स्थानीय
असारे विकासको झल्को दिने प्रदेशको कानुन निर्माण शैली
हेटौंडा– बागमती प्रदेश अर्थतन्त्रमा बलियो र विकासको सूचकांकमा अब्बल भएर पनि प्रदेशबासीले अनुभूति गर्नेगरी सृजनात्मक काम गर्न नसकेको देखिन्छ । वडा तहबाट गर्न सकिने विकास निर्माणका योजनाहरुमा मात्र प्रदेश सरकारको ध्यान गएका कारण चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनामा पुँजीगत खर्च जम्माजम्मी १७ प्रतिशत भएको छ । असारे...
मकवानपुरमा ९ महिनाभित्र ३२ हजार सवारीसाधनमाथि कारबाही
हेटौंडा– मकवानपुरमा चालू आर्थिक वर्ष २०७९/८० को ९ महिनामा कानुन उल्लघंन गरी सञ्चालन गर्ने ३२ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् । सवारीसाधनको कागजपत्र साथमा नबोक्नेदेखि तीव्र गतिमा सवारी चलाउनेसम्मलाई गरेर विभिन्न कसुरमा जरिवाना तिराउँदै कारबाहीको भागिदार बनाइएको हो । चालू आवको साउनदेखि चैत मसान्तसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय...
तस्बिरमाः कुलेखानी–सिस्नेरी सडकको पहिरो पन्छाईँदै
हेटौंडा– काठमाडौं जोड्ने छोटो मार्गअन्तर्गत् कुलेखानी–सिस्नेरी खण्डमा खसेको पहिरो पन्छाउँदै डिभिजन सडक हेटौंडाका कर्मचारी र स्थानीय । विगत केही दिनदेखि परिरहेको वर्षाका कारण सिस्नेरी–कुलेखानी सडक खण्डमा साना पहिरो गएका छन् । पानीमै भिजेर पहिरो पन्छाउने काम भइरहेको स्थानीय रोशन ठकुरीले जानकारी दिएका छन् । पहिरो गएर सडक अवरुद्ध हुँदा...
स्थानीय महिलालाई अल्लोको कपडा बुन्न सिकाइयो
हेटौंडा– जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको गोपाली गाउँका स्थानीय महिलालाई अल्लोको कपडा बुन्न सिकाइएको छ । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत अल्लो धागोको ४५ दिने कपडा बुनाई तथा सिलाई तालिम बिहीवार समापन गरिएको छ । ४५ दिनसम्म गोपाली गाउँका १० जनालाई कपडा बनाउन सिकाइएको हो । १०...
गोगनेमा शिविरमा ३ सय जनाको स्वास्च्य उपचार
हेटौंडा– जिल्लाको विकट कैलाश गाउँपालिका वडा नम्बर ५ स्थित गोगने चौकीटारमा स्वास्थ्य शिविर भएको छ । शिविरमा करिब ३ सय जना स्थानीयले विभिन्न किसिमका स्वास्थ्य परीक्षण गराएका छन् । बुधबार गोगने स्वास्थ्य चौकीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा दन्त रोगसम्बन्धी उपचार, प्रजनन् स्वास्थ्य सेवा, परिवार नियोजन सेवा, अस्थायी परिवार नियोजन...
अतिक्रमित संरचना हटाउँदै फुटपाथ ‘क्लियर’ पार्न थालेपछि सर्वसाधारण हर्षित
हेटौंडा– बजार क्षेत्रको अतिक्रमित संरचना हटाइरहेको र निकट भविष्यमै नगरको मुख्य सडक २५–२५ मिटर भत्किने चर्चाले हेटौंडा उपमहानगरपालिकामा गर्माएको छ । नगरका चोकचौतारी, चिया अड्डामा सडकको दायाँबायाँ २५–२५ विस्तारको चर्चाले प्रवेश पाइरहँदा उपमहानगरपालिका भने डोजर लिएर बजार क्षेत्रका अतिक्रमित संरचना हटाउन लागिपरेको छ । मंगलबारदेखि फुटपाथ ओगटेर पसलका सामान...
‘प्रदेश सरकार पत्रकारितामाथि नियन्त्रण चाहँदैन’
हेटौंडा– बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले पत्रकारितामाथि प्रदेश सरकार नियन्त्रणको दृष्टिकोणबाट कहिल्यै अघि नबढ्ने बताएका छन् । मन्त्रालयको आयोजनामा विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा बुधबार भएको अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रदेश सरकारले पत्रकारितालाई स्वनियमनमा लैजान प्रोत्साहित गर्न चाहेको र नियन्त्रण गर्न नखोजेको बताएका हुन्...
सिंहदरबारमा प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको भेट
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच सिंहदरबारमा भेटमा संवैधानिक परिषदको बैठक, समसामयिक राजनीति लगायतका विषयमा कुराकानी भएको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए । उनका अनुसार भेटमा एमाले अध्यक्ष ओलीले सरकारले स्थानीय तहको बजेट कटौती गरेकामा...
हेटौंडा बसर्पाकबाट ४ बालश्रमिकको उद्दार
हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१० नम्बर वडास्थित बसर्पाक क्षेत्रबाट बालश्रममा प्रयोग भइरहेका ४ जना बालबालिकाको उद्दार गरिएको छ ।बालमैत्री घोषणाको तयारीमा रहेको उपमहानगरले बुधवार बसर्पाकका होटलबाट कानुनविपरित श्रममा लागिरहेका बालबालिकाहरुको उद्दार गरेको हो । उपमहानगरको महिला तथा बालबालिका विकास महाशाखाले नगर क्षेत्रमा रहेका बालश्रमिकहरुको प्रारम्भिक तथ्यांक संकलन गरेपछि बुधवारबाट उद्दार तथा...
लटारम्मेश्वर पुग्न छोटो मार्ग बनाउँदै भीमफेदी
हेटौंडा– मकवानपुरमा पछिल्लो समय निकै चर्चित पर्यटकीय स्थलका रुपमा चिनिएको लटारम्मेश्वर पुग्ने छोटो मार्ग बनाउन भीमफेदी गाउँपालिका लागेको छ । भीमफेदी गाउँपालिकाले दुई करोड भन्दा बढी लगानी गरेर ८ नम्बर वडास्थित लटारम्मेश्वर महादेव मन्दिर पुग्ने सडक र पदमार्ग निर्माण गरिरहेको छ । लटारम्मेश्वर बकैया गाउँपालिका र भीमफेदी गाउँपालिकाको सीमानामा...