स्थानीय
प्रकाशको स्मृतिमा अखिल क्रान्तिकारी स्वयमसेवक दस्ताको श्रद्धाञ्जली सभा
हेटौंडा । नेकपा माओवादी केन्द्रका स्वर्गीय युवा नेता प्रकाश दहालको चौथो स्मृतिको अबसरमा अखिल क्रान्तिकारी जिल्ला स्वयमसेवक दस्ता मकवानपुरले श्रद्धाञ्जली सभा गरेको छ । शुक्रबार हेटौंडामा श्रद्धाञ्जली गर्दै पार्टी निर्माणमा स्वर्गीय दाहालको योगदानलाई युवाहरुले संधै सम्झिरहने गरेको अखिल क्रान्तिकारी मकवानपुरका जिल्ला कोषाध्यक्ष तथा स्वयमसेवक दस्ता इञ्चार्ज बुद्ध अर्यालले बताए...
मकवानपुरका करिब एक दर्जन खेलाडी ‘ए’ डिभिजन खेल्दै
हेटौंडा । देशकै सर्वाधिक ठूलो पुरस्कार राशि भएको शीर्ष डिभिजन लिगअर्थात् ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ । प्रतियोगितामा ‘बी’ डिभिजन लिगबाट बढुवा भएर पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको सातदोबाटो फुटबल क्लब तथा ३ विभागीय क्लबसहित १४ टिमको सहभागिता रहेको छ । लिगको उद्घाटन खेलमा...
प्रेस सेन्टर मकवानपुरमा नयाँ नेतृत्व, अध्यक्षमा थापा र सचिवमा शर्मा
हेटौंडा । प्रेस सेन्टर नेपाल मकवानपुरको पाँचौ जिल्ला सम्मेलनले पुनः अञ्जली थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा आयोजित सम्मेलनले २१ सदस्सीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा राजकुमार केसी र शुभलक्ष्मी विश्वकर्मा, सचिवमा एमपी शर्मा, कोषाध्यक्षमा अशोकसुजन श्रेष्ठ, सहसचिवमा रुपा गुरुङ...
बागमतीको संसदमा सबैको पहुँच बढाउँदै पारदर्शितामा जोड दिएको दाबी
हेटौंडा । बागमी प्रदेशसभा सचिवालयमा संसदीय खुलापन र पारदर्शितामा असल अभ्यास सम्बन्धी अन्तरक्रिया भएको छ । जनपत्र मिडिया प्रालि मकवानपुरको आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)को आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठले यहाँको संसदमा सबैको पहुँच बढाउँदै...
तिरतिरेमा सार्वजनिक शौचालय
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ चौकिटोल तिरतिरेधारा नजिक सार्वजनिक सौचालय सञ्चालनमा आएको छ । स्थानीय मितेरी टोलविकास संस्थाको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सार्वजनिक सौचालय सञ्चालनमा ल्याइएको हो । पहिले यस क्षेत्रमा सार्वजनिक रुपमा दिसा, पिसाव गर्नका लागि समस्या हुने, वरपरका जंगलमा जथाभावि फोहोर बढेपछी सार्वजनिक सौचालय सञ्चालनमा...
पर्यटक तान्दै इन्द्रसरोबर, यस्ता छन् घुम्ने ठाउँ
हेटौंडा । मकवानपुरको इन्द्रसरोबरमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । रमणीय वातावरणमा रमाउँदै डुङ्गा र मोटरबोट सयर गर्न जिल्ला भित्र र बाहिरबाट प्रशस्त पर्यटक आउने गरेका छन् । पर्यटकको संख्या बढेपछि स्थानीयले खियाउँदै आएको काठे डुङ्गाले आम्दानी गर्न थालेको छ । इन्द्रसरोबर गाउँपालिका(१ का अध्यक्ष जमानसिंह वाइबाले भने, ‘अहिले...
बागमतीमा जम्कट्टेललाई आर्थिक मामिला र लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मा
हेटौंडा–बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीवार थप दुइजना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् छन् । मुख्यमन्त्री पाण्डेले बिहीबार नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्री बनाएका हुन् । जम्मकट्टेलले आर्थिक मामिला तथा योजना...
हेटौंडामा छठ पर्वको तयारी सकियो, राप्ति तटमा बनाइयो पण्डाल
हेटौंडा । हेटौंडामा छठ पर्वको तयारी पूरा भएको छ । हेटौंडाको राप्ती तटमा भक्तजनका लागि पूजा आरधना गर्न पण्डाल बनाइएको छ । छठ पर्वको तयारी सकिएको छठ पूजा समारोह समितिका संयोजक कृष्ण कंशकारले बताए । नेपालको मिथिलाञ्चल क्षेत्रमा विशेष रुपमा मनाइँदै आएको छठ पर्व पछिल्ला वर्ष हेटौंडामा छठ पर्वलाई...
बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ । बागमती प्रदेशसभामा १०९ जना सदस्य छन् । विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ । सभामुख सानकुमार श्रेष्ठले मुख्यमन्त्री पाण्डेले पाएको मत प्रदेशसभाको...
मकवानपुरगढीले जित्यो जिल्लास्तरीय भलिबलको उपाधि
थाहा– जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिकामा भएको बिनयबाबु बस्नेत स्मृति रनिङशिल्ड जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि मकवानपुरगढीले जितेको छ । जिल्लाभित्रका १७ वटा टिमबीच भएको प्रतिस्पर्धाबाट मकवानपुरगढी गाउँपालिकाको आमभन्ज्याङ युवा क्लब जिल्लाकै अब्बल ठहरिएको हो । थाहा–२ स्थित भलिबल कोर्टमा भएको फाइनल खेलमा मकवानपुरगढीले आयोजक बिनयबाबु स्मृति प्रतिष्ठानलाई २५–१८,...