स्थानीय
मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु
हेटौंडा । मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–९ खरङ्गा स्थित पुर्व पश्चिम सडकखण्डमा बसको ठक्करबाट उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर–२ संगमटोल बस्ने ५८ वर्षिय जित बहादुर प्रधानको आज बिहान मृत्यु भएको हो । काठमाडौंतर्फबाट जनकपुरतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख...
हेटौंडा उपमहानगरपालिकाको बजेट खर्च कमजोर
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको बजेट खर्च दर सुस्त देखिएको छ । उपमहानगरपालिकाले चालू आर्थिक वर्ष ०८१र८२ को आठ महिनामा ३३ दशमलव ६५ मात्र प्रतिशत बजेट खर्च गरेको हो । संशोधनसहितको कुल २ अर्ब ७२ करोड रुपैयाँको बजेट पारित गरेको उपमहानगरले हालसम्म ८५ करोड २ लाख ६७ हजार ७७७ रुपैयाँमात्र...
वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन
काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उनको केहीबेर अघि ९७ वर्षको उमेरमा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहनुभएका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उनका भाइ पुरु रिसालले जानकारी दिए । उनको जन्म १९८५ साउन २९ गते...
औद्योगिक ग्राममा संघ सरकारको लागत सहभागिता रकम बढ्यो
काठमाडौं । स्थानीय तह मातहत रहने गरी स्थापना हुने औद्योगिक ग्रामका लागि संघीय सरकारको सहभागितामा हुने आयोजनामा लागत रकमको सीमा बढेको छ । औद्योगिक ग्राम निर्माण तथा विकासमा लागत सहभागिता सीमा यसअघि कुन निर्माण लागतको ४० प्रतिशत वा ३ करोडमध्ये जुन कम हुन्छ, त्यो रकम उद्योग मन्त्रालयले औद्योगिक ग्रामलाई...
बागमती प्रदेशका २१ ठाउँमा डढेलोका कारण आगलागी
हेटौंडा । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा २१ वटा आगलागीका घटना भएका छन् । प्रदेशको उपत्यका बाहेकका १० जिल्लामा २४ घण्टामा २१ वटा आगलागीका घटना भएका हुन् । प्रदेश प्रहरी कार्यालय बागमती प्रदेशको २४ घण्टाको तथ्याङ्कअनुसार विभिन्न जिल्लामा आगलागीका घटना भएका हो । सुख्खायाम लागेसँगै सुरु भएको आगलागीका घटना...
बागमती सरकारले बेसहाराको उपचार गर्ने मन्त्री थापाको प्रतिबद्धता
भक्तपुर– बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले आफ्ना कोही नभएर विभिन्न आश्रममा पुगेका अनाथ, असहाय नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी प्रदेश सरकारले लिने बताएका छन् । सडकमा अलपत्र परेका, अनाथ, असहाय तथा बेवारिसे सडकमा जीवन विताइरहेकाहरुका लागि भवन निर्माणको सहयोगार्थ मानव कल्याण समाज भक्तपुरले मध्यपुरथिमिको राधेराधेमा आयोजना गरेको श्रीमद्भागवत सप्ताह...
बालबालिकलाई साइक्लिङ र स्विमिङ तालिम
हेटौंडा– मकवानपुर जिल्ला साइक्लिङ संघले साइक्लिङ र स्विमिङ तालिमको आयोजना गरेको छ । विद्यालय तहका बालबालिकालाई लक्षित गरेर शुक्रबारदेखि तालिम दिन सुरु गरेको हो । तालिममा २३ जना बालबालिका सहभागी भएका छन् । ८ वर्षदेखि १५ वर्ष उमेर समूहका ५ जना बालिका र १९ जना बालक सहभागी छन् ।...
बागमती प्रदेश सरकारको बजेट खर्च र राजश्व संकलन निराशाजनक
हेटौंडा– बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१÷८२ को आठ महिनाको अवधिमा बजेट खर्च र राजश्व संकलन निराशाजनक देखिएको छ । प्रदेश सरकारले साउनदेखि फागुनसम्मको अवधिमा कुल बजेटको जम्मा २५ दशमलब ६२ प्रतिशत मात्र खर्च गर्न सकेको छ भने राजस्व संकलन पनि लक्ष्यको ३८ दशमलब १३ प्रतिशत रहेको छ...
मकवानपुरगढीमा आतंक मच्चाउँदै चितुवा, स्थानीयको पशुचौपाया मार्दै
हेटौंडा– विशेषतस् मकवानपुरगढी गाउँपालिकाको वन क्षेत्र बाघ, चितुवा लगायतका हिंसक जनावरका लागि उपयुक्त बासस्थान होइन । यहाँ विगत २–३ वर्षदेखि कहिले बाघ, कहिले चितुवाको रजगज चलिरहेको छ । बाघले २०७९ कार्तिक २६ गते राति मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ हेलिग्रामा स्थानीय गोपाल विश्वकर्माको ७ वटा खशिबाख्रा मारेको थियो ।...
उच्चको आदेशपछि घरबाटै पक्राउ परे रवि लामिछाने
हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो । लगत्तै उनको निवास बुढानीलकण्ठमा...