स्थानीय
सरकार विस्तारको सकसमा बागमतीका मुख्यमन्त्री
हेटौंडा– बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्न केन्द्रीय गठबन्धनको भागबण्डा टुंगिनुपर्ने भएको छ । सत्ता गठबन्धनमा प्रदेशदेखि मन्त्रालयसम्मको भागबण्डाका लागि माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जसपा, लोसपालगायतका दलहरु निरन्तर छलफल र भेटघाटमा छन् । केन्द्रमा भागबण्डा टुंगिएपछि मात्रै बागमती प्रदेशमा पनि मन्त्रिपरिषद् विस्तार हुने गठबन्धनको प्रमुख दल नेपाली...
मयुरधाप औद्योगिक क्षेत्र शिलान्यासको दुई वर्षसम्म शून्य प्रगति
हेटौंडा– औद्योगिक क्षेत्र निर्माणको निर्णय भएको करिब पाँच वर्षपछि शिलान्यास गरिएको हेटौंडास्थित मयुरधाप औद्योगिक क्षेत्र अन्यौलमा छ । शिलान्यास गरेकै दुईवर्ष बितिसक्दा पनि काम अगाडि बढ्ने छाँटकाट देखिँदैन । २०७२ सालमा तत्कालीन मन्त्रिपरिषद्बाट निर्णय भएको औद्योगिक क्षेत्रको कुल लागत अनुमान मात्रै गरेको सरकारले शिलान्यासको दुई वर्षसम्म कुनै काम नगरेको...
डेंगु नियन्त्रण गर्न उपमहानगरले थाल्यो ‘स्प्रे अभियान’
हेटौंडा– लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको संक्रमणबाट नगरबासीलाई सुरक्षा दिन हेटौंडा उपमहानगरपालिकाले स्प्रे अभियान थालेको छ । गर्मी बढ्न सुरु भएसँगै लामखुट्टे आउने भएकाले उपमहानगरपालिकाले पहिल्यै डेंगु नियन्त्रण गर्ने योजना अघि सारेको हो । यसवर्षकै गर्मी समयमा डेंगुले हेटौंडा त्रासमय बनेको थियो । डेंगु संक्रमणकै कारण एक जनाको मृत्युसमेत...
प्रतिनिधिसभामा सचेतक बन्ने मकवानपुरको पहिलो सांसद् महेश बर्तौला
हेटौंडा– मकवानपुरका प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौला नेकपा एमालेको सचेतक मनोनित भएका छन् ।नेकपा एमाले संसदीय दलको निर्णयले आइतबार प्रतिनिधि सभाका लागि पार्टीको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा बर्तौलालाई चयन गरेको हो । देशको कानुन निर्माण गर्ने थलो प्रतिनिधिसभामा ठूलो पार्टीको सचेतकमा जिम्मेवारी पाउने बर्तौला मकवानपुरका पहिलो सांसद् हुन्...
सुनिल मोक्तान लोकतान्त्रिक तामाङ संघको उपमहासचिव चयन
हेटौंडा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट लोकतान्त्रिक तामाङ संघ नेपालको केन्द्रीय उपमहासचिवमा मकवानपुरका चर्चित युवा नेता सुनिल मोक्तान चयन भएका छन् । संघको काठमाडौंमा शनिवार भएको दोस्रो राष्ट्रिय सम्मेलनले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्षसमेत रहेका मोक्तानलाई उपमहासचिवमा सर्वसम्मत चयन गरेको हो । मोक्तान एमाले मकवानपुर जिल्ला...
लालझाडी र केनाम टोलमा कंक्रिट सडक शिलान्यास
हेटौंडा– कंक्रिट ढलान सडक निर्माणमा जुटेको हेटौंडा उपमहानगरपालिकाको दुई स्थानमा स्ल्याव ढलान (कंक्रिट) सडकको शिलान्यास गरिएको छ । चालु आर्थिक बर्ष २०७९–०८० मा बजेट पुस्तिकमामा समेटिएको योजना अनुसार हेटौंडा–१ लालझाडीको बाराही, धाप र भट्टे टोल जाने तथा हेटौंडा–१२, स्थित केनाम टोल जाने सडक बिहीवार हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी...
अखिल किसान महासंघमा पुनः दंगाल
हेटौंडा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल किसान महासंघ मकवानपुरको पाँचौ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः विष्णु दाहाल चयन भएका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभाका सदस्य भारती पाठकको प्रमुख आतिथ्यता तथा महासंघ मकवानपुरका अध्यक्ष बिष्णु दंगालको अध्यक्षतामा कार्यक्रम भएको थियो । अधिवेशले विष्णु दंगालको अध्यक्षतामा...
बकैयामा हात्तिको आक्रमणबाट एक वृद्धाको मृत्यु
हेटौंडा– मकवानपुरको बकैयामा हात्तिको आक्रमणबाट एक जना वृद्धाको मृत्यु भएको छ । मकवानपुरमा जंगली हात्ती आतंकले उग्र रुप लिदै जाँदा स्थानीयहरु त्रसित भएका छन् । बकैया गाउँपालिका वडा नम्बर–५ पावस निवासी ५० वर्षका जनकलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार गएराति...
किसानको समस्या सुन्न पैसा नलाग्ने टोल फ्रि नम्बर
हेटौंडा– बागमती प्रदेश सरकारले किसानको गुनासो सुन्नको लागि पैसा नलाग्ने टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानसहित मन्त्रालयसँग सरोकार राख्नेहरुको समस्या सुन्नको लागि बुधबारबाट निःशुल्क सेवाको रुपमा ‘टोल फ्रि नम्बर’ सञ्चालनमा ल्याएको हो । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री...
हेटौंडामा मोटरसाइकल किन्दा दोङले जिते एक लाख रुपैयाँ
हेटौंडा– मकवानपुरका बुद्विबहादुर दोङले मोटरसाइकल किन्दा एक लाख रुपैयाँ जितेका छन् । बजाजले ल्याएको आठ हजार पक्का र एक लाख जित्ने मौका अफरअन्तर्गत् मोटरसाइकल किन्दा उनले एक लाख रुपैयाँ जितेका हुन् । दोङले एक लाख रुपैयाँ हात पारेका छन् । बजाजले अफर सुरु गरेको पहिलो हप्तामै होराइजन अटो प्रा।लि।...