स्थानीय
असहमतिका बीच माओवादी बागमती संसदीय दलको नेतामा जम्मकट्टेल
हेटौंडा– असहमतिका बाबजुद नेकपा माओवादी केन्द्रले बागमती प्रदेश संसदीय दलको नेता चयन गरेको छ । दलको नेतामा पुनः शालिकराम जम्मकट्टेल चयन भएका छन् । माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललायतको असहमतिबीच नेतृत्वले गरेको प्रस्ताव अनुरुप जम्मकट्टेलको नाम सर्वसम्मत पारित भएको हो । जम्मकट्टेल प्रदेशसभाको अघिल्लो...
मासु उत्पादनमा बागमतीका पोल्ट्री व्यवसायको ६९ प्रतिशत योगदान
हेटौंडा– बागमती प्रदेशको मासु उत्पादनमा पोल्ट्री व्यवसायको योगदान ६९ प्रतिशत रहेको बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । राष्ट्रिय अण्डा उत्पादनमा बागमती प्रदेशको योगदान ६० प्रतिशत रहेको जनाइएको छ । ‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता खाद्य र पोषण सुधार’ भन्ने नाराका साथ भएको दशौँ पोल्ट्री दिवस...
प्रणामी व्यवसायी संघको साधारणसभा
हेटौंडा– प्रणामी समुदायका व्यवसायीहरुको छाता संगठन प्रणामी व्यवसायी संघ मकवानपुरको साधारणसभा भएको छ । संघका जिल्ला अध्यक्ष बिनोद पुडासैनीको सभाअध्यक्ष तथा प्रणामी व्यवसायी संघका केन्द्रीय अध्यक्ष बिष्णु प्रसाद वाग्लेको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । वाग्लेले व्यवसायीहरुबीच हार्दिक बढाउन संगठन निरन्तर लागिपरेको बताए । संगठनले व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि...
बुढीचौरको पानी ल्याएर २ हजार घरधुरीको समस्या हटाउने योजना
हेटौंडा– मकवानपुरगढीका १, २, ४ र ७ नम्बर वडा खोपानीको पहुँचले पछाडि परेका क्षेत्र हुन् । भौगोलिक दृष्टिकोणले पनि विगतमा यी वडाहरुमा खानेपानीको व्यवस्थापन हुन सकेको छैन् । यी वडाहरुमा खानेपानीको हाहाकार नै मच्चिने गरेको छ । ३ नम्बर वडामा केही वर्षअघिसम्म खानेपानीको ठूलो समस्या रहेको थियो । करिब...
श्रम र सडकमा भेटिएका बालबालिकामाथि उपमहानगरको ‘एक्सन’
हेटौंडा– एक वर्षपछि अर्थात आगामी वर्षको मंसिरमा बालमैत्री घोषणा गर्ने अभियानअन्तर्गत् बालश्रममा लागेका बालबालिकाहरुको उद्दारमा हेटौंडा उपमहानगरपालिकाले प्राथमिकता दिने भएको छ । बालमैत्री घोषणाको क्रममा प्रमुख चुनौतीका रुपमा देखिएको बालश्रमलाई नियन्त्रण गर्ने उपमहानगरले विशेष योजनासहित काम गर्ने भएको हो । हाल बजार क्षेत्रमा श्रममा प्रयोग भइरहेका बालबालिकालाई परिवारमा पुर्नःस्थापित...
भागवण्डा टुङ्गिएपछि मात्रै प्रदेशमा सरकार बन्ने संकेत
हेटौंडा– नयाँ प्रदेश सरकार गठनको बाटो खुलेसँगै बागमती प्रदेशमा संसदीय दलको नेता बन्ने कसरत सुरु भएको छ । शनिबार निर्वाचन आयोगले मंसिर ४ मा बागमती प्रदेशमा सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सहितको निर्वाचन प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाएसँगै दलको नेता बन्ने कसरत सुरु भएको हो । आयोगले प्रदेश...
विज्ञान प्रदर्शनीमा महेन्द्र मावि र हिमालयन बोर्डिङ उत्कृष्ट
हेटौंडा– हेटौंडामा भएको जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा एक सामुदायिक र एक संस्थागत विद्यालय उत्कृष्ट भएका छन् । जिल्ला शिक्षा समन्वय इकाई मकवानपुरको आयोजनामा भएको विज्ञान प्रदशर्नीमा भीमफेदी गाउँपालिकाको महेन्द्र मावि प्रथम भएको छ । यसैगरी प्रदशर्नीमा थाहानगरको हिमालयन इङ्लिस बोर्डिङ स्कूल दोस्रो भएको छ । हेटौंडाको सिद्धार्थ माविमा भएको जिल्लास्तरीय...
जनताबाट प्रत्यक्ष चुनिने कांग्रेसकी डिनाको सपना अधुरै
हेटौंडा– मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना पराजित भएकी छन् । डिनाले राप्रपाका दीपकबहादुर सिंहसँग २ हजार ३ सय ८२ मतान्तरमा पराजय भोगेकी हुन् । १ नम्बर क्षेत्रको मतगणनामा सुरुवाती चरणदेखि नै डिना, एमालेबाट उम्मेदवार रहेका राप्रपा नेपाल अध्यक्ष कमल...
कमल थापाको दुर्भाग्यः पाँच वर्षअघि कांग्रेस फापेन, अहिले एमाले
हेटौंडा– मकवानपुर १ मा नेकपा एमालेबाट उम्मेदवार रहेका कमल थापा पराजित भएका छन् । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र दीपकबहादुर सिंहबीचको हेभिवेट भिडन्तमा थापा पराजित भए । थापालाई उनकै पूर्वसहयात्री सिंहले हराएका हुन् । त्रिपक्षीय भिडन्तमा २५ हजार ४ सय २० मतसहित थापा तेस्रो स्थानमा खुम्चिए । कुनै...
मकवानपुरको दुवै प्रतिनिधिसभाले पायो नयाँ अनुहार, सिंह र बर्तौलालाई जनताको विश्वास
हेटौंडा– मकवानपुरको दुवै प्रतिनिधिसभा क्षेत्रबाट नयाँ अनुहार निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ बाट दीपक बहादुर सिंह र क्षेत्र नम्बर २ बाट महेश बर्तौला निर्वाचित भएका हुन् । राप्रपाका केन्द्रीय सदस्य रहेका सिंहले गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई २ हजार ३ सय ८२ मतान्तरले...