स्थानीय
मकवानपुरमा उम्मेदवारका प्रतिनिधिबाट मतगणनाको सूचनामा आतंक
हेटौँडा– मकवानपुरको २ वटा प्रतिनिधिसभा क्षेत्र र ४ वटा प्रदेशसभा क्षेत्रको मतगणना हेटौँडामा जारी छ । हेटौँडा–२, स्थित सिदार्थ माविमा भइरहेको मतगणनामा उम्मेदवारका प्रतिनिधिहरुले हातहातमा मोबाइल बोकेका छन् । तर, प्रतिनिधिहरु आफैं मत जोड्ने र पहिला सामाजिक सञ्जालबाट पोष्ट गरिहाल्ने परिपाटीले जिल्लामा सूचनाको आतंक मच्चिएको छ । आफूले जोडेको...
मकवानपुर–२ः महेश बर्तौलाको अग्रता, विरोध खतिवडा २३ मतले पछाडि
हेटौंडा– मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गठबन्धनका विरोध खतिवडालाई झिनो मतले पछि पार्दै एमालेका महेशकुमार बर्तौंलाले सुरुवाती अग्रता लिएका छन् । बर्तौंलासँग खतिवडा २३ मतले पछाडि छन् । २ हजार ३ सय ८५ मतगणना हुँदा बर्तौंलाले ८ सय ४९ र विरोध खतिवडाले ८ सय २६ मत ल्याएका हुन्...
मकवानपुर–१ मा डीनाको अग्रता, कमल र दिपक पछिपछि
हेटौंडा– मकवानपु–१ को मतगणना सुरु भएको छ । क्षेत्र नंबर १ अन्र्तगत बागमती गाउँपालिकाको झुरझुरे बुथको १३ सय ३५ मत गन्दा गठवन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेद्वार महालक्ष्मी उपाध्यय ‘ डिना’ ले सुरुवाती अग्रता प्राप्त गरेकी छिन् । यस्तो छ पहिलो मत परिणाम कमल थापा– ३५० महालक्ष्मी उपाध्यय डिना –...
हेटौंडामा शंकास्पद वस्तु फेला, सेनाद्वारा ‘डिस्पोज’
हेटौंडा– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० राप्तीपुल नजिकै शंकास्पद वस्तु फेला परेको छ । बिहीवार राती प्रेसर कुकरसहित फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको डिस्पोज टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । डिएसपी कार्कीले फेला परेको शंकास्पद वस्तुमा कुनै पनि विस्फोटक पदार्थ नरहेको...
निर्वाचन तयारी पूरा, ढुक्क भएर मतदान गर्न आयोगको अपिल
काठमाडौं । यही मंसिर ४ गते एकैचरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार ९६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् । आयोगले निर्वाचनको...
कुम्लो बोकी मतदान केन्द्र तिर…
हेटौंडा– ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा सुरक्षा निकायहरु मतदान केन्द्रमा खटिएका छन् । निर्वाचनमा मकवानपुरभर ३ हजार २ सय सुरक्षाकर्मी खटिएका छन् । १ मंसिर बुधवार जिल्लाका १ सय ६७ वटा मतदान स्थल र ३ सय ६६ वटा मतदान केन्द्रहरुमा म्यादी प्रहरीहरु आवश्यक सबै...
हेटौंडा उपमहानगरको बजेट खर्च ७५ प्रतिशत मात्रै
हेटौंडा– बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौैंडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७८–०७९ मा ७५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । उपमहानगरपालिकाले गत आवमा विनियोजित बजेटको ७५ प्रतिशत मात्र खर्च गरेको हो । उपमहानगरको गत आवको समिक्षा केही दिनअघि मात्रै गरिएको थियो । उपमहानगरले दुई अर्ब ९१ करोड ९३ लाख...
मकवानपुरका ३ सय ४४ मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री
हेटौंडा– मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरबाट नियुक्त पत्र लिई खटिएका कर्मचारीहरुले जिल्लाका ३ सय ४४ वटा मतदान केन्द्रका लागि आवश्यक निर्वाचन सामग्री बुझेका छन् । जिल्लाका १० वटै स्थानीय तहमा गरेर स्थायी प्रकृतिका ३ सय ६४ र दुई वटा अस्थायी गरी ३सय ६६ वटा मतदान केन्द्र छन् । जसमध्ये...
आजदेखि मौन अवधि, के–के गर्न पाइँदैन् ?
हेटौंडा– आज बिहीबार मध्यरात १२ बाट ४ गतेसम्मका लागि स्थिर समय (मौन अवधि) सुरु भएको छ । मंसिर ४ को निर्वाचनका लागि यो मौन अवधिमा चुनाव प्रचार–प्रसार गर्न र मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न पाईंदैन । निर्वाचन आचार संहिता–२०७९ अनुसार चुनाव हुनुभन्दा ४८ घण्टा अगाडिबाट स्थिर समय...
यस कारण तपाईको एक मत एमालेलाई
नरेन्द्र भण्डारी राजनीतिमा सबैखाले सम्भावना रहने बताइन्छ । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना गर्न कांग्रेस र बामपन्थीहरु एकजुट थिए । प्रजातन्त्र पुनःस्र्थापनापछि कांग्रेस र बामपन्थी नै एकअर्काका प्रतिस्पर्धी भए । राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र अनुशासित बनाउन नसक्दा पुनःस्र्थापित प्रजातन्त्र पटक–पटक जोखिममा रहँदै आएको छ । २०५२ सालबाट तत्कालिन माओवादीले सशस्त्र...