स्थानीय

फुटबल एकेडेमी सञ्चालन गर्दै उपमहानगर

हेटौंडा– हेटौंडा उपमहानगरपालिकालाई फुटबल एकेडेमी सञ्चालन गर्ने बाटो खुलेको छ । कार्यपालिका बैठकले फुटवल एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन कार्यविधी–२०७९ स्वीकृत गरेसँगै उपमहानगरपालिकालाई फुटबल एकेडेमी सञ्चालन गर्ने बाटो खुलेको हो । फुटबलका खेलाडी उत्पादनको लक्ष्य सहित एकेडेमी सञ्चालन गर्ने तयारी थालेको छ । फुटबलका लागि उर्वर भूमिको रुपमा रहेको...

हेटौंडामा शैक्षिक मेला हुने

हेटौंडा– हेटौंडामा शैक्षिक मेला तथा सांस्कृति कार्यक्रम–२०७९ हुने भएको छ । हेटौंडा–४ वडा कार्यालयको आयोजनामा शैक्षिक मेला तथा सांस्कृति कार्यक्रम–२०७९ हुने भएको हो । सामुदायिक तथा संस्थागत विद्यालयवीच प्रतिस्पर्धा, शैक्षिक अध्ययन तथा गुणस्तर सुधार एवम् विद्यार्थीको सिर्जनशील प्रतिभाको उजागर गर्ने उद्देश्यले शैक्षिक मेला हुन लागेको वडा कार्यालयले जनाएको छ...

बागमतीको राजश्व संकलन २९ प्रतिशतले घट्यो

हेटौंडा– बागमती प्रदेश सरकारको राजश्व संकलन २९ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्ष २०७९-८० को ६ महिनामा सरकारको राजश्व संकलन २९ प्रतिशतले घटेको हो । गत आवको तुलनामा चालू आवमा सरकारको राजश्व संकलन २९ प्रतिशतले घटेको प्रदेश लेखा नियन्त्रक कार्यालय जनाएको छ ।कार्यालयको अनुसार सरकारले ६ महिनाको अवधिमा...

मकवानपुरमा बढ्दै किशोरी आमा

हेटौंडा– कानून अनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन । तर मकवानपुर जिल्लामा भने उमेर नपुग्दै विवाह गर्ने मात्र होइन सानै उमेरमा आमा बन्ने र गर्भपतन गर्न बाध्य हुने किशोरीको संख्या उल्लेख्य रहेको पाइएको छ । मकवानपुरमा २० वर्ष नपुगी आमा बन्नेको संख्या बढ्दै गइरहेको हेटौंडा अस्पतालको तथ्यांकले देखाएको...

बकैयामा २२ माघदेखि फुटबल प्रतियोगिता हुँदै

हेटौंडा– बकैया गाँउपालिकामा चौथो बकैया कप (पुरुष) नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । बकैया गाँउपालिका खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङले यही माघ २२ गतेदेखि २८ गतेसम्म प्रतियोगिता हुने बताए । अध्यक्ष थिङका अनुसार प्रतियोगितामा बकैया गाउँपालिकाभित्र रहेका १२ वटा वडाहरु सभागिता रहनेछ । प्रतियोगिता बकैया गाउँपालिका...

हेटौँडा उपमहानगरपालिकाले करारका ७१ जना कर्मचारी हटायो

हेटौँडा– उपमहानगरपालिकाले करारमा कार्यरत ७१ जना कर्मचारीलाई हटाएको छ । ७१ जना कर्मचारीहरूको पुस मसान्तसम्मको म्याद नथप्ने निर्णय भएसँगै उनीहरुको जागिर गएको हो । उपमहानगरपालिकामा चौथो तह, पाँचौ तह र छैटो तहसम्मका ७१ जना कर्मचारी करारमा कार्यरत थिए । उपमहानगरपालिकाको कार्यपालिका बैठकबाट करारमा कार्यरत कर्मचारीहरूको म्याद नथप्ने निर्णय भएको...

हेटाैंडामा दाङका व्यवसायीलाई स्वागत

हेटौंडा- दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरुलाई मंगलबार हेटौंडामा स्वागत गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघले महोत्सव परिसरमा स्वागत गरेको हो । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकीको नेतृत्वमा आउनुभएको टोलीलाई मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले हेटौंडामा स्वागत गर्नुभएको हो । औद्योगिक...

प्रकाश सपूत र अस्मिताले तताए हेटौंडा महोत्सव

हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा चर्चित गायक प्रकाश सपुतले धमकेदार आफ्नो सांगीतिक प्रस्तुती दिएका छन् । गलबन्दी च्यातियो‘, पीर दियो‘, कुरा बुझ्नु पर्छ‘लगायतका आफ्ना गीत प्रस्तुत गरेका थिए । चौरमा धुलो उडाउदैं गायक सपुत दर्शकहरु नाच्दै आउँदै गरेका थिए । स्वदेशी...

बागमतीका निवर्तमान मुख्यमन्त्रीसहित १८ मन्त्रीहरुले गुपचुप राखे सम्पत्ति विवरण

हेटौंडा– बागमती प्रदेशका निवर्तमान र वर्तमान मुख्यमन्त्रीसहित अघिल्लो कार्यकालका १८ मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण गुपचुप राखेको पाइएको छ । सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नैतिक दायित्वबाट मन्त्रीहरू नै पन्छिएका छन् । नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारका मन्त्रीहरूले उपलब्ध गराएको सम्पत्ति विवरण नै सार्वजनिक नगरेको खुलेको छ...

रवि लामिछानेले पुनः नागरिकता लिएर उपनिर्वाचन लड्न पाउने

काठमाडौं– निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पुन नागरिकता लिएर उपनिर्वाचन लड्न पाउने भएका छन् । पुनः जारी नगरेर पुरानै नागरिकता अनुसार प्रतिनिधि सभाको निर्वाचन लडेका लामिछानेको नागरिकता अवैध भएको सर्वोच्च अदालतले फैसला गरेपछि उनको मन्त्री र सांसद पद एकै पटक गएको छ । सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका...