स्थानीय

लोथरबाट लागुऔषध गाँजासहित एक युवक पक्राउ

हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिका–६ लोथरबाट अवैध लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मोजफपुर बस्ने ३५ वर्षीय असगर अली रहेका छन् । पूर्वपश्‍चिम लोकमार्ग अन्र्तगत चितवनबाट हेटौंडातर्फ आउदै गरेको बिआर २५ जिए ३०९२ नम्बरको भारतिय ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रक करिब ९० किलोग्राम अवैध...

राप्रपा मकवानपुर कमल थापाको पार्टीमा समाहित

हेटौंडा– राजेन्द्र लिङ्देल नेतृत्वको राप्रपा मकवानपुरका अध्यक्ष, उपाध्यक्षसहित बहुमत जिल्ला सदस्यहरु कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालमा समाहित भएका छन् । पार्टीका जिल्ला अध्यक्ष गुरु सापकोटासहित उपाध्यक्षलगायतकाअन्य पदाधिकारी र ४३ सदस्यीय जिल्ला कमिटीमध्ये २२ जना सदस्य, पार्टी निर्वाचन क्षेत्र कमिटीका अध्यक्ष, हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र गाउँपालिकाहरुका सबै अध्यक्षसहितको...

कृषि र पोल्ट्री विकास विधेयकका लागि सुझाब संकलन गरिँदै

हेटौंडा । प्रदेश कृषि विकास विधेयक र प्रदेश पोल्ट्री विकास विधेयकका लागि सुझाव उपलब्ध गराउनका लागि बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय हेटौंडाले अनुरोध गरेको छ । कृषि क्षेत्रमा आमूल परिवर्तन गरी वैज्ञानिक कृषि पद्धति मार्फत कृषि क्षेत्रको रुपान्तरण गर्न, खाद्य र पोषण सुरक्षामा टेवा पुर्याउन र समग्र...

बागमतीका उत्कृष्ट ५ जना किसान पुरस्कृत

हेटौंडा– हेटौंडामा आइतबार भएको कृषि विकास निर्देशनालय तथा पशुपन्छी विकास निर्देशनालयको चोमासिक प्रगति समिक्षा गोष्ठीमा बागमती प्रदेशका उत्कृष्ट ५ जना किसान पुरस्कृत भएका छन् । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत प्रथम हुने चेतना कृषि तथा पशुपन्छी फर्म धादिङका युद्धप्रसाद न्यौपानेलाई नगद ५० हजार रुपैँया सहित पुरस्कृत गरिएको हो । द्वितीय...

मकवानपुरको सबै पालिकामा निर्वाचन अधिकृत तोकियो

हेटौंडा– स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरु तोकिएको छ । निर्वाचन आयोगले मकवानपुरको १० वटै स्थानीय तहका लागि निर्वाचन अधिकृतहरु ताकिएको हो । वैशाख ३० गतेमा हुने निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला अदालत मकवानपुरका न्यायाधिश डिल्लीरत्न श्रेष्ठ रहेका छन् । उनलाई हेटौंडा उपमहानगर तोकिएको...

युवा संघ भीमफेदीमा बादल

हेटौंडा– नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल भीमफेदी गाउँपालिका अध्यक्षमा बादल सिलवाल चयन भएका छन् । भीमफेदीमा भएको भेलाबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । समितिमा उपाध्यक्ष सुक्राम थिङ, सचिव भोलाराम शिकारी, उपसचिव पवन खड्का, कोषाध्यक्ष सन्तोष ठाडा मगर रहेका छन् । नेकपा एमाले वाग्मती...

मकवानपुर कांग्रेसमा विवाद, संस्थापनविरुद्ध एकजुट

हेटौंडा– जिल्ला समिति सदस्य मनोनितको विषयलाई लिएर नेपाली कांग्रेस मकवानपुरमा विवाद बढेको छ । गतहप्ता सभापति बुद्ध लामाले पराजितसहित आफूलाई निर्वाचनमा सहयोग गर्ने दश जनालाई जिल्ला सदस्यमा नियुक्त गरेसँगै कांग्रेसभित्र विवाद बढेको हो । शनिबार साँझ हेटौंडाको मेनरोडस्थित होटल लिडो इनमा बसेको संस्थापन इतर समूहको वैठकले जिल्ला सदस्यमा मनोमानी...

इन्द्रसरोवरका किसानलाई अनुदानमा मकैको बीउ

हेटौंडा– उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले किसानहरुलाई अनुदानमा मकैको बीउ निःशुल्क वितरण गरेको छ । गाउँपालिका भित्रका किसानहरुलाई ७५ प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरेको छ । गाउँपालिकाको कृषि विकास शाखाले कृषि क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यअनुसार नै सबै किसानहरुलाई मकैको बीउ अनुदानमा वितरण गरेको हो गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा देउती...

मकवानपुरगढी देशकै चौथो बालमैत्री स्थानीय तह घोषणा

हेटौंडा– मकवानपुरगढी गाउँपालिकालाई देशकै चौथो बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका २०७८ अनुसार ५१ वटा सूचकमा काम गरेको मकवानपुरगढीलाई शनिवार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बालमैत्री गाउँपालिका घोषणा गरेका हुन् । घोषणा गर्दै मुख्यमन्त्री पाण्डेले बालबालिकाको क्षेत्रमा काम गर्नेगरी एक...

मकवानपुरसहित बागमतीको ६ जिल्लामा फैलियो बर्डफ्लु, नियन्त्रणमा मन्त्रालयको चासो

हेटौंडा– बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लु देखा परेको छ । बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालय हेटौंडाका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लु देखिएको हो । मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार माघ १६ गतेदेखि हालसम्ममा संक्रमण देखिएको हो । हालसम्म बर्डफ्लु रोग संक्रमण देखिएको...