स्थानीय

प्रेस सेन्टर मकवानपुरको निर्णयः महिला पत्रकारलाई सुत्केरी भत्ता, अग्रजलाई उपचार खर्च

हेटौंडा । प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारहरुलाई औषधी खर्च र महिला पत्रकारहरुलाई सुत्केरी भएको अबस्थामा सुत्केरी भत्ता प्रदान गर्ने निर्णय गरेको छ । संगठनको शनिवार बसेको बैठकले पत्रकारको हितका निम्ति यी दुई निर्णय गरेको प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापाले बताइन् । प्रेस सेन्टर मकवानपुरले सुत्केरी महिला पत्रकारलाई...

माओवादी सशस्त्र द्वन्द्वबाट प्रभावित मकवानपुरकी असक्त महिलालाई घरमै पुगेर नागरिकता

हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाकी एक अशक्त महिलालाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । तत्कालनीन माओवादी सशस्त्र द्वन्द्वबाट प्रभावित भई मानसिक र शारिरीक रुपमा अशक्त बनेकी मनहरी–९ निवासी ३२ वर्षीया लिलावती गिरीलाई घरमै पुगेर नागरिकता दिइएको हो । नागरिकता प्रमाणपत्र बनाउन जिल्ला प्रशासन कार्यालय, मकवानपुरसम्म ल्याउन...

विकट राक्सिराङका बालबालिकाले छात्रवृत्ति पाएपछि मोडिएको बाटो

हेटौंडा । सविना चेपाङ मकवानपुरको राक्सिराङ गाउँपालिका–५ चैनपुनस्थित प्रजा जागृति आधारभूत विद्यालयमा ८ कक्षामा पढ्छिन् । ४ वर्षयता उनले छात्रवृत्तिमा पढ्दै आइरहेकी छन् । अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी ९रेस्ट० मार्फत शैक्षिक सामग्री, पोसाकलगायत सहयोग पाउँदै आएकी छन् । जसले विपन्न परिवारमा जन्मिएकी सविनाको पढ्ने इच्छा पूरा भइरहेको...

घरेलु मैदानमा नागस्वतीको हार, पोखराले जित्यो भेट्रान्स कप

हेटौंडा– हेटौंडामा जारी सातौं भेट्रान्स कप प्रतियोगिताको उपाधि एविसी भेट्रान्स पोखराले आफ्नो पोल्टामा पारेको छ । नागस्वती भेट्रान्स हेटौंडालाई २–१ गोल अन्तरले एविसी पोखरा विजेता भएको हो । खेलको सातौं मिनेटमा एविसीको तर्फबाट हरि खड्काले पहिलो गोल गरेका थिए । खेलको १७ मिनेटमा नागस्वती भेट्रान्सका नरेन लिम्बुले गोल फर्काएर...

राक्सिराङको देवीटारमा स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन

हेटौंडा– राक्सिराङ–८ स्थित देवीटार आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शनिबार उद्घाटन गरिएको छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले देवीटार आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरेका हुन् । राक्सिराङको १, ३, ४, ६, ८ र ९ नम्बर वडामा स्वास्थ्य केन्द्रको भवन निर्माणको लागि बजेट प्राप्त भएको थियो । जसमध्ये...

एमाले मकवानपुरको अधिवेशन पुस अन्तिममा गर्ने निर्णय

हेटौंडा । नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन यही पुस अन्तिम सातामा गर्ने निर्णय भएको छ । एमाले मकवानपुरको सचिवालय बैठकले जिल्ला अधिवेशन पुस २३ र २४ गते गर्ने निर्णय गरिएको हो । अधिवेशन तयारीका लागि यही पुस ७ गते हेटौंडामा जिल्ला कमिटी बैठक गरिने निर्णय भएको एमाले मकवानपुरका सचिब...

मकवानपुरगढीमा विद्यालयमै पुगेर बालबालिकालाई खोप लगाइने

हेटौंडा– स्वास्थ्य सुरक्षामा उच्च सतर्कता अपनाउँदै आएको मकवानपुरगढी गाउँपालिकाले हरेक विद्यालय क्षेत्रमै पुगेर बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइने भएको छ । मकवानपुरगढीका विद्यालयमै गएर १२ देखि १७ वर्षसम्मका बालबालिका र किशोरकिशोरीहरुलाई कोभिडविरुद्धको खोप मोडेर्ना खोप लगाइने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछानेले जानकारी दिए । ‘मकवानपुरगढीका हरेक सामुदायिक बिद्यालयमा गएर...

मानव सेवा आश्रमलाई उपमहानगरको ह्वीलचेयर सहयोग

हेटौंडा–अनेक विवशताले सडकमा आइपुगेका असक्तहरुलाई आश्रय दिइरहेको मानव सेवा आश्रमलाई ह्वीलचेयर सहयोग प्राप्त भएको छ । हेटौंडा उपमहानगर–पालिका–९ मा रहेको मानव सेवा आश्रमको केन्द्रीय कार्यालयलाई एकलाख २० हजार रुपैयाँ बराबरको १० वटा ह्वीलचेयर उपलब्ध गराइएको हो । हेटौंडा उपमहानगरपालिका कार्यालयले ह्वीलचेयर आश्रमलाई दिएको हो । आश्रममा रहेको असक्तहरुलाई हिँड्डुल...

मुख्यमन्त्रीलाई लैगिंक हिंसाबिरुद्धको संकलित हस्ताक्षर

हेटौंडा–बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई लैगिंक हिंसाबिरुद्धको १६ दिने अभियानअन्तर्गत् संकलित हस्ताक्षर बुझाइएको छ । मकवानपुरमा लैगिंक हिंसाबिरुद्धको १६ दिने अभियान ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सञ्चालित थियो । ‘म लैगिक हिंसा गर्दिन, गर्न दिन्न र यदी कतै हिंसा भएमा तत्काल प्रतिकार गर्दछु...

सकियो जडिबुटी खेती सिकाउने तालिम

हेटौंडा–बागमती प्रदेशका १३ वटै जिल्लामा रहेको जडिबुटीसँग सम्बन्धित सहकारीलाई दिइएको जडिबुटीको खेती तालिम सकिएको छ । हरेक जिल्लास्थित रहेको सहकारी एक जना प्रतिनिधिलाई हेटौंडाको एउटा गाउँमा ल्याएर वनस्पती अनुसन्धान केन्द्र मकवानपुरले जडिबुटी खेती सिकाउन र यसको महत्व थप बुझाउन तालिम दिएको थियो । हेटौंडा उपमहानगर–पालिका–१३ मा रहेको प्रस्ताविक मझुवा...