स्थानीय
मोटरसाइकललाई ठक्कर दिने प्रहरी भ्यानका चालक निलम्बन
हेटौंडा– हेटौंडा उपमहानगरपालिकाको मुख्य बजार राप्तिरोडमा बुधवार साँझ दुईवटा मोटरसाइकललाई ठक्कर दिने प्रहरी भ्यानका चालक निलम्बनमा परेका छन् । प्रहरी भ्यान लापरबाहीसँग चलाउँदा दुर्घटना हुन पुगेको भन्दै चालकलाई निलम्बन गरिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट भीमफेदी कारागारको लागि थुनुवा लिई हिँडेको बागमती प्रदेश ०३–००१...
राक्सिराङमा बोलेरो दुर्घटना, ६ जना घाइते
हेटौंडा– जिल्लाको विकट राक्सिराङ गाउँपालिका–५ चौतारास्थित भित्रि सडक खण्डमा बोलेरो जिप दुर्घटना भएको छ । बिहीवार चैनपुरबाट राक्सिराङको बंकिङ चौतारातर्फ जाँदै गरेको ना ४ च ४२७३ नम्बरको यात्रु र सामान बोकेको बोलेरो जिप आफैं अनियन्त्रित भई सडकबाट करिब ४०\५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी...
जब ११४ वर्षीया ‘आमा’ भेट्न पुगे अध्यक्ष मल्ल
हेटौंडा– राक्सिराङ–७ छगुङकी बुद्धरानी चेपाङ आँखा, कान राम्ररी देख्न सुन्न सक्दिनन् । उमेरले एक सय १४ वर्ष भइसकेकी उनले आजसम्म न त सहर देखेकी छन् न त मोटर गाडी नै । गाउँमै जन्मिएर जीवनको झण्डै सवा सताब्दी काटिसकेकी बुद्धरानी कटुसले बारिएको हेर्दा शौचालय जस्तै देखिने सानो कटेरोमा जीवन काटिरहेको...
हेटौंडामा ओभरलोड नियन्त्रण गर्न प्रहरीलाई वडाको पत्र
हेटौंडा– पछिल्लो समय ओभरलोड बोकेको टिपरले आतंक मच्चाएको भन्दै वडा कार्यालयले प्रहरी प्रशासन समक्ष पत्राचार गरेको छ । हेटौंडा उपमहानगरपालिका १ नम्बर वडाकार्यालयले ओभरलोड नियन्त्रण माग गर्दै जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र प्रहरीचौकी चौकीटोललाई पत्राचार गरेको हो । वडाबासीको माग बमोजिम ओभरलोड र ओभर स्पीड नियन्त्रण गर्न...
बागमतीका १५ सय ८५ पत्रकारलाई दुर्घटना बीमा
हेटौंडा– बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका पत्रकारलाई सामूहिक दुर्घटना बीमा गरिदिएको छ । कानून र सन्चार मन्त्रालयको समेत कार्यक्षेत्र रहेको मन्त्रालयले बागमती प्रदेशका १३ जिल्लाका १ हजार ५ सय ८५ जना पत्रकारको लागि राष्ट्रिय बीमा कम्पनी लि. मार्फत् प्रतिव्यक्ति ४ लाख रुपैयाँको दुर्घटना बीमा गरिएको...
पूर्वी क्षेत्र फापरबारीमा रामनवमी मेला
हेटौंडा– मकवानपुरको पूर्वी क्षेत्रस्थित बामगती गाउँपालिकामा रामनवमी मेला सुरु भएको छ । बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले मेलाको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फणिन्द्रकुमार तिमल्सिना, वडाअध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवीलगायतको सहभागिता रहेको थियो । चैत १६ गतेसम्म बागमती–८, शान्तिपुर फापरबारीस्थित रामजानकी मन्दिरमा मेला संचालन हुने...
बागमतीमा सरकार विस्तार गर्न कार्यदल गठन
हेटौंडा– गठबन्धनको शिर्ष तहमा सत्ता साझेदार दलहरुबीच मन्त्रीको विषयमा भागबण्डा नमिलेपछि बालुवाटार बैठक निष्कर्षविहीन बन्न पुग्यो । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलको बैठक मन्त्रालय भागबण्डा नमिलेर निष्कर्षहीन बनेको हो । संघीय सरकारमा जस्तै, बागमती प्रदेश सरकार विस्तारमा पनि गठबन्धनको प्रदेश तहमा अलमल छ । संघीय सरकारमा...
मकवानपुरलाई वित्तीय समानीकरणमा १८ करोड कटौती
हेटौंडा– मकवानपुरमा पठाउने गरिएको वित्तीय समानीकरण अनुदानमा आगामी वर्षका लागि १८ करोडभन्दा बढी बजेट कटौती गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८०\०८१ का लागि स्थानीय सरकारलाई पठाउने वित्तीय समानीकरण अनुदानको सिफारिस गरेसँगै मकवानपुरलाई बजेट घटेर आउने भएको हो । चालू आर्थिक वर्ष २०७९\०८०...
मकवानपुर हुँदै चल्ने रेलमार्गको डीपीआर महिना दिनभित्रै
हेटौंडा– वर्तमान सरकारले चासो देखाएपछि मकवानपुरको भूभागबाट चल्ने काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) एक महिनाभित्रै तयार हुने भएको छ । भारतले प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्गको डीपीआर एक महिनाभित्रै तयार हुने जानकारी गराएको सरकारका उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार जानकारी दिए । अध्ययन सकेर एक महिनाभित्रै...
सञ्चो हस्पिटलको ल्याबमा प्रशासनको ताला
हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१, स्थित सञ्चो हस्पिटल प्रालिले गैरकानुनीरुपमा ल्याब सञ्चालन गरेको भन्दै प्रशासनले ताला लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार हस्पिटलमा अनुगमन गर्दै ताला लगाएको हो । अस्पतालले मापदण्डविपरित ल्याब सञ्चालन गरेको प्रशासनले जनाएको छ । हेटौंडा–१, स्थित भाडाको घरमा सञ्चो हस्पिटलले पूर्ण रुपमा मापदण्ड पूरा नगरेको...