स्थानीय

सरकार बनाउन एमाले र कांग्रेसको मध्यरातमा सहमति, पहिला ओली प्रधानमन्त्री

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएको छ । मध्यरातमा दुई दलबीच नयाँ सरकार बनाउने सहमति भएको हो । काँग्रेसले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेसँगै एमाले र काँग्रेसको नयाँ सरकार बनाउने सहमति भएको हो । नयाँ सरकार गठनबारे काँग्रेस र एमालेका...

कांग्रेस–एमाले समझदारीमा के छ ?

काठमाडौं । कांग्रेस र एमालेबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ । सुरुको चरण एमाले अध्यक्ष ओलीले, दोस्रो चरणमा कांग्रेस सभापति देउवाले सरकार चलाउने छन् । संविधानको धारा ७६।२ अन्तर्गतकै सरकार बनाउन चाहेका यी दलले संविधानको व्याख्याबारे राष्ट्रपति कार्यालयको स्पष्टता...

बागमतीको बजेट मध्यरातमा पारित

हेटौंडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत बजेट बहुमतले पारित भएको छ ।बागमती प्रदेशसभा बैठकले बिहीवार मध्यरातमा अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनको विधेयक र विनियोजन विधेयक २०८१ बहुमतले पारित गरेको हो । बिहीवार दिउसोदेखि निरन्तर मध्यरातसम्म बैठक सञ्चालन गरेर बजेट बहुमतले पारित गरिएको हो...

मकवानपुरका १६ विद्यालयमा एसईई नतिजा शून्य

हेटौंडा । मकवानपुर जिल्लाको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चिन्ताजनक स्थिति देखिएको छ। जिल्लाका १६ वटा विद्यालयहरूमा एसईई नतिजा शून्य रहेको छ, जसमध्ये अधिकांश ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरू रहेका छन् । विशेष गरी, कैलाश गाउँपालिकाको स्थिति गम्भीर देखिएको छ। यहाँका एक सय ९९ विद्यार्थीमध्ये केवल ११...

चौघडामा दालमोठ र आलु चिप्स उत्पादनमा महिला समूह

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६, स्थित चौघडामा महिला समूहले दालमोठ र आलु चिप्स उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएका छन् । १५ जना गृहिणी महिला मिलेर खाद्य उद्योगको अनुज्ञापत्र प्राप्त गरी सक्रिय महिला उद्योग सञ्चालनमा ल्याएका हुन् । हेटौंडा उपमहानगरपालिकाबाट आलु चिप्स र दालमोठ बनाउने सात दिने तालिम प्राप्त गरेपछि महिलाहरुले...

कैलाश गाउँपालिकामा ८२ जना कुपोषित

हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकामा एक वर्षको अवधिमा ८२ जना कुपोषित फेला परेका छन् । गाउँपालिकामा चालु आर्थिक वर्षमा ८२ जना कुपोषित महिला र बालबालिका भेटिएका हुन् । जसमध्ये २६ जना कडा शीघ्र कुपोषित र ५६ जना मध्यम शिघ्र कुपोषित रहेका थिए । कुल संख्यामध्ये कुपोषित बालबालिका ४८...

बागमतीका ७ स्थानीय तहले समयमै ल्याउन सकेनन् बजेट

हेटौंडा । देशभरि ७ सय ५३ स्थानीय तह छन् । जसमध्ये ५० पालिकाले निर्धारित समय अर्थात १० असारभित्र आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट ल्याउन असफल भए । देशभरका ५० स्थानीय तहमा बागमती प्रदेशका ७ स्थानीय तह रहेका छन् । जसमध्ये दुई नगरपालिका र ५ गाउँपालिकाले बजेट नल्याएका हुन्...

मनोरञ्जन कर तिर्न बागमती सरकारको आह्वान

हेटौंडा । बागमती प्रदेश सरकारले स्थानीय तहलाई व्यवसायको प्रकृतिअनुसार मनोरञ्जन कर लिन आग्रह गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता लक्ष्मीकुमार रिमालले व्यवसायीले टिकट वा अन्य माध्यमबाट आम्दानी गरेको भए त्यसको आधारमा मनोरञ्जन कर तिर्नुपर्ने औंल्याएका हुन् । गत जेठमा रात्रिकालीन व्यवसायीले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई...

मकवानपुरमा जंगली च्याउ खाँदा हप्तामा ३ जनाको मृत्यु

हेटौंडा । विषालु जंगली च्याउ खाँदा मकवानपुरमा एक हप्तामा ३ जनाको ज्यान गएको छ । विषालु जंगली च्याउलाई तरकारी बनाएर खाँदा ३ असार यता मकवानपुरको राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको १९ जना बिरामी परेका छन् । बिरामी भएका १९ मध्य ३ जनाको ज्यान गएको हो । एक...

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौंडा सबस्टेसन उद्घाटन

हेटौंडा– ४०० केभीको हेटौंडा सबस्टेसनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार उद्घाटन गरेका छन् ।नेपाल विद्युत् प्राधिकरणले हेटौंडामा आयोजना गरेको कार्यक्रममा उनले हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा निर्मित सबस्टेसनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ठूला पूर्वाधार आयोजना निर्माण सम्पन्न हुँदा ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने...