स्थानीय

मकवानपुरका सात स्थानीय तहमा संस्थापन पक्षका सभापति

हेटौंडा–नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत् मकवानपुरमा सम्पन्न स्थानीय तहको अधिवेशनबाट नेतृत्वमा युवाहरु हावी भएका छन् । जिल्लाको दशवटा स्थानीय तहमध्ये आठमा निर्वाचन र दुईमा सर्वसम्मतबाट नयाँ नेतृत्व चयन भएको थियो । जसमध्ये सभापति शेरबहादुर देउवा समूहका ७ जना र देउवा इतरका ३ जना सभापतिमा निर्वाचिन भएका छन् ।...

एकेडेमी खोल्न गणेश थापासँग भएको सम्झौता रद्द

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाले फुटबल एकेडेमी सञ्चालनका लागि गणेश थापासँग गरेको २५ लाखको सम्झौता रद्द गरेको छ । नगर प्रमुख हरिबहादुर महतले बिहीवार एकल निर्णयबाट सम्झौता रद्द गरेका हुन् । फुटबलको सर्वोच्च निकाय फिफाबाट भ्रष्टाचार अभियोगमा संलग्न रहेको भन्दै फुटबलसँग सम्बन्धित सबै गतिविधिबाट १० वर्ष प्रतिबन्ध खेपिरहेका पूर्व एन्फा अध्यक्ष थापालाई...

जनप्रतिनिधि आएपछि गाउँभरी पुल

मकवानपुरगढी-साविकको गाविस हुँदा विकासबाट पछाडि परेको आमभञ्ज्याङ, गढी, सुकौरा र बढीचौर गाउँ विकास समिति मिलेर गाउँपालिका भएपछि काँचुली फरेको छ । यी चार गाविस गाभिएर बनेको मकवानपुरगढी गाउँपालिकामा जनप्रतिनिधि आएपछि सडकसँगै एक दर्जन पुल निर्माणका चरणमा छन् । गाउँपालिकाले जनप्रतिनिधि पाएपछि विकासमा फड्को मारेको हो । ठाउँ–ठाउँमा सडक निर्माण...

घट्यो हेटौँडा सिमेन्टको मूल्य

काठमाडौं । गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा ४७ रुपैयाँ घटाएर सात सय २ रुपैयाँमा बिक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताए । यसअघि प्रतिबोरा ७...

बागमती प्रदेश ‘साक्षर प्रदेश’ घोषणा

हेटौंडा । बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको । सोमबार बागमतीलाई देशकै पहिलो साक्षर प्रदेशका रुपमा घोषणा गरिएको हो । बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेकी हुन् । शाक्यले साक्षर बागमती प्रदेश घोषणा २०७८ लेखिएको स्तम्भ पनि अनावरण गरेकी छन् । हेटौंडा–१० स्थित सामाजिक विकास मन्त्रालय...

कांग्रेस हेटौंडा उपमहानगर कमिटीमा संस्थापन पक्षको प्यानल नै निर्वाचित

नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका कमिटीमा संस्थापन पक्षको प्यानल नै विजयी भएको छ । संस्थापन र संस्थापनइतरको दुई प्यानल बनाएर नगरमा निर्वाचन भएको थियो । निर्वाचनबाट नगरको सभापतिमा उत्सव इटेनीको प्यानल नै निर्वाचित भएको हो । सचिवमा हेटौंडाका चर्चित युवा नेता सविन न्यौपाने विजयी भएका छन् । उनी हेटौंडा–१ को...

मकवानपुरका चार नेता नेकपा एसको केन्द्रीय कमिटीमा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समावादी) को केन्द्रीय कमिटीमा मकवानपुरका चार नेता समेटिएका छन् । पार्टी उपाध्यक्षसहित के्रन्द्रीय सदस्यसम्म मकवानपुरका नेता छन् । नेकपा एमाले विभाजनपछि नयाँ गठित एकीकृत समाजवादीमा मकवानपुरबाट केदार न्यौपाने, विरोध खतिवडा, ललित बस्नेत र मुनु सिग्देल केन्द्रीय कमिटीमा रहेका हुन् । एकीकृत समाजवादीको हालै बसेको केन्द्रीय...

मकवानपुरमा यस्तो छ चाडपर्वलक्षित प्रहरीको सुरक्षा योजना

जिल्ला सुरक्षा समिति मकवानपुरले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना तयार पारेको छ । दशैं तिहारजस्ता सर्वसाधारणको बढी चहलपहल हुने चाडपर्व लक्षित गरेर विशेष सुरक्षा योजना तयार पारिएको हो । कोरोना भाइरस संक्रमणको जोखिमसँगै चाडबाडमा हुन सक्ने आपराधिक गतिविधिलाई रोक्न विशेष सुरक्षा योजना तयार गरिएको प्रमुख जिल्ला...

बागमती प्रदेशको सबै वडामा गुनासो पेटिका राख्दै प्रहरी

हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालयले स्थानीय तहका वडासम्म गुनासो तथा सुझाव पेटिका राख्ने भएको छ । सेवालाई प्रभावकारी बनाउँदै जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यका साथ वडा तहसम्म सुझाव पेटिका राख्ने तयारी थालेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आइतबारदेखि रसुवाबाहेक अन्य ९ जिल्लाका स्थानीय तहका १ सय ५१...

गाउँपालिकाले नदीजन्य पदार्थको जरिवाना काट्न थालेपछि प्रहरी भयो ‘बाठो’

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले नदीजन्य पदार्थको जरिवाना काट्दा ढुङ्गा, गिट्टी, वालुवा बाकेर लोथर सम्म पुगेका सवारीका साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले शनिवार मात्र ५० वटा सवारी नियन्त्रणमा लिएको छ । असार, साउन र भदौ महिनामा खोलामा नदीजन्य पदार्थ उत्खनन् गर्न बञ्चित भएपनि मनहरी गाउँपालिकाबाट ढुङ्गा, गिट्टी,...