स्थानीय
मकवानपुरका बानियाँ कांग्रेस बागमती प्रदेश सभापतिमा निर्वाचित
हेटौंडा । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा हेटौंडाका इन्द्र बहादुर बानियाँ विजयी भएका छन् । नुवाकोटका जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै बानियाँ विजयी भएका हुन् । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वास पात्र बानियाँलाई दोस्रो चरणको मतदानमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षधरका भीमसेन दास प्रधानले समर्थन गरेका थिए...
मकवानपुरगढीमा सशक्त बन्दै एमाले, ‘मूलघर’मै फर्किए जिल्ला सदस्य ढुंगाना
हेटौंडा– मकवानपुरगढी गाउँपालिकामा नेकपा एमाले पार्टी झन सशक्त रुपमा अघि बढेको नेताहरुले उद्घोष गरेका छन् । गाउँपालिकाभित्र एमालेप्रति जनताको आकर्षण बढेको भन्दै सशक्त रुपमा अघि बढेको जनाइएको हो । मकवानपुरगढी–६ नम्बर वडास्थित भञ्ज्याङ् टोलमा एमालेको टोल विकास कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेताहरुले मकवानपुरगढीमा एमाले पार्टी झनै सशक्त...
मकवानपुरगढीमा आजदेखि मतदाता नामावली संकलनः मक्राञ्चुलीमा कार्यालय खोलियो, प्रत्येक वडाबाट बस सेवा
हेटौंडा– मकवानपुरगढी गाउँपालिकामा मतदाता नामावली संकलन विशेष कार्यक्रम आज शुक्रबारदेखि सुरु भएको छ । गाउँपालिका कार्यालयले मतदाता नामावली संकलनका लागि गाउँपालिकाको केन्द्र मक्राञ्चुलीमा कार्यालय स्थापना गरेको छ । पुरानो गाउँपालिका कार्यालयको भवन (हाल वडा कार्यालय)मा मतदाता नामावली संकलनका लागि कार्यालय सञ्चालन गरिएको हो । यही कार्यालयबाट आज १७ मंसिर...
सञ्चारिका समूह मकवानपुरको अध्यक्षमा सम्झना
हेटौंडा– सञ्चारिका समूह नेपाल मकवानपुरको अध्यक्षता सम्झना रिजाल सर्वसम्मत चयन भएकी छन् । उपाध्यक्षमा प्रिया पौडेल, सचिवमा सिर्जना नेपाल, सहसचिवमा निशा गुरुङ, कोषाध्यक्षमा प्रतिक्षा न्यौपाने चयन भए । सदस्याहरुमा सन्नु रिजाल, मनिता राना, शान्ति सेञ्चुरी, स्वीकृति न्यौपाने र नौं जनाको कार्यसिमितिले जमुना थिङलाई सदस्यमा मनोनित गरेको थियो । एकजना...
एमालेको केन्दीय सदस्यमा मकवानपुरका चार नेता निर्वाचित
हेटौंडा– चितवनमा सम्पन्न नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट मकवानपुरका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । एमालेको हालसम्मको महाधिवेशनबाट मकवानपुरका चार जना एकैपटक केन्द्रीय सदस्यमा निर्वाचित भएको यो पहिलो पटक हो । एमालेको केन्द्रीय सदस्यमा यो पटक मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा अर्थ...
मकवानपुरगढीमा कांग्रेसलाई धक्का, निर्वाचित वडा सदस्य एकीकृत समाजवादीमा प्रवेश
हेटौंडा– मकवानपुरगढीमा नेपाली कांग्रेसलाई धक्का लागेको छ । नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ का जननिर्वाचित वडा सदस्य सानुकान्छा मोक्तानले कांग्रेस परित्याग गर्दै एकीकृत समाजवादी रोजेका हुन् । मोक्तान ७ नम्बर वडाका चर्चित नेता हुन् । कांग्रेसले मुलुकको...
नदीजन्य पदार्थको उत्खननबाट गाउँपालिकाले उठाउँदै थप सवा करोड राजश्व
हेटौंडा– मकवानपुरगढी गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन्बाट थप सवा करोड राजश्व उठाउने भएको छ । नदीजन्य पदार्थ उत्खनन् गर्दा थप २८ हजार घनमिटर नदीजन्य पदार्थ संकलन भएको पाइएपछि गाउँपालिकाले थप राजश्व पनि संकलन हुने भएको हो । स्वीकृत १ लाख ३५ हजार घन मिटरमा १ लाख ६३ हजार ८ सय...
मकवानपुरमा कोरोनाविरुद्धको खोप अभाव हुँदैन, चाहिने जति पठाइदिन्छुः मन्त्री खतिवडा
हेटौंडा । संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले मकवानपुरमा कोरोनाविरुद्धको खोप अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् । हेटौंडामा आइतबार समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले मकवानपुरबासीलाई कोरोनाविरुद्धको खोप लगाउनबाट बञ्चित हुन नदिने उनले बताएका हुन् । सरकारले आवश्यक खोप खरिद गरिसकेको र विभिन्न...
मन्त्री खतिवडाले हेटौंडामा ल्याए पहिलो पटक आइसियूसहितको एम्बुलेन्स
हेटौंडा । मकवानपुरको पहिलो कम्युनिष्ट मन्त्री विरोध खतिवडाले हेटौंडा अस्पतालका लागि आइसियूसहितको एम्बुलेन्स उपलब्ध गराएका छन् । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आइतबार अस्पताललाई ‘ए’ ग्रेडको एम्बुलेन्स उपलब्ध गराएका हुन् । खतिवडाले जिल्लामै पहिलो पटक आइसियूसहितको एम्बुलेन्स उपलब्ध गराएको बताएका छन् । नेकपा (एकीकृत समाजवादी)का स्थायी...
एमाले मकवानपुर महाधिवेशन ऐतिहासिक बनाउन लाग्ने
हेटौंडा । चितवनमा हुने १० औं महाधिवेशनको तयारीको सन्दर्भमा नेकपा एमाले जिल्ला कमिटीको बिस्तारीत बैठक बसेको छ । पार्टीका जिल्ला अध्यक्ष बद्री प्रसाद लम्सालको अध्यक्षता एबम स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा भएको बैठक भएको हो । कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य रायमाझीले अझै सम्म पनि एमाले अरु...