स्थानीय

मकवानपुरका सात जना एमाले नेतालाई नयाँ जिम्मेवारी

हेटौंडा । नेकपा एमालेको काठमाडौंमा बिहीवार बसेको सचिवालय बैठकले मकवानपुरका सात जना नेतालाई पार्टीको थप नयाँ जिम्मेवारी तोकेको छ । नयाँ जिम्मेवारी पाउने नेतामा केदार न्यौपाने, रामेश्वर राना, कृष्णप्रसाद दाहाल, सुवासचन्द्र ठकुरी, महेशकुमार बर्तौला, भारती पाठक र जुनेलीमाया श्रेष्ठ रहेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको...

हेटौंडाका ३० घर डुबानमा, १४१ घरधुरी प्रभावित

हेटौंडा । बागमती प्रदेशको सदरमुकाम हेटौंडाको बजार क्षेत्र डुबानमा परेसँगै १४१ घरधुरी प्रभावित भएका छन् । हेटौंडा उपमहानगरपालिका–१, ५ र ७ नम्बर वडाका बस्ती डुबानमा परेका हुन् । शुक्रबार रातिदेखिको वर्षाले राप्ती खोलासँग जोडिएको १ नम्बर वडाको चौकीटोल, ५ नम्बर वडाको पिप्ले र शान्तिनगर क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी...

बागमतीका मुख्यमन्त्रीले विश्वासको मत लिने, आज समर्थन फिर्ता लिँदै एमाले

२३ असार, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार बिहान काठमाडौंमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको हो । माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले विश्वासको मत...

जंगली च्याउ खाँदा भीमफेदीमा एकै परिवारका ७ जना बिरामी

हेटौंडा । जंगली च्याउ खाएर मकवानपुरको भीमफेदी गाउँपालिका–६ उर्लाघारीका एकै परिवारका ७ जना बिरामी भएका छन् । च्याउ खाएर बिरामी हुनेमा ६५ वर्षीया मगंली माया स्याङ्तान, ३२ वर्षीया छोरा बुद्धिबहादुर स्याङ्तान, ३० वर्षीया पत्नी पासाङ माया स्याङ्तान, ७ वर्षीय छोरा लासाङ स्याङ्तान, १९ वर्षीया लक्ष्मीमाया स्याङ्तान, पार्वती स्याङ्तान र...

न्यायिक समितिबाट ११ महिनामा एक सय बढी मुद्दामा मिलापत्र

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरमा रहेको न्यायिक समितिले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा एक सय १५ वटा विभिन्न विवादका निवेदनको मुद्दाको मिलापत्र गराएको छ । उपप्रमुख राजेश बानियाँको अध्यक्षतामा बसेको बैठकले निवेदनमाथी दुईपक्षको उपस्थितिमा मिलापत्र गरिएको न्यायिक समिति सचिवालयका अधिकृत सुजन तिमल्सिनाले बताए । समितिमा गत आवका २८ मुद्दा...

आयुर्वेद केन्द्र मकवानपुरबाट ३३ हजारले सेवा लिए

हेटौंडा । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरलाई अस्पतालको सेवा प्रदान गर्ने स्थान र जनशक्तिको अभावमा सेवा सञ्चालन गर्न कठिनाई भएको पाइएको छ । अस्पतालले प्रदान गर्दै आएको सेवाह सञ्चालनको लागि योगाहल, विशेषज्ञ जनशक्तिको अभाव रहेको बताइएको छ । अभावका बाबजुद चिकित्सालयले चालु आर्थिक वर्षको जेठ मसन्तसम्म ३२ हजार ९९१...

बागमतीमा पहिलोपटक नेतृत्व गर्ने अवसरको पर्खाइमा कांग्रेस

हेटौंडा । नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा संघीय सरकार बन्ने चर्चासँगै बागमती प्रदेशको नेतृत्वको अवसर नेपाली कांग्रेसले पाउने सम्भावना बढेको छ । पछिल्लो राष्ट्रिय राजनीतिले लिएको ‘यु टर्न’ बाट बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रको सत्तासमिकिरण संकटमा परेको छ । केन्द्रमा एमाले–कांग्रेस गठबन्धनको सहमतिको चर्चाले प्रदेश सरकारको...

हेटौंडामा दिगो वन व्यवस्थापन सम्बन्धी तालिम

हेटौंडा ।  डिभिजन वन कार्यालय, मकवानपुरको आयोजनामा मङ्गलवारदेखि ३ दिने दिगो वन व्यवस्थापन सम्बन्धी तालिम हेटौँडामा शुरु भएको छ । वनको दिगो व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिन तालिमको आयोजना गरिएको कार्यालयले जनाएको छ । तालिमको माध्यमबाट सामुदायिक वनले वनको दिगो व्यवस्थापन गरि उपभोक्ताको माग, वनको उत्पादकत्व...

मकवानपुरमा निल जाने विद्यालयलाई कस्तो कारबाही होला ?

हेटौंडा । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा निराशाजनक आएपछि मकवानपुरका धेरै विद्यालयले अतिरिक्त कक्षा ९कोचिङ० सुरु गरेका छन् । नतिजा प्रकाशन भएपछि कतिपय विद्यालयका शिक्षक, ब्यवस्थापन समिति, अभिभावकको निन्द्रा हराएको छ ।सामुदायिक र संस्थागत गरी १६ विद्यालय निल गएपछि शैक्षिक क्षेत्रमा चासो सुरु भएको हो । कतिपय पालिकाले निल...

चुहिने छाप्रोमुनी प्रजा दम्पती, भुकम्पको घर अलपत्र

हेटौंडा ।  मकवानपुरको पश्चिीक्षेत्र मनहरी गाउँपालिका–४, ठाडोखोलाका प्रजादम्पती चुहिने छाप्रोमा बस्दै आएका छन् ।खरले छाएको छाप्रोको देव्रे भाग हवाङ्गै छ । छर्लङ्ग आकाश देखिने छानामुनी रात कटाउन विवश छन्, सन्तबहादुर प्रजा र सीता प्रजा । घर भन्दा मुनी भूकम्पको घर ठेकेदारले अलपत्र पारेर बेपत्ता भएपछि उनीहरुको बिचल्ली भएको छ...