स्थानीय
थाहामा एकीकृत समाजवादी, गोपालीको नेतृत्वमा ६३ सदस्यीय कमिटी निर्माण
हेटौंडा–मकवानपुरको थाहा नगरपालिकामा एकीकृत समाजवादीको पार्टी कमिटी तथा युवाको संगठन निर्माण गरिएको छ । आज बुधबार भएको भेलाले सानुकाजी गोपाली अध्यक्ष र हरिबहादुर स्याङ्तान सचिव रहेको ६३ सदस्यीय पार्टी नगरकमिटी गठन गरेको हो । यस्तै, ५१ सदस्यीय युवा संघ नेपाल थाहा नगरकमिटी पनि गठन गरिएको हो । पार्टी तथा...
प्रणामी व्यवसायी संघ मकवानपुर गठन
हेटौंडा– प्रणामी समुदायभित्रका व्यवसायीहरुको छाता संगठन प्रणामी व्यवसायी संघ मकवानपुर गठन भएको छ । संघको हेटौंडामा भएको भेलाले विनोद पुडासैनीको संयोजकत्वमा १७ सदस्यीय कमिटी गठन गरेको छ । संघको तदर्थ समिति निर्माण गरिएको हो । जसको सहसंयोजकमा धर्मराज ढकाल (राजु) तथा सदस्यहरुमा प्रकाश वाग्ले, नवीन तिवारी, सागर उप्रेती, नवीन...
गढीको पाँच नम्बर वडामा अस्थायी प्रहरी चौकी
हेटौंडा– मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ धादिङ्गमा अस्थायी प्रहरी चौकी राखिएको छ । वडा कार्यालयको पहलमा स्थापित अस्थायी प्रहरी चौकीको शुक्रबार उद्घाटन गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले चाबी हस्तान्तरण गर्दै प्रहरी चौकीको उद्घाटन गरेका हुन् । उनले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासन प्रतिबद्ध रहेको बताए ।...
बागमतीको तेस्रो मुख्यमन्त्री बने राजेन्द्र पाण्डे
हेटौंडा– बागमती प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा राजेन्द्र पाण्डे नियुक्त भएका छन् । मुख्यमन्त्रीमा नियुक्त पाण्डेलाई बिहीवार अपरान्ह प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ खुवाएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख शर्माले नवनियुक्त मुख्यमन्त्री पाण्डेलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । एमाले विभाजनसँगै अल्पमतमा परेकी निवर्तमान मुख्यमन्त्री...
बागमतीको तेस्रो मुख्यमन्त्री बन्दै राजेन्द्र पाण्डे, आज साढे ३ बजे शपथ
हेटौंडा– बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्दै छन्, राजेन्द्र पाण्डे । नेकपा (एकीकृत समाजवादी)का नेता पाण्डेले मुख्यमन्त्रीको शपथ आज अपरान्ह ३ः३० बजे लिने तयारी छ । बागमतीमा यसअघि तत्कालि नेकपाको दुईतिहाई मतसहित हेटौंडाका डोरमणि पौडेल र एमालेको बहुमतबाट अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनिसकेका छन् । पौडेले देशको पहिलो मुख्यमन्त्री हुन भने...
बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी पेस
हेटौंडा– नेकपा एकीकृत समाजवादीका संसदीय दलको नेता राजेन्द्र पाण्डेले बागमतीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । चार दलीय गठबन्धनको नेतृत्व गर्दै पाण्डेले बुधवार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेशसभा बैठकमा अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिँदै नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेकी थिइन्...
मउवा संघको अध्यक्षमा कृष्ण अग्रवाल विजयी
हेटौंडा–उद्योग वाणिज्य संघ मकवानपुरको अध्यक्षमा कृष्णकुमार गुप्ता (अग्रवाल)ले विजय हासिल गरेका छन् । संघका पूर्वअध्यक्षसमेत रहेका राजकुमार न्यौपानेलाई पराजित गर्दै अग्रवालले जितेका हुन् । अग्रवालले एक हजार २ सय ४६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी न्यौपानेले १ हजार १ सय ५५ मत मात्रै पाए । संघको ५४...
हेटौंडामा तिहार लक्षित ‘बजाज एक्सचेन्ज अफर’
हेटौंडा–हेटौंडामा बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता होराइजन अटो प्रा.लिले तिहारको अबसरमा ‘बजाज एक्सचेन्ज अफर’ ल्याएको छ । ‘बजाज एक्सचेन्ज अफर’ यही १० कार्तिकदेखि १७ गतेसम्म सात दिनसम्म सञ्चालन हुनेछ । हेटौंडा–१०, टिसिएन रोडमा रहेको बजाज स्वरुममा एक्सचेन्ज अफर सञ्चालनमा रहने जनाइएको छ । कम्पनीले ‘फाइदा मोर, टेन्सन नो मोर’ भन्ने...
मकवानपुरको महिला फुटबल टोली उपमेयर कप खेल्न प्रस्थान
हेटौंडा– मकवानपुरको महिला फुटबल टोली काठमाडौंमा जारी उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनौट प्रतियोगितामा खेल्न काठमाडौं प्रस्थान गरेको छ । कप खेल्न काठमाडौं हिँडेको खेलाडी, प्रशिक्षक तथा पदाधिकारीसहितको टोलीलाई हेटौंडा उपमहानगरपालिकाले एक कार्यक्रम आयोजना गरी विदाई गरेको छ । हेटौंडा उपमहानगरपालिकाकी उमेयर मिना कुमारी लामा, खेलकुद विकास समिति...
मउवा संघको निर्वाचन जारी, २७ पदमा ५४ जना भिड्दै
हेटौंडा–निजी क्षेत्रको छाता संगठन मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि आज मंगलबार निर्वाचन कार्यक्रम अन्तर्गत मतदान प्रक्रिया जारी छ । ५४ र ५५ औं साधारण सभाबाट नेतृत्व चुन्नका लागि सोमबार उम्मेदवारी दर्ता, फिर्ता र दाबी विरोध सकिए लगतै आज मंगलबार बिहान ९ देखि ४ बजेसम्म मतदान प्रक्रिया अघि...