स्थानीय

मकवानपुरगढीलाई बालमैत्री घोषणा गर्न अनुमति प्रदान

हेटौंडा– मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिकाको रुपमा घोषणा गर्न अनुमति प्राप्त भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीवार गाउँपालिकालाई अनुमति प्रदान गरेको हो । बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीलाई अनुमति पत्र प्रदान गरेका हुन् । गाउँपालिका अध्यक्ष...

मकवानपुरगढी बालमैत्री स्थानीय तह घोषणाको तीव्र तयारीमा

हेटौंडा– जिल्ला समन्वय समिति मकवानपुर (जिसस)ले बालमैत्री स्थानीय तह घोषणाको तयारीमा रहेको मकवानपुरगढी गाउँपालिकामा मंगलबार अनुगमन गरेको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको टोलीले गाउँपालिकाले बालमैत्री स्थानीय तह घोषणाका लागि हालसम्म गरेका काम कारबाहको अनुगमन साथै अन्तरकृया गरेको हो । यस अघि जिसस उपप्रमुख भगवती पुडासैनीको...

हेटौंडामा अनेरास्ववियूको संगठन निर्माण तीव्र

हेटौंडा– नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले हेटौंडामा संगठन निर्माण अभियानलाई तीव्रता दिएको छ । नगरका ११ वटा विद्यालयमा अनेरास्ववियूले विद्यार्थी संगठन गठन गरिसकेको छ । संगठन निर्माणसँगै अनेरास्ववियूले विद्यार्थीहरुलाई प्रशिक्षणपनि दिँदै आएको छ । संगठन निर्माण अभियानअन्तर्गत् आइतबार हेटौंडाको भुटन देवि उच्च माध्यमिक...

बागमती प्रदेशमा इन्जिनियरहरुले सातौं तहमा निजामति सेवा प्रवेश पाउने

हेटौंडा– बागमती प्रदेश सरकारले स्नातक उत्तीर्ण इन्जिनियरहरुलाई निजामति सेवा प्रवेश दिँदा सातौं तह कायम हुने व्यवस्था गरेको छ । यसअघि इन्जिनियरहरुले प्रदेश लोकसेवाबाट जारी विज्ञापनमा छैठौं तहमा आह्वान भएको भन्दै मुख्यमन्त्री राजेन्दप्रसाद पाण्डेको ध्यानाकर्षण गराएका थिए । नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेश समितिले मुख्यमन्त्रीलाई १० माघमा इन्जिनियरिङ विषयमा उत्तीर्ण...

मकवानपुरगढीमा पोलिथिन झोला नियन्त्रण अभियान

हेटौंडा– मकवानपुरगढी गाउँपालिकामा पोलिथिन झोला नियन्त्रण गर्ने तीन महिने अभियान सञ्चालन हुने भएको छ । हरियाली प्रवद्र्धनको लागि युवा परिचालन कार्यक्रअन्तर्गत् गाउँपालिकाको ८ वटा सहर उन्मुख क्षेत्रमा पोलिथिन झोला नियन्त्रण अभियान चलाइने भएको हो । पोलिथिन झोला नियन्त्रण परियोजना राली इन्टरनेशनलको आर्थिक सहयोगमा ग्रामिण जागरण तथा विकास संस्था नेपाल...

इन्जिनियर्स एसोसिएसन निर्वाचनः हेटौंडाका चार जना इन्जिनियरले दिए उम्मेदवारी

हेटौंडा– हेटौंडाका चार जना इन्जिनियरले नेपाल इन्जिनियर्स एसोसिएसनको ३३ औं केन्द्रीय कार्यकारिणी समिति र देस्रो बागमती प्रदेश समितिको निर्वाचनमा उम्मेदबारी दिएका छन् । हेटौंडा घर भई सरकारी तथा निजी क्षेत्रमा काम गर्दै आएका चार जनाले केन्द्रीय कार्यकारिणी समिति सदस्य, बागमती प्रदेश अध्यक्ष र प्रदेश सदस्यमा उम्मेदबारी दिएका हुन् ।...

थाहा नगर कार्य सम्पादन नतिजामा मकवानपुरमै उत्कृष्ट

हेटौंडा– आगामी आर्थिक वर्ष २०७९–८० मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकन गरेको छ । आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार थाहा नगरपालिका मकवानपुर जिल्लाकै उत्कृष्ट भएको छ । थाहा नगरपालिकाकाले आयोगको मुल्याङ्कनमा ७०.०८...

कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन

हेटौंडा– नेपाली कांग्रेस मकवानपुरकाे सभापतिमा बुद्ध लामा चयन भएका छन् । हेटौंडामा मंगलबार बिहान नेताहरुबीच भएको छलफलबाट लामालाई सभापति बनाउने सहमति जुटेपछि उनी सर्वसम्मत चयन भएका छन् । मंगलबार बिहान हेटाैंडा रिसाेर्टमा करिब एक घण्टा लामो भएकाे नेताहरूकाे छलफलबाट लामालाई सभापति बनाउने सहमति जुटेकाे छलफलमा सहभागी एक नेताले साेधिखाेजीलाई...

चितवनमा प्रणामी व्यवसायी संघ गठन

हेटौंडा– प्रणामी समुदायभित्रका व्यवसायीहरुको संगठन प्रणामी व्यवसायी संघ चितवन शाखा गठन भएको छ । हेटौंडा केन्द्रीय कार्यालय रहेको प्रणामी व्यवसायी संघ नेपालले आफ्नो सातौं शाखाको रुपमा सोमबार चितवनमा संघ गठन गरेको हो । गौरव खतिवडाको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो । संघको उपाध्यक्षमा प्रदीप बाबु खनाल, टेकनाथ...

एमसीसी बारे मकवानपुरका राजनीतिक दलहरुको धारणा के हो ?

हेटौंडा– अहिले देशमै चर्चामा रहेको र सडकमा विरोध भइरहेको अमेरिकन सरकारको सहयोग परियोजनाका विषयमा मकवानपुरका राजनीतिक दलहरुको धारणाका विषयमा अन्तरक्रिया भएको छ । रेडियो बुलेटिनले अमेरिकी सहयोग परियोजना एमसीसीको बिषयमा मकवानपुरका दलहरुको धारणा बिषयक अन्तरक्रिया कार्यक्रम आज शनिबार गरेको हो । अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य मदनकुमार...