स्थानीय
मकवानपुरमा नेकपा एमालेलाई परिवार दलको समर्थन
मकवानपुर– ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा नेकपा एमालेलाई नेपाल परिवारदलले समर्थन गर्ने भएको छ । एमालेबाट जिल्लामा उम्मेदवार बनेका प्रतिनिधिसभा तथा प्रदेश सभाका ६ जना उम्मेदवारलाई सहयोग गर्ने दलले जनाएको छ । शनिबार परिवार दलका तर्फबाट जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हरि बहादुर लोप्चनले पत्रकार सम्मेलन...
शैक्षिक उन्नयनमा टेवा दिँदै बानियाँ
हेटौंडा– मकवानपुरे राजनीतिज्ञ तथा समाजसेवी ईन्द्रबहादुर बानियाँले राजनीति र समाजसेवालाई सँगसँगै अघि बढाइरहेका छन् । हाल नेपाली कांग्रेस बागमती प्रदेश सभापति रहेका बानियाँ जनताको सेवाको लागि नै राजनीति गरेको बताउँछन् । विपन्न, निमुखा र असहाय जनताका दुःख देख्न नसक्ने बानियाँ उनीहरुको आधारभूत आवश्यकता पूरा गर्न व्यक्तिगत रुपमै धेरै सहयोग...
आनन्दको सहयोगमा रुम्बाले पाइन् नयाँ घर
हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेकी कान्छिमाया रुम्बा मख्ख छिन् । खर र प्लाष्टिकले छाएको झुप्रो घरमा बस्दै आएकोमा दुई कोठे पक्कि नयाँ घर सहयोग पाएपछि मख्ख पनि कसरी नपर्नु ? लामो समयदेखि असुरक्षित रहेको पानी चुहिने घरमा बस्दै एकल महिला रुम्बालाई उक्त घर सहयोग गर्ने व्यक्ती नेपाली कांग्रेसका नेता एवं...
‘क्यासलेस’ डिभाइस खरिदसम्बन्धी प्रस्ताव ६ महिनादेखि अलपत्र
हेटौंडा– बागमती प्रदेश सरकारले सुरु गर्ने भनेको सार्वजनिक सवारीसाधनमा नगदरहित भाडा भुक्तानी प्रणालीको डिभाइस खरिदसम्बन्धी प्रस्ताव ६ महिनादेखि अलपत्र छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयबीच विवाद हुँदा सार्वजनिक सवारीसाधनमा नगदरहित भाडा भुक्तानी प्रणालीको डिभाइस खरिदसम्बन्धी प्रस्ताव ६ महिनादेखि अलपत्रप परेको...
थापा र श्रेष्ठको प्रतिवद्धताः हेटौंडामा विद्युतीय बसदेखि सुरुङमार्गसम्म
हेटौंडा– नेकपा एमालेका मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापा र प्रदेशसभा १ को (ख) का उम्मेदवार एकालाल श्रेष्ठले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । थापा र श्रेष्ठले हेटौंडामा पत्रकार सम्मेलन गरेर प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । कार्यक्रममा थापा भने उपस्थित थिएनन् । उनी चुनावी कार्यक्रमका...
मकवानपुरका सबै मतदान केन्द्रमा ३ हजार कर्मचारी खटिँदै
हेटौंडा– मकवानपुरका १० वटा पालिकामा गरेर आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि ३ हजार बढी कर्मचारी खटाइने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लाभर ३ हजार कर्मचारी खटाइने भएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए । उनका अनुसार ३ हजार कर्मचारी मध्ये ५ सय जना शिक्षक...
गोपालीहरुको संस्कृति जगेर्ना गर्न संग्राहलय बनाउँछुः बर्तौला
हेटौंडा– मकवानपुर क्षेत्र नम्बर–२ मा एमालेका तर्फका उम्मेदवार महेश कुमार बर्तौलाले गोपालीहरुको संस्कृति जगर्ने गर्दै पर्यटन विकासका लागि आवश्यक भुमिका खेल्ने बताएका छन् । थाहानगरपालिका वडा नम्बर– १ कुन्छालमा एमाले वडा कमिटीको आयोजनामा भएको कार्यक्रमलाई संबोधन गर्दै उहाँले गोपाली गाउँको डबली जसबाट यहाँको जनताको चुलोको समृद्धि आउने बताए ।...
मकवानपुरमा निर्वाचन आचारसंहिता कुल्चिँदै जनप्रतिनिधिहरु
हेटौंडा– मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरको वेवास्ताका कारण मकवानपुरका स्थानीय तहका जनप्रतिनिधीहरु निरन्तर रुपमा आफ्ना दलका उम्मेदवारहरुका चुनावी प्रचार प्रसारमा व्यस्त भएका छन् । मकवानपुरका दश वटै स्थानीय तहका जनप्रतिनिधीहरु आफ्ना दलका चुनावी प्रचार प्रसारको काममा व्यस्त हँदा पनि निर्वाचन अधिकृतको कार्यालयले भने यसमा खासै चासो दिएको छैन ।...
स्वास्थ्य केन्द्र बनेपछि चिप्लेटीबासीलाई राहत
हेटौंडा– १० रुपैयाँको ट्याबलेट लिन बाराको अमलेखगञ्ज पुग्नुपर्ने हेटौंडाको विकट गाउँ चिप्लेटीबासीलाई गाउँमै स्वास्थ्य केन्द्र खुलेपछि राहत मिलेको छ । सामान्य उपचार लिनसमेत छिमेकी जिल्ला पुग्नुपर्ने बाध्यतामा हेटौंडा उपमहानगरपालिका–१५, स्थित चिप्लेटीबासी थिए । नगरकै विकट चिप्लेटीमा स्वास्थ्य केन्द्र नहुँदा सामान्य पेट दुखाईदेखि, ज्वरो, रुघा खोकी लाग्दासमेत उपचार र औषधि...
मितेरी सहकारीकाे कारोबार १२ करोड ३४ लाख
हेटौंडा– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ पाटीचौरमा रहेको श्री मितेरी बचत तथा ऋण सहकारी संस्थाले १२ करोड ३४ लाख ६३ हजार ६८५ रुपैयाँको वार्षिक कारोबार गरेको छ । सहकारीको १६ औं वार्षिक साधारण सभा शनिबार गर्दै आव २०७८÷०७९को वार्षिक आर्थिक तथा सामाजिक प्रगति प्रतिवेदनहरु पेश गरिएको थियो ।...