स्थानीय
बागमतीका मुख्यमन्त्रीले पाए असाधारण विश्वासको मत
हेटौंडा– बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत मागेका थिए । ११० सदस्यीय बागमती प्रदेशसभाका १०५ सदस्यले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिएका हुन् । यो असाधारण बहुमत हो । सरकार जोगाउन ५६ मत भए पुग्थ्यो । बागमती प्रदेशको यसअघिको मुख्यमन्त्रीहरुले संसदमा...
लटरम्मेश्वर क्षेत्र विकासमा भीमफेदीको ४० लाख
हेटौंडा– पछिल्लो समय आन्तरिक पर्यटनमा चर्चा बटुल्दै आइरहेको भीमफेदी र बकैया गाउँपालिको सीमानामा रहेको लटरम्मेश्वर महादेवको मन्दिर क्षेत्र विकास लागि स्थानीय सरकार जुटेका छन् । भीमफेदी गाउँपालिका–८ र बकैया गाउँपालिका वडा नम्बर १२ को लटरम्मेश्वर मन्दिर क्षेत्रको विकासको लागि भीमफेदी गाउँपालिकाले ४० लाख रुपैयाँ विनियोजन गरेको छ । माघे...
विश्वासको मत लिँदै मुख्यमन्त्री जम्मकट्टेल
हेटौंडा– बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको छ ।प्रदेशसभाको आज अपराह्न बस्ने बैठकको सो कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री जम्मकट्टेलले गत पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । आज बस्ने प्रदेशसभा बैठकमा प्रदेशसभा नियमावली, २०७४ अनुसार विश्वासको...
मकवानपुरबाट पाँच पटकमा चुनाव जितेका दिपक सिंह ऊर्जा राज्यमन्त्री
हेटौंडा– मकवानपुरमा लगातार चार पटकसम्म निर्वाचन हारेका राप्रपाका दिपकबहादुर सिंह पाँचौ पटकको प्रयासमा सांसद बनेसँगै राज्नमन्त्री हुने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दिपक सिंहलाई ऊर्जा राज्यमन्त्री बनाउने भएको छ । राप्रपाबाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने भएका छन् । सिंहले क्याबिनेट मन्त्री बन्ने चाहना...
बिमान दुर्घटनाप्रति मुख्ममन्त्री जम्मकट्टेलद्वारा दुःख व्यक्त
हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको बिमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलायन्सको विमान बिहान ११ः०० बजेको समयमा गण्डकी प्रदेश कास्की जिल्ला पोखरा महानगरपालिका–१५, नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो । दुर्घटना हुँदा बिमान चालक दलका...
सिस्नेरीमा १ सय १६ जनाको स्वास्थ्य जाँच
हेटौंडा– इन्द्रसरोवर गाउँपालिकाको ३ नम्बर वडास्थित, सिस्नेरीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । गाउँपालिका कार्यालयको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा न्यानो कपडा वितरण पनि गरिएको छ । कार्यक्रममा १ सय १६ जनाले स्वास्थ्य परीक्षण गराएको गाउँपालिकाले जनाएको छ । परीक्षण गरिएकाहरु मध्ये १ सय १५ जनालाई निःशुल्क औषधि...
मकवानपुरगढीका विद्यार्थीलाई दिवा खाजामा रैथानेबालीको परिकार
हेटौंडा– मकवानपुरगढीका विद्यालयहरुमा विद्यार्थीको सहभागितालाई बढावा दिन भूमिका खेलेको दिवा खाजा कार्यक्रममा स्थानीय रैथाने बालीको परिकार अनिवार्य गरिएको छ । मकवानपुरगढी गाउँपालिकाले विद्यालय दिवा खाजा कार्यक्रममा रैथानेबालीको परिकार समावेश गर्ने निर्णय गरेको छ । कार्यपालिकाको बैठकले मकवानपुरगढी गाउँपालिकाभित्र रहेका विद्यालयहरुमा प्रत्येक हप्ता बिहीवारका दिन विद्यार्थीहरुलाई स्थानीय एवम् रैथानेबालीका परिकार...
यति एयरलाइन्सको दुर्घटनामा ६४ जनाको मृत्यु पुष्टि
हेटौंडा– आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको शव फेला परेका छ। ‘३० वटा शव निकालेर अस्पताल पुर्याइसकेका छौं। ३४ वटा शव खोंचमा भेटिएका छन्। निकाल्न प्रयास गरिरहेका छौं,’ केसीले भने,...
विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा
काठमाडौं– पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले एक दिन शोक मनाउने निर्णय गरेको जानकारी दिए । आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबारे मन्त्री पौडेलले भने, ‘घटनाका प्रति गहिरो दुःख व्यक्त...
थाहाको वित्तिय प्रगति कमजोर, आर्थिक विकासमा २ दशमलव ७ प्रतिशत हासिल
हेटौंडा– जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको वित्तिय प्रगति कमजोर देखिएको छ । विगतका वर्षमा बेरुजी फर्छयौटमा देशमै उत्कृष्ट बनिरहेको थाहा नगरपालिकाको पुस मसान्तसम्म वित्तिय प्रगति अपेक्षा गरेअनुसारको नरहेको पाइएको हो । नगरपालिकाले चालु आर्थिक वर्षको २० पुससम्म जम्मा २३ दशमलव ८८ प्रतिशत मात्र वित्तिय प्रगति हासिल गरेको छ ।...