स्थानीय

मकवानपुरकी डिना कांग्रेस सहमहामन्त्रीमा विजयी

हेटौंडा–नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा मकवानपुरे नेत्री महालक्ष्मी उपाध्याय डिनाले छलाङ मारेकी छन् । उनले इतिहास रच्दै कांग्रेसको केन्द्रीय समितिमा महिला सहमहामन्त्रीमा जित हासिल गरेकी छन् । उनको जीवनमा यसलाई ऐतिहासिक राजनीतिक छलाङको रुपमा मान्न सकिन्छ । बिहीबार राती सकिएको ममतगणनाको परिणाम अनुसार उनले आफ्नो प्रतिस्पर्धी कमला पन्तलाई ४ सय...

दुबईमा अलपत्र परेका हाँडीखोलाका जिम्बालाई प्रवासी युवाले गरे उद्दार

हेटौंडा– वैदेशिक रोजगारका क्रममा दुबईमा पुगी बिरामी भएर अलपत्र बनेका मकवानपुरको मनहरी गाउँपालिका–३ हाँडीखोलाका बिक्रम जिम्बालाई प्रवासमा रहेका युवाहरुले उद्दार गरी नेपाल फर्काएका छन् । जापान, दुबई, कतार, साउदीलगायतका देशमा रहेका युवाहरुले आर्थिक् सहयोग जुटाएर जिम्बालाई बिहीबार नेपाल फर्काएका हुन् । दुबईमा एक कम्पनीमा कार्यरत जिम्बा तीन महिनाअघि काम...

अन्तरपालिका फुटबलको उपाधि जित्ने दाउमा हेटौंडा र थाहा

हेटौंडा– हेटौंडाको हुप्राचौरमा जारी प्रथम अन्तरपालिका जिल्लास्तरिय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिका बिच प्रतिष्पर्धा हुने भएको छ । बिहीबार भएको दोस्रो सेमिफाईनल खेलमा बागमती गाउँपालिकालाई पराजित गर्दै हेटौंडाले फाईनल भिड्न्त पक्का गरेको हो । बिहीबार भएको दोस्रो सेमिफाईनलमा हेटौंडाले बागमती गाउँपालिकालाई ३–० गोलअन्तरले पराजित...

माओवादी मकवानपुरका नेता बलराम बलसहित १२ जना एमाले प्रवेश

हेटौँडा– नेकपा माओवादी केन्द्र मकवानपुरका प्रभावशाली नेता एवम् जिल्ला सचिव बलराम बल र प्रतिनिधि सभा २ को प्रदेश सभा (ख) संयोजक नरेन्द्र रिजाल सहित १२ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । आज नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपीशर्मा ओलीसँगको भेटमा उनिहरुलाई अध्यक्ष ओलीले खादा ओढाएर एमालेमा स्वागत गरेका हुन्...

टिष्टुङका ४१ विपन्न परिवारलाई खाद्यान्न

हेटौंडा– जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको टिष्टुङका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । थाहा नगरपालिका–११ का वडा अध्यक्ष किरणमान बलको पहलमा टिष्टुङका ४१ परिवारलाई नुनदेखि चामलसम्म खाद्यान्न उपलब्ध गराइएको हो । जागृति बाल तथा युवा सरोकार नेपालले खाद्यान्न उपलब्ध गराएको थियो । वडाध्यक्ष बलले विपन्न वडाबासीलाई प्रतिपरिवारका दरले...

हेटौंडामा सञ्चालनमा आयो भाटभटेनी स्टोर, पहिलो दिनमै लाग्यो भिड

हेटौंडा– देशकै ठूलो तथा वृहत चेन सुपर मार्केट भाटभटेनी सुपर मार्केटले बाग्मती प्रदेशको हेटौंडामा पनि स्टोर सञ्चालन गरेको छ । भाटभटेनीले मंगलबारदेखि बाग्मती प्रदेशको मकवापुर,हेटौंडामा स्टोर सञ्चालनमा ल्याएको हो । भाटभटेनीले हेटौंडा–२ चौकीटोलमा २० औं स्टोरको रुपमा आफ्नो सेवा शुभारम्भ गरेको हो । भाटभटेनी सञ्चालनमा आएको पहिलो दिनमै सर्वसाधारणको...

एक दिनलाई वडा अध्यक्ष बनेकी हेटौंडाकी १४ वर्षिया कुसुम

हेटौंडा– १४ वर्षिया कुसुम खड्का आज एक दिनका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ को वडा अध्यक्ष बनेकी छिन् । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शपथ गराई मकवानपुर बाल विद्या सदन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत खड्कालाई एक दिनका लागि वडाअध्यक्षको पदभार हस्तान्तरण गरेका थिए । सोही विद्यालयका विद्यार्थीहरू...

मनहरी खोलामा क्रसर उद्योगको रजगज, ३२ ट्याक्टर नियन्त्रणमा

हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिकाका क्रसर उद्योगहरुले दिनहुँ रुपमा अबैध रुपमा खोलाको उत्खनन् गर्दै आइरहेको पाइएको छ । ट्याक्टर लगाएर अबैध रुपमा खोला उत्खनन गर्ने र नदीजन्य पदार्थ आफ्ना क्रसर उद्योगको प्राङ्गणमा थुपार्दै आएका छन् । इलाका प्रहरी कार्यालय मनहरीका प्रहरीको मिलेमतोमा क्रसर उद्योगहरुले ट्याक्टर मार्फत अबैध...

भाट–भटेनीले फेरिदियो चौकिटोलको रुप, २२ मंसिरदेखि सञ्चालनमा आउँदै

हेटौंडा–३७ वर्षअघि स्थापना गरिएको मुलुककै चर्चित व्यवसायिक सुपर मार्केट भाट–भटेनीले हेटौंडामा २० औं शाखा संचालनमा ल्याउँदै छ । भाट–भटेनी आफै देशभर स्वच्छ प्रतिस्पर्धा र सामाजिक कार्यमा समेत तल्लीन हुने व्यवसायिक संस्थाका रुपमा परिचित छ । औद्योगिक नगरीसँगै बागमती प्रदेशको राजधानी हेटौंडामा भाट–भटेनीले स्थापनापछि आफ्नो क्षेत्रमा पर्ने हेटौंडा–१ र २...

हुप्रचौरमा बन्ने भयो १२ तले भ्यूटावरसहितको व्यापारिक भवन

हेटौंडा–हेटौंडा उपमहानगरपालिकाले भ्युटावरसहितको व्यापारिक भवन निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता गरेको छ । हेटौंडा–४, हुप्रचौर (लोकतान्त्रिक चौर)मा उपमहानगरपालिकाले १२ तले ‘हेटौंडा बहुउद्देश्यीय व्यापारिक भवन’ निर्माण गर्न लागेको हो । सोमबार हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महतको रोहबरमा निर्माण कम्पनी बानियाँ निर्माण सेवासँग सम्झौता भएको छ । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत...