स्थानीय

७० अंक ल्याए लाइसेन्स पाउने व्यवस्था खारेज गर्न माग

हेटौंडा– बागमती प्रदेशका निर्वमान मुख्यमन्त्री तथा संघीय सांसद राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशमा मंगलबारबाट लागू भएको ७० अंक ल्याए लाइसेन्स पाउने व्यवस्था खारेज गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै पाण्डेले मंगलबारबाट लागू भएको ७० अंक ल्याए लाइसेन्स पाउने व्यवस्था खारेज गर्न माग गरेका हुन् । उनले मोटरसाइकल,...

मकवानपुर गोल्डकपः क्यामरुनी टोली अन्तिम चारमा

हेटौंडा– हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपमा क्यामरुनी टोली एभिनियर एफसी अन्तिम चारमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा बुधवार भएको खेलमा एभिनियर एफसीले पर्साको बीरगञ्ज युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो । समूह चरणको खेलमा बीरगञ्ज युनाइटेडले काठमाडौंको चर्चित क्लब एनआरटीलाई...

भारतबाट मकवानपुरकी २३ वर्षीया युवतीको उद्दार

हेटौंडा– भारतको आसामस्थित एक वेश्यालयबाट माइती नेपालले २३ वर्षीय युवतीलाई उद्धार गरेर हेटौंडा ल्याएको छ । २०७४ सालमा काभ्रेका मिलन तामाङले मकवानपुरकी एक युवतीलाई जागिर खुवाउँछु भनेर भारतको दिल्ली लगेर आसामको वेश्यालयमा बिक्री गरेको अनुसन्धानबाट खुलेको छ । ती युवतीलाई माइती नेपाल दिल्लीका सुपरभाइजर सन्तोष सेढाई, माइती नेपाल मकवानपुरकी...

मकवानपुरका खेतबारीमा देखिन छोडे हलो र गोरु

हेटौंडा– बढ्दो कृषि यान्त्रिकरणको प्रयोगले परम्परागत जुवा हलो नारेको गोरु खेतबारीमा देखिन छोडेका छन् । मकवानपुरमा आधुनिक कृषि उपकरण र प्रविधिको प्रयोग बढेसँगै हलो र गोरु लोप हुन थालेका हुन् । जिल्लाका किसानहरुले खेतबारी जोत्न छिटा छरितोे, सजिलो र भरपर्दो यन्त्र हाते ट्याक्टरको प्रयोग गर्न थालेसँगै हलो र गोरु...

मकवानपुरमा खटिए पाँच जना ‘मिसन ग्रासरुट’ कमाण्डर

हेटौंडा– नेकपा एमालेले दुई महिनासम्म सञ्चालन गर्ने भएको पार्टी सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत्को ‘मिसन ग्रासरुट’का लागि मकवानपुरमा पाँच जना खटिएका छन् । जिल्लामा खटिएका पाँचै जना बाहिरी जिल्लाका हुन् । मकवानपुरका एमाले नेता रामेश्वर राना भने धादिङ पुगेका छन् । ५ फागुनदेखि सुरु हुने ‘मिसन ग्रासरुट’ मकवानपुरको १० वटै...

मन्त्री श्रेष्ठको निरन्तर लागावको फलः अब ७० अंक भए सवारीको ट्रायल पास

मकवानपुर– बागमतीका श्रम, रोजगार तथा यातायात मन्त्री एकालला श्रेष्ठले निरन्तर प्रयास गरेर मंगलबारदेखि ७० अंक भए सवारीको ट्रायल पास हुने मापदण्डको सुरुवात भएको छ । मन्त्री बनेको छोटो समयमै श्रेष्ठको मिहेनतले लागू भएको नयाँ मापदण्डका कारण सवारी चालक अनुमति पत्र लिनको लागि लिइने प्रयोगात्मक परिक्षामा अनुतिर्ण भएर हैरान भएकाहरुर्ले...

मकवानपुर गोल्डकपः हिमालयन शेर्पासँग बागमती निरीह

हेटौंडा– हेटौंडामा जारी स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत् मंगलबार भएको खेलमा हिमालयन शेर्पा विजयी भएको छ । हेटौंडा–५, स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा हिमालयनशेर्पाले सर्लाहीको बागमती युवा क्लबलाई २–१ गोलले पराजित गरेको हो । जितसँगै हिमालयन शेर्पा क्वाटरफाइनल प्रवेश गरेको छ । हिमालयन शेर्पाको जितमा...

राक्सिराङमा हाटबजारमा चिउरीको महदेखि गिट्ठाको चिप्ससम्म

हेटौंडा– स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको राक्सिराङ गाउँपालिकामा हाटबजार सुरु भएको छ । राक्सिराङ–५, स्थित चैनपुरमा गाउँपालिकाले निर्माण गरेको स्टलहरुमा हाट बजार सञ्चालन सुरु गरिएको हो । सोमबार बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले राक्सिराङ हाट बजारको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा विभिन्न...

कोइला अभावले हेटौंडा सिमेन्टको उत्पादन बन्द

हेटौंडा– कोइला अभाव हुँदा सरकारी स्वामित्वको हेटौंडा सिमेन्टको उत्पादन रोकिएको छ । आर्थिक अभावले ग्रस्त बनेको हेटौंडा सिमेन्ट उद्योग यसअघि पनि पटक पटक बन्द हुँदै आएको थियो । उद्योग सञ्चालनको लागि कोइला अभाव भएपछि पुनः उद्योगको सिमेन्ट उत्पादन रोकिएको हो । विगत ४ वर्षदेखी निरन्तर घाटा व्यहोरिरहेको उद्योगले कोइला...

न्यूरेनीबासीलाई १० हजार लिटरसम्म निःशुल्क खानेपानी

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले नगरबासीँलाई १० हजार लिटरसम्मको खानेपानी निशुल्क उपलब्ध गराउने घोषणाको कार्यान्वयन सुरु भएको छ । हेटौंडा–१० न्यूरेनीका १ सय ६० परिवारलाई १० हजार लिटरसम्म निशुल्क खानेपानी उपलब्ध गराउन सुरु गरिएको छ । १२ बर्ष देखि खानेपानी उपभोक्ता समिति मार्फट खानेपानीको प्रयोग गर्दै आएका स्थानियले खानेपानी व्यवस्थापन बोर्डलाई...