स्थानीय

कति वटा बन्ला बागमतीमा मन्त्रालय ?

हेटौंडा– बागमती प्रदेशमा मन्त्रालयको संख्या निर्धारण गर्न बनेको अध्ययन कार्यदलले आज सोमबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई प्रतिवेदन बुझाउँदैछ । गत पुस २६ गते गठित कार्यदलले प्रदेशमा रहेका मन्त्रालयहरुको अध्ययनपश्चात् मन्त्रालय संख्या निर्धारण गर्दै मुख्यमन्त्री जम्मकट्टेललाई सुझावसहितको प्रतिवेदन बुझाउन लागेको हो । मुख्यमन्त्री जम्मकट्टेलले शपथ ग्रहणलगत्तै पहिलो निर्णय गर्दै मन्त्रालयको संख्या...

निरन्तर अष्ट्रेलिया भासिँदै मकवानपुरे फुटबलर

हेटौंडा– फुटबल खेलेर मकवानपुरलाई यसअघि देशभर चिनाउन भूमिका खेल्दै आएका महत्वपूर्ण खेलाडीहरु यतिबेला स्वदेशमा छैनन् । मकवानपुरमा जन्मिएर, हेटौंडाका खेलमैदानमा सिकेर राष्ट्रिय टोली र राष्ट्रिय लिग खेलिसकेका अञ्जन विष्ट, रञ्जन विष्ट, अमिर श्रेष्ठ, सुनिल बल, एलन न्यौपाने, रोहित कार्की, रवि थिङ र सुशान्त लामाले मकवानपुरलाई खेलकुदबाट पहिचान दिलाएका थिए...

विकट राक्सिराङका ८१ प्रतिशत सुत्केरी ‘घरमै असुरक्षित’

हेटौंडा– मकवानपुरको चैनपुरमा अधिकांश गर्भवती घरमै सुत्केरी हुने गरेका छन् । सुत्केरी व्यथा लागे पनि गाउँका चेपाङ झाँक्री ल्याएर ढ्यांग्रो ठोक्दै झारफुक गर्ने गरिएको छ । राक्सिराङ गाउँपालिका–५ ताङराङकी २६ वर्षीया शर्मिला चेपाङलाई व्यथाले च्यापे पनि स्वास्थ्य संस्था लगिएन । धामीझाँक्री लगाएर घरमै बच्चा जन्माइन् । यो उनको चौथो सन्तान हो । उनले गर्भ...

निर्बाध संसद्‍मा पुगे हत्या आरोपी फरार सांसद कोइरी

काठमाडौँ– सुरक्षाकर्मीको हत्या आरोपमा फरार रहेका सांसद लक्ष्मी महतो कोइरी निर्बाध संसद् आउजाउ गर्दा पनि पक्राउ परेका छैनन् । प्रहरीको फरार सूचीमा रहेकै बेला महोत्तरी–१ बाट निर्वाचित कोइरीले पुस ७ मा प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए । उनले पुस २६ मा संघीय संसद्‍मा गएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत...

सभामुख बन्न लागेका घिमिरेको त्यो भोट…, जसले एमाले फुटायो

काठमाडौं– नेकपा एमालेले ४ असोज ०५३ मा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । महासचिव माधवकुमार नेपालले बोलाएको उक्त बैठकको एकमात्र एजेन्डा थियो—महाकाली सन्धि अनुमोदनका लागि मतदान गर्ने । त्यतिबेलाको एमालेको ३५ सदस्यीय केन्द्रीय कमिटीमा महाकाली सन्धिको पक्ष र विपक्षमा ठूलो विवाद थियो । महाकाली सन्धिको पक्षमा महासचिव नेपालसहित नेता...

बागमतीमा मन्त्रालय संख्या टुंगिएपछि सरकार विस्तार

हेटौंडा– बागमती प्रदेशमा सरकार विस्तारको समय धकेलिने देखिएको छ । प्रदेशसभाबाट मंगलबार विश्वासको मत पाएका मुख्यमन्त्री शालिकराम जम्मकट्टेले केही दिनपछि मात्रै सरकार विस्तार गर्ने उनी निकट स्रोतले जानकारी दिएको छ । मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका थिए । उनले मंगलबार भएको प्रदेशसभा बैठकबाट विश्वासको...

पर्यटन प्रवद्र्धनमा जुट्दै स्थानीय सरकार, चितवनमा थाहाको फोटो प्रदर्शनी

हेटौंडा– थाहा नगरको पर्यटन प्रबर्द्धनका लागि चितवनको खैरहनीमा थाहा नगर आसपासको फोटो प्रदर्शनी गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश तथा खैरहनी उद्योग वाणिज्य संघको आयोजनामा चितवनको लदरी खोला किनारमा २०७९ माघ ४ देखि १५ सम्म चल्ने बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सवमा थाहाको फोटो प्रदर्शनीका...

बागमतीमा ९६ प्रहरीमाथि विभागीय कारबाही

हेटौंडा– बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशका १० जिल्लामा कार्यरत ९काठमाडौं उपत्यकाबाहेक० ९६ जना प्रहरी कर्मचारीलाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०७९र०८० को ६ महिना अवधिभित्र प्रदेश प्रहरी कार्यालय मातहतमा कार्यरत ९६ जना प्रहरी कर्मचारीलाई आचरणविपरीत कार्य गरेको भन्दै विभागीय कारबाही गरिएको जनाइएको छ । प्रहरीको वार्षिक...

बागमती प्रदेशसभाको बैठक अनिश्चितकालको लागि स्थगित

हेटौंडा– बागमती प्रदेशसभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । मंगलबार प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएपछि प्रदेशसभा बैठक अनिश्चिकालको लागि स्थगित भएको हो । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले मंगलबार प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेको घोषणा गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको...

थाहा गोल्डकपको फाइनलमा माउन्टेन एफसी र पारिजात भिड्ने

हेटौंडा– जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा जारी चौथो थाहा गोल्डकपको फाइनलमा माउन्टेन एफसी र पारिजात स्मृति पुस्तकालय भिड्ने भएका छन् । इन्द्रायणी खेल मैदानमा भइरहेको गोल्डकपको सेमिफाइनलमा जित निकालेसँगै उपाधिका लागि माउन्टेन र पारिजात आमनेसामने हुने पक्का भएको हो । मंगलबार भएको सेमिफाइनल खेलमा माउन्टेन एफसीले तारुका एफसीलाई ५–०...