स्थानीय

२० वर्षमा पनि कान्तिलोकपथ अधुरै, मकवानपुरतर्फ २० प्रतिशत निर्माण बाँकी

हेटौंडा– राज्यको पर्याप्त ध्यान पुग्न नसक्दा कान्तिलोकपथ मार्ग निर्माण सुरु भएको दुई दशकमा पनि अझै सम्पन्न हुन सकेको छैन । काठमाडौं उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो मार्गका रुपमा रहेको सो सडकमा अझै कतिपय खण्ड निर्माणका लागि ठेक्कामा जान बाँकी छ । सहज भूवनोट भएका ठाउँमा सडक कालोपत्र अझै पनि बाँकी...

बागमतीमा विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार

हेटौंडा– बागमती प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको छ । माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिएपछि मात्रै प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुने भएको हो । माघ ३ गते विश्वासको मत लिनको लागि मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशसभालाई तयारी गर्न भनिसकेका छन् । प्रदेश संरचनाको पहिलो...

अग्रगती बचतको अध्यक्षमा विकेशलाल श्रेष्ठ

हेटौंडा– अग्रगती बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडाको अध्यक्षमा विकेशलाल श्रेष्ठ चयन भएका छन् । संस्थाको शनिबार भएको दशौं वार्षिक साधारणसभाबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् । संस्थाको उपाध्यक्षमा दिनेश अर्याल, सचिव पवित्रा दहाल, कोषाध्यक्ष प्रल्हाद मिश्र तथा सदस्यमा मिनु अग्रवाल, राजाराम कार्की, सुवास विडारी, कमला...

शिक्षक भलिबल प्रतियोगिताको उपाधि जिएसलाई

हेटौंडा– जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जिएस निकेतनले उचालेको छ । शनिबार भएको फाइनल खेलमा बकैया गाउँपालिकाको महेन्द्र माविलाई ३–० सेटले पराजित गर्दै जिएस निकेतनले उपाधि उचालेको हो । महेन्द्र मावि २५–१३, २६–२४, र २५–२० को सेटले पराजित भयो । जितसँगै जीएसले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र...

शहिद रुद्र पाख्रिनको सम्झनामा सडक नामाकरण

हेटौंडा– मकवानपुरका पूर्व माओवादी नेता तथा जनयुद्धकालिन कमाण्डर रुद्र पाख्रिनको स्मृति दिवसको अबसर पारेर हेटौंडादेखि बकैयासम्मको सडक नामाकरण गरिएको छ । बिहीवार मकवानपुरगढी गाउँपालिका–४, स्थित रुद्र बाटिकामा उनको शालिकमा माल्यापर्ण गर्दै मकवानपुरगढी हुँदै बकैया सिमात पुग्ने सडकलाई शहिद रुद्र मार्ग नामाकरण गरिएको हो । गाउँपालिकाले पाख्रिनको सम्झतामा सडक नामाकरण...

मकवानपुरमा २४ पुसदेखि बागमती गोल्डकप, विदेशी क्लबसहित १० टिम भिड्दै

हेटौंडा– बागमती गोल्डकप फुटबल प्रतियिगिताको पाँचौं संस्करण आगामी पुस २४ गतेबाट हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले बागमती गोल्डकप फुटबल प्रतियिगिता पुस २४ गतेबाट माघ ३ गतेसम्म हुने जानकारी दिएको हो । प्रतियोगितामा एक विदेशी क्लबसहित १० टिमको सहभागिता रहनेछ ।...

मेयर लामाको र्सघर्षः निरन्तर ‘सफा हेटौंडा अभियान’

हेटौंडा– हेटौंडालाई सुन्दर र सफा शहरको रुपमा विकास गर्ने लक्ष्यसहित थालिएको ‘सफा हेटौंडा अभियान’ ले निरन्तरता पाएको छ । ‘सफा हेटौंडा अभियान’ अन्तर्गत् शनिबार पनि हेटौंडामा सरसफाई गरिएको हो । अभियानअन्तर्गत् हेटौंडालाई सुन्दर र सफा शहरको रुपमा विकास गर्न हेटौंडा उपमहानगपालिकाका नगर प्रमुख मिनाकुमारी लामा आफैं शनिबार बिहान सडकमा...

प्रदेश खारेजको एजेण्डा बोक्ने राप्रपा नै बागमतीमा नेतृत्वको दाबेदार

हेटौंडा– प्रदेश संरचना खारेजीको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नै प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । प्रदेश संरचना खारेजीको माग उठाउँदै आएको राप्रपाले प्रदेशमा सरकार गठन गर्न आफू निर्णायक बनेसँगै प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको हो । राप्रपाले सरकारको नेतृत्वमा दाबी गरेसँगै बागमती प्रदेश सरकार...

हेटौंडाका डेरी उद्यमी दाजुभाईः विदेश निर्यात गर्छन् छुर्पी

सरोज पौडेल हेटौंडा– हेटौंडाका कोइराला दाजुभाइले जन्मथलोमै बसेर कृषि क्षेत्रबाटै पनि केही गर्न सकिन्छ भन्ने उदाहरण देखाएका छन् । मकवानपुरमा २०६९ जेठमा सिर्जन कोइराला र निराजन कोइराला २ दाजुभाइ मिलेर स्थापना गरेको गायत्री डेरी उद्योगमार्फत प्रत्यक्ष रुपमै ७० जनालाई रोजगारी दिएका छन् । फूड टेक्नोलोजी अध्ययन गरेका दाइ सिर्जन...

मकवानपुरमा रोकिएन मानव अधिकारविरुद्धको घटना, परिवारबाटै हत्या र बलात्कारको शिकार

हेटौंडा– मकवानपुरमा मानव अधिकार उल्लघंनको घटनामा कुनै परिवर्तन नआएको एक अध्ययनले देखाएको छ । अंग्रेजी वर्ष स्न २०२१ र स्न २०२२ मा मानव अधिकारविरुद्धको घटनामा कमी नआएको मानव अधिकारको क्षेत्रमा वर्षौदेखि काम गर्दै आइरहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जानकारी दिएको छ । शनिवार हेटौंडामा नेपाल मानव अधिकार वर्ष...