स्थानीय
बकैयामा कृषक भ्रमणको बस दुर्घटना, ३ जना गम्भीर घाइते
हेटौंडा । पूर्वीमकवानपुरको बकैया गाउँपालिकामा बा प्र ०६–००१ ख ०२७० नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ । अगुवा कृषक भ्रमणबाट सिन्धुली हुँदै हेटौंडा आउने क्रममा बस सडकको मोडमा पल्टिएर दुर्घटना भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । भीमफेदी गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाको आयोजनामा अगुवा कृषकहरु भ्रमणमा गएर...
हेटौंडामा निःशुल्क बारिष्ता तालिम सुरु
हेटौंडा– सामाजिक विकास कार्यालय, हेटौंडाको आर्थिक सहयोग र हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रको आयोजनामा ३२ दिने निःशुल्क बारिष्ता (कफी बनाउने) तालिम सुरु भएको छ । हेटौंडामा बुधवार एक भव्य कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देलले तालिमको औपचारिक उद्घाटन गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष सिग्देलले...
चप्पल लिन जाँदा भाइ खोलामा डुबे, उद्धार गर्न खोज्दा दिदी बेपत्ता
नवलपुर (नवलपरासी) । नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोट–१ स्थित ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर आज साँझ दिदीभाइ बेपत्ता भएका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सानुकाजी विष्टले गैँडाकोट–१ का विष्णु सेर्पुञ्जाकी छोरी १३ वर्षीया...
बागमतीको विशेषाधिकार समितिबारे कोशी प्रदेशको चासो
हेटौंडा– बागमती प्रदेशसभाको शिक्षा, स्वास्थ्य तथा कृषि समिति र कोशी प्रदेशसभाको सामाजिक विकास समितिबीच अन्तरप्रदेश अनुभव आदानप्रदान भएको छ । सोमबार प्रदेशसभा सचिवालयमा अनुभव आदानप्रदान कार्यक्रम भएको हो । कार्यक्रममा कोशीका सामाजिक विकास समिति सदस्यहरुले बागमती प्रदेशसभा अन्र्तगत रहेका विशेषाधिकार समितिको औचित्यबारे जिज्ञासा राखेका थिए । कोशीका प्रदेशसभा सदस्य...
टाइब्रेकरमा भाग्यशाली २ नम्बर वडाले जित्यो मदन–आश्रित फुटबलको उपाधि
हेटौंडा । राष्ट्रिय युवा संघ नेपाल बागमती गाउँपालिका कमिटीको आयोजनामा भएको वडास्तरीय मदन–आश्रित फुटबल प्रतियोगिताको उपाधि गाउँपालिकाको २ नम्बर वडाले जितेको छ । जनता मावि फापरबारीको खेलमैदानमा भएको सोमबार भएको फाइनल खेलमा बागमती–२ नम्बर वडाले ६ नम्बर वडालाई पेनाल्टी सुटआउट (टाइब्रेकर)मा पराजित गरेको हो । दुवै टिमले निर्धारित समयमा...
एक सय गृहिणी महिलालाई स्वरोजगार बनाउँदै मकवानपुरगढी
हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले एक सय गृहिणी महिलालाई स्वरोजगार बनाउँन सीपमूलक तालिम दिने भएको छ । पालिकाकाले एक सुचना जारी गर्दै चार वटा शिर्षकमा एक सय गृहिणी महिलालाई तालिमका लागि आवेदन आवाह्न गरेको हो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक बर्ष २०८१/०८२ को स्वीकृत गृहिणी महिला सशक्तिकरण...
मकवानपुरगढीले राजश्व बाँडफाँडबाट ९ करोड पाउने, समानिकरणमा २५ लाख बढ्यो
हेटौंडा । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि राजस्व बाँडफाँट माध्यमबाट ९ करोड रुपैयाँ भन्दा बढी रकम पाउने भएको छ । राजस्व बाँडफाँट माध्यमबाट प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने बजेट संघीय सरकारको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएसँगै मकवानपुरगढीले ९ करोड ३८ लाख रुपैयाँ पाउन भएको राष्ट्रिय प्राकृतिक...
आदिवासी आयोगले बागमतीका प्रदेश प्रमुखलाई बुझायो प्रतिवेदन
हेटौंडा । आदिवासी जनजाति आयोगले बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई वार्षिक प्रतिवेदन बुझाएको छ । ४ वर्षमा सरकारले आदिवासी जनजाति आयोगले गरेका कामकारबाहीसहितको गतिविधि समेटिएको प्रतिवेदन आयोगका सदस्य सूर्यबहादुर गुरुङले प्रदेश प्रमुख देवकोटालाई बुझाएका हुन् । वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख देवकोटाले प्रतिवेदन अध्ययन गरेर बागमती प्रदेशका मुख्यमन्त्री बहादुर...
देशको अवस्थाले एमाले–कांग्रेस एक ठाउँमा उभिनपरेको होः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था संक्रमणकालीन र जटिल बन्न थालेपछि मुख्य प्रतिस्पर्धामा उत्रनुपर्ने दुई ठूला दल (नेकपा एमाले र नेपाली कांग्रेस) एक ठाउँमा उभिनपरेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित हिमालयन डाइलगलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कांग्रेस र एमाले एक हुनु राष्ट्रिय एकतातर्फको सबैभन्दा ठूलो...
फाष्ट ट्रयाकको भौतिक प्रगति अझै ४० प्रतिशत भन्दा मुनि
काठमाडौं । काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) सडक आयोजना सम्पन्न गर्नुपर्ने गरी तोकिएको मिति नजिकिँदै जाँदा प्रगतिले भने गति लिन सकेको छैन । आयोजनाका अनुसार फागुन मसान्तसम्म आयोजनाको भौतिक प्रगति ३८ दशमलव ८० प्रतिशतमात्र छ । वित्तीय प्रगति ४० दशमलव २४ प्रतिशत छ । चालु आर्थिक वर्ष २०८१/८२ मा आयोजनाका...