर्माण सम्पन्न भएको छ । ग्यास इन्सुलेटेड प्रणाली ९जिआइएस० प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबारबाट सञ्चालन ९चार्ज० मा ल्याइएको हो ।...
प्रदेश सरकारको बजेटः योजना माग अत्यधिक, स्रोत सीमित
हेटौंडा– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको धमाधम भइरहेको बताइएको छ । जेठ मसान्तमा प्रदेश सरकारको बजेट पेस हुने संवैधानिक व्यवस्थाअनुरुप प्रदेश सरकारले बजेट निर्माणको प्रक्रिया तीब्ररुपमा गरिरहेको हो । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ५५ देखि ६० अर्बको हाराहारीमा बजेट ल्याउने...
जिल्ला समन्वय समितिको तेस्रो त्रैमासिक समीक्षा
हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरको तेस्रो त्रैमासिक समीक्षा गरिएको छ । समिक्षामा बागमती प्रदेशस्तरका कार्यालय र मकवानपुर जिल्लास्तरका कार्यालयले यो तीन महिनाको अवधिमा गरेका कामको विवरण प्रस्तुत गरेका थिए । नेकपा एमाले संसदीय दलका प्रमुखसचेतक महेश बतौलाले विकास निर्माणका बिषयमा साझा संकल्प गरेर अगाडि बढ्नुपर्ने बताए । जिल्ला...
हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा भण्डारी
हेटौंडा– सरकारले हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा हेटौंडाका युवा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हेटौंडाका व्यवसायी तथा युवा राजनीतिकर्मी भण्डारीलाई अध्यक्ष नियुक्त गरेको हो । संघीय सरकारको उद्योग तथा वाणिज्य मन्त्रालयले हेटौंडा सिमेन्ट उद्योगको रिक्त अध्यक्षमा ३ जनाको उम्मेदवारी स्वीकृत गरेको थियो ।...
हेटौंडाका टोलविकास संस्थाले दिए नगरमा प्लाष्टिक बन्द गर्ने स्वीकृति
हेटौंडा । हेटौंडा नगरमा रहेका टोल विकास सस्थाहरुले उपमहानगरक्षेत्रभित्र प्रदुषणको मुख्य श्रोतको रुपमा रहेको प्लाष्टिकजन्य बस्तु प्रयोग बन्द गर्न स्वीकृति दिएका छन् । टोल विकास संस्थाले प्लास्टिकजन्य बस्तु प्रयोगमा प्रतिबन्ध लगाउने तयारीमा नगरको अभियान कति सफल होला त्यो समयले बताउनेछ । बुधबार ५२ औं विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम...
बागमतीमा विपद्बबाट ३३ हजार घरधुरी प्रभावित हुने आंकलन
हेटौंडा । मुलुकका सात प्रदेशमध्ये बागमती प्राकृतिक प्रकोप (विपद्) जोखिम बढी भएको प्रदेश हो । बागमतीमा बाढी, पहिरो र चट्याङ जस्ता तीनवटै विपद्को जोखिम अधिक छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१’ अनुसार बागमतीमा यसवर्ष विपद्बाट ३३ हजार ३ सय...
बागमतीमा ६७ करोडका ४३७ टुक्रे योजना कार्यान्वयनमा गएन
हेटौंडा । बागमती प्रदेश सरकारले थप गरेको ६७ करोडका ४३७ वटा टुक्रे योजना कार्यान्वयनमा नजाने निश्चित भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ सकिन तीन महिनामात्रै बाँकी हुँदा आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशसभाबाट पास भएर आएका ५ लाखदेखि ५० लाख रुपैयाँसम्मका टुक्रे योजना थप्न सम्बन्धित मन्त्रालयमा पत्राचार गरेको...
एमाले मकवानपुरमा नयाँ टिम, को हुन् अध्यक्ष श्रीधर ?
हेटौंडा । नेकपा एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन् ।सोमबार दिउँसो सम्पन्न मतगणनाअनुसार पोखरेलले ३१३ मत ल्याएर विजय हासिल गरे । पोखरेलसँग प्रतिस्पर्धा गरेका ईन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमाल पराजित भए । इन्द्रमानले २६२ मत ल्याउँदा थापाले १६६ मत मात्रै पाए...