स्थानीय
कांग्रेस सभापतिका उम्मेदवार पराजुलीको सचिवालय स्थापना
हेटौंडा– नेपाली कांग्रेस मकवानपुर सभापतिका उम्मेदवार आनन्दराम पराजुलीको सचिवालय स्थापना गरिएको छ । पुस २७ गते हुने जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार रहेका पराजुलीले हेटौंडा–२ स्थित कांग्रेस चोकमा सचिवालय स्थापना गरेका हुन् । जिल्ला अधिवेशनको दौरानमा आफ्नो प्रचारप्रसारलाई थप व्यवस्थित बनाउन सचिवालय स्थापना गरिएको पराजुलीले बताए । ‘म सभापतिको पक्का...
मकवानपुरगढीका कर्मचारी र शिक्षकलाई उर्दीः राजनीति गरेर हिँडे कारबाही
हेटौंडा– मकवानपुरगढी गाउँपालिका कार्यालयले आफ्ना कर्मचारीहरुलाई राजनीतिक दलको कुनैपनि सभा, समारोहमा उपस्थित भएको पाए कारबाही गर्ने चेतावनी दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिका मातहतका वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयहरुमा कार्यरत् कर्मचारीहरुलाई यस्तो चेतावनी दिएको हो । सूचनामा वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयहरुमा कार्यरत् कर्मचारीहरुले...
‘समाचार लेख्दा पूर्वाग्राही ढंगले कारबाही भयो, झन सशक्त भएर कलम चलाउँछु’
हेटौंडा– नेपाल प्रेस युनियन मकवानपुरका साधारण सदस्य इन्द्रप्रसाद बञ्जरा (रमेश)ले समाचार लेखेकै कारण आफूलाई संगठनले कारबाही गरेको आरोप लगाएका छन् । उनले नेपाली कांग्रेस मकवानपुरका सभापती तथा बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको समाचार लेखेकैं आधारमा आफुलाई प्रेस युनियनबाट निष्काशन गर्न खोजिएको आरोप लगाएका छन् । बञ्जराले आइतबार पत्रकार...
आमभञ्ज्याङलाई निरीह बनाउँदै प्रतिष्ठानले जित्यो भलविल उपाधि
मकवानपुरगढी– थाहा नगरपालिकाको सहिद सुनिता स्मृति प्रतिष्ठानले आयोजक आभमञ्ज्याङ युवा क्लबलाई निरीह बनाउँदै जिल्ला स्तरीय भलिवलको उपाधि उचालेको छ । मकवानपुरगढी गाउँपालिका कार्यालयद्वाया मुख्य प्रायोजित जिल्ला स्तरीय रनिङशिल्ड भलिवल प्रतियोगिताको फाइनलमा प्रतिष्ठानले आयोजकलाई सोझो सेटमै धुलो चटाएको थियो । प्रतिष्ठानले आयोजक आमभञ्ज्याङ युवा क्लबलाई २५–१७, २५–१६ र २५–१८ को...
‘कृषकको हित’मा कृषि तथा पशुपंक्षी मन्त्रालयको ५१ बुँदे मार्गचित्र
हेटौंडा । बागमती प्रदेशका कृषकहरुको हितका लागि भन्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाईंले ५१ बुँदे मार्गचित्र प्रस्तुत गरेका छन् । मन्त्रालयले ५१ बुँदे कृषि, पशुपन्छी तथा मत्स्यक्षेत्रको रुपान्तरण मार्गचित्र–२०७८ सार्वजनिक गरेको हो । मार्गचित्रमा प्रदेशको कृषि तथा पशुपन्छी क्षेत्रलाई कस्तो बानइने, कृषकहरुमा कार्यक्रम कार्यान्वयन कसरी गरिने र...
हेटौंडा उपमहानगरका सफाई मजदुरदेखि खेलाडी पुरस्कृत
हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले बिहीवार दशौं नगरसभाको अबसरमा नगर क्षेत्रको सरसफाई गर्ने मजदुरदेखि खेलाडीलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय खेलजगतमा पहिचान बनाउन सफल हेटौंडाका खेलाडीहरु अन्जन विष्ट, सुनिल बल, आयुष घलानलाई पुरस्कृत गरिएको छ । उनीहरुले जनही नगद ३५ हजार रुपैयाँ पाएका छन् । दृष्टिविहीनहरुलाई दृष्टि प्रदान गर्ने, शल्यक्रियाको क्षेत्रमा...
हेटौंडाको पाँच महिनामा साढे ६० करोड मात्रै खर्च
हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७८–०७९ को पाँच महिनामा साढे ६० करोड अर्थात २१ प्रतिशतमात्रै बजेट खर्च गर्न सकेको छ । हेटौँडा उपमहानगरले चालु आर्थिक वर्षमा ६० करोड ५४ लाख बजेट खर्च गरेको उपप्रमुख मिनाकुमारी लामाले जानकारी दिएकी छन् । बिहीबार उपमहानगरपालिकाको दशौं नगरसभामा वित्तीय अवस्था प्रस्तुत गर्दै...
मकवानपुरमा तीनवटा ब्लक विकास कार्यक्रम सिफारिस
मकवानपुर– प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना अन्तरगतको बल्क विकास कार्यक्रम संचालनका लागि मकवानपुरमा तीनवटा क्षेत्र निर्धारण गरे सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिक परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको मंगलबार बसेको बैठकले जिल्लामा चार किल्ला निर्धारण गरेर बाख्रा, भैसी र माछा विकास कार्यक्रम संचालनका लागि सिफारिस गरेको हो ।...
सिमभञ्ज्याङ–दामनमा हिमपात जारी, अझै खुलेन त्रिभुवन राजपथ
मकवानपुर— मकवानपुरको उत्तरीक्षेत्रस्थित सिमभञ्ज्याङ–दामन क्षेत्रमा हिमपात हुँदा त्रिभुवन राजपथ दुइदिन देखि अवरुद्ध बनेको छ । त्रिभुवनराजपथ अवरुद्ध भएपछि यसक्षेत्रबाट ओहोर दोहोर गर्ने सवारीका साधनहरु चल्नका लागि समस्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मंगलबार रातिदेखि वर्षासँगै हिमपात हुँदा त्रिभुवन राजपथ अवरुद्ध बनेको हो । थाहा नगरको सिमभञ्ज्याङ,...
बागमती प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए सपथ
हेटौंडा– बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णराज पन्त नियुक्त भएका छन् । ९ पुसको मन्त्रिपरिषद् बैठकले पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । चितवन घर भएका पन्तलाई बुधवार प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए...