स्थानीय
मकवानपुरको १० पालिका र १०२ वडामा को–को निर्वाचित भए ? (नामावलीसहित)
हेटौंडा– स्थानीय तह चुनावमा पाँचदलीय गठबन्धन सफल हुँदा मकवानपुरमा तीन दशक लामो एमाले वर्चस्व भत्किएको छ । गठन्धनको फाइदा उठाउँदै नेपाली कांग्रेस मकवानपुरको राजनीतिक इतिहासमै पहिलो पटक ठूलो पार्टी बनेको छ । बहुमत पालिका र वडाध्यक्ष जित्दै कांग्रेस ठूलो पार्टी बनेको हो । शुक्रबार आएको १० वटै पालिकाको मतपरिणामअनुसार...
इतिहास रच्दै हेटौंडाको मेयरमा लामा निर्वाचित
हेटौंडा– नेकपा एमालेको गढ भत्काउँदै हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)की मिनाकुमारी लामा विजयी भएकी छन् । लामाले नेकपा एमालेका अनन्तप्रसाद पौडेललाई २ हजार १ सय ५९ मतले पराजित गरेकी हुन् । कुल ७३ हजार ४ सय १४ मत खसेकोमा लामाले २३ हजार ६७ मत ल्याएकी छन् ।...
थाहा नगरको मेयरमा विष्ट, उपमेयरमा गोपाली निर्वाचित
हेटौंडा– मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विष्णु विष्ट ‘आदर्श’ निर्वाचित भएका छन् । माओवादी केन्द्रको पकढ भएको थाहामा गत निर्वाचनमा पनि गठबन्धनबाट माओवादीका उम्मेदवार निर्वाचित भएका थिए । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेका मेयर उम्मेदवार अच्युत्तम प्रसाद ढकाललाई पराजित गर्दै विष्ट मेयरमा...
मकवानपुरगढीको अध्यक्षमा स्याङ्तान र उपाध्यक्षमा पाख्रिन निर्वाचित
हेटौंडा– स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत मकवानपुरको मकवानपुरगढीमा कांग्रेस,माओवादी र नेकपा एस नेतृत्व गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मंगलबार साझ सम्पन्न मतपरिणाम अनुसार गाउँपालिकाका अध्यक्षका कांग्रेसका दोर्जे लामा स्याङ्तान र उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार मानकुमारी नेपाली निर्वाचित भएका छन् । दोर्जेले ६ हजार ७ सय ६ मत प्राप्त...
मकवानपुरका आठ पालिकामा अन्तिम मत परिणाम सार्वजनिक, कस्ले जित्यो ?
हेटौंडा– मकवानपुरमा ८ वटा गाँउपालिकाको मतगणना सकिएको छ । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार पालिकामा गठबन्धन अगाडि रहेको छ । एमालेले २ वटा गाउँपालिका र एक उपाध्यक्ष जितेको छ । गठबन्धनतर्फबाट नेपाली काँग्रेसले ५ वटा गाउँपालिका र माओवादीले १ नगर पालिकामा जित हाँसिल गरेको छ । नेपाली काँग्रेसले १...
कृषि उत्पादनबाट विकासको मुहार फेर्दै थाहानगर
हेटौंडा– जनतालाई सुसूचित एवम् जागरूक बन्न अभिप्रेरित गर्ने थाहा अभियानका अभियन्ता स्वर्गीय रूपचन्द्र विष्टको स्मरणमा नेपाल सरकारको २०७१ वैशाख २५ गतेको निर्णयले मकवानपुरको उत्तरी क्षेत्रका तीनवटा गाविस समेटेर थाहा नगरपालिका स्थापना गरिएको हो । सुरुमा दामन, पालुङ र बज्रबाराहीलाई समेटेर नगरपालिका घोषणा गरिएकोमा २०७३ सालमा चित्लाङ, आग्रा र टिस्टुङ...
आगामी शैक्षित्र सत्रबाट थाहा नगरमा स्थानीय पाठ्यक्रम लागू हुने
हेटौंडा– मकवानपुरको थाहा नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नगरपालिकाले पालिकाभित्रका सबै विद्यालयमा स्थानीय पाठ्क्रम समावेश गरेर ‘थाहा ज्ञानमाला’ तयार समेत पारिसकेको छ । नगरपालिकाका मेयर लवशेर विष्टको अनुसार आगामी शैक्षिक सत्रबाट लागू गर्ने गरि पालिकाले स्थानीय विषयवस्तुलाई पाठ्यक्रममा समावेश गरेर ‘थाहा...
पाँच वर्षमा थाहा नगरले स्वास्थ्यमा फेरेको मुहार
हेटौंडा– पाँच वर्षअघिसम्म थाहा नगरपालिकाबासी सामान्य स्वास्थ्य उपचार गर्न पनि हेटौंडा वा काठमाडौं धाउनु्पथ्र्यो । नगरपालिकाको सदरमुकाममा स्वास्थ्यचौकी भएपनि प्राथमिक उपचार पाउन पनि मुस्किल पर्ने गथ्र्यो । नाम र पहिचानको हिसाबले अगाडि रहेको थाहानगरपालिकामा पछिल्लो पाँच वर्ष यता स्वास्थ्य सेवा पनि अगाडि बढ्दै गएको छ । अहिले थाहा नगरपालिकाको...
उम्मेदवारबाट मौन अवधि पालनामै शंका, के–के गर्न पाइँदैन ?
हेटौंडा– स्थानीय तह निर्वाचनका लागि आज बुधबारदेखि मौन अवधि सुरु भएको छ । २७ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्ने समय समाप्त भएसँगै आजदेखि मौन अवधि सुरु भएको हो ।निर्वाचन आयोगले मतदान हुनु ४८ घण्टा अघिदेखि मौन अवधि तोकेको हो । पालिकाका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न ३० वैशाखमा देशभर...
मकवानपुर प्रशासनको सबै सेवा ३० गतेसम्म बन्द
हेटौंडा– जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत यस कार्यालयमा कार्यरत कर्मचारीहरू समेत मतदान केन्द्रमा खटिने भएको हुँदा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा आजदेखि बन्द गरिने भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको...