स्थानीय
दशैंपछि पनि ठगिँदै छन् हेटौंडा–काठमाडौं चल्ने सुमोका यात्रु
हेटौंडा– हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्गमा सञ्चालन हुने साना सवारी सुमोहरुबाट अझै पनि सोझा यात्रुहरु ठगिँदै आएको तथ्य बाहिरिएको छ । हेटौंडा नगरभित्र ट्राफिक व्यवस्थापनलाई समेत अस्तव्यस्त बनाउँदै सञ्चालन भइरहेका सुमो काउन्टरहरुबाट सोझासाझा यात्रु अझै ठगिने गरेको तथ्य बाहिरिएको हो । दशैं तिहार जस्ता चाडपर्वमा एकतर्फबाट मात्र यात्रु चाप बढ्ने...
खानेपानीदेखि वातावरण अनुकूलनमा राडोको काम
हेटौंडा– मकवानपुरको ग्रामीण जागरण विकास संस्था नेपाल (राडो नेपाल)ले २९ औं साधारणसभा गर्दै गतवर्षमा भएका कामको प्रगति प्रस्तुत गरेको छ । हेटौंडामा भएको राडो नेपालको साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले मकवानपुरमा आर्थिक वर्ष २०७८–०७९ मा ७ करोड २३ लाख बजेटको विभिन्न कार्यक्रम गरेको छ । राडोले शिक्षा, स्वास्थ्य, खानेपानी,...
बागमतीका बहालवाला नौ मन्त्री फेरि उम्मेदवार
हेटौंडा– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागमती प्रदेश सरकारका ९ जना बहालवाला मन्त्री उम्मेदवार बनेका छन् । २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचन लडेका मकवानपुरकी कुमारी मोक्तानसहितका ९ जना मन्त्रीहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनेका हुन् । उम्मेदवार बन्नेहरुमा नेकपा माओवादी केन्द्र र नेकपा...
मकवानपुरमा ६ पदका लागि ६९ जनाको उम्मेदवारी
हेटौंडा– मकवानपुरको दुई वटा प्रतिनिधिसभा क्षेत्र र ४ वटा प्रदेशसभा क्षेत्रमा गरी कुल ६९ जनाको उम्मेदवारी परेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २३ असोज आइतबार मनोनयन दर्ताको समय थियो । हेटौंडा–२, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलदेखि स्वतन्त्रहरुले...
मकवानपुरमा कुनैपनि उम्मेदवारविरुद्ध उजुरी परेन
हेटौंडा– मकवानपुरमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका कुनैपनि उम्मेदवारविरुद्ध उजुरी परेको छैन् । कुनैपनि उम्मेदवारविरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएको छ । हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतरबार दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि राजनीतिक दल र स्वतन्त्रका तर्फबाट...
यी हुन् मकवानपुरमा गठबन्धनका उम्मेदवार
हेटौंडा– मंसिर ४ गते हुने निर्वाचनको लागि मकवानपुरमा गठबन्धनबाट कांग्रेस र नेकपा एकिकृत समाजवादीले प्रतिनीधिसभामा उम्मेदवारी दिएको छ । गठबन्धनको केन्द्रिय सहमती अनसार मकवानपुरको दुईवटा प्रतिनीधिसभा निर्वाचन क्षेत्रमा कांग्रेस र समाजवादीले उम्मेदवारी दिएको हो । मकवानपुर–१ बाट प्रतिनीधिसभा सदस्यमा नेपाली कांग्रेसको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ९डीना० र क्षेत्र नम्वर २...
मकवानपुरबाट प्रतिनिधिसभामा एकमात्रै महिला उम्मेदवार डीनाले रच्लिन् ईतिहास ?
हेटौंडा– मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । सो निर्वाचनको लागि आइतबार उम्मेदवारी दर्ता कार्य भइसकेको छ ।मकवानपुरमा दुईवटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभाको निर्वाचन क्षेत्र रहेको छ । प्रतिनिधिसभा सदस्यका लागि मकवानपुर क्षेत्र नम्बर–१ मा १६ जनाको मनोनयन परेको छ । त्यसैगरी प्रतिनिधिसभा सदस्यका लागि मकवानपुर...
हेटाैंडा-१५ मा भएकाे वडा अध्यक्ष कप भाेर्लेकाे पाेल्टामा
हेटाैंडा- हेटाैंडामै पहिलाे पटक भएकाे १५ नम्बर वडाकाे वडा अध्यक्ष कपकाे उपाधि भाेर्ले टाेल विकासले जितेकाे छ । हेटाैंडा-१५ का टाेल विकास स्तरीय फुटबल प्रतियाेगिताअन्तर्गत शनिवार भएकाे फाइनल खेलमा भाेर्लेले राताेमाटे टाेल विकासलाई ४-० गाेल अन्तरले पराजित गरेकाे हाे । रातोमाटेको सशस्त्र प्रहरी गणको खेल मैदानमा भएको फाइनल खेलकाे...
नवोदय विद्यालयमा चण्डी पाठ
हेटौंडा– नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरुले विद्यालयमा चण्डी पाठ गरेका छन् । हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरुले बिहीबार विद्यालयमा चण्डी पाठ गरेका हुन् । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा विद्यालयका १३ जना विद्यार्थीहरुले १-१...
हेटौंडामा रेडक्रस उपशाखाद्वारा डेंगुविरुद्धको सचेतना अभियान
हेटौंडा– परोपकारका क्षेत्रमा क्रियाशील नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले बढ्दै गइरहेको डेंगु संक्रमणलाई रोक्न सचेतना अभियान चलाएको छ । हेटौंडा उपमहानगरपालिकाको ४ नम्बर वडामा बिहीवार डेंगुविरुद्धको सचेतना अभियान संचालन गरिएको हो । नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको समन्वय तथा युवा रेडक्रस सर्कल हेटौंडाको अगुवाइमा हेटौंडा उपशाखाले बृहत् सचेतना...