स्थानीय

मदन भण्डारी लोकमार्गको हेटौंडा–सिन्धुली खण्ड पूरा हुने चरणमा

हेटौंडा– २०६४ मा तराई–मधेश आन्दोलनले महत्व दर्साएको धरान–चतरा–सिन्धुली–हेटौंडा सडक खण्ड निर्माणको अन्तिम चरणमा पुगेको छ । धरान–चतरा–सिन्धुली–हेटौंडा सडक आयोजनाले निर्माण गरेको मदन भण्डारी राजमार्ग नामकरण गरिएको यो सडक सुनसरीदेखि मकवानपुरसम्मको भित्री मधेशको लाइफलाइन बनेको छ । २०६४–६५ मा आयोजना कार्यालय काठमाडौंमा स्थापना गरी निर्माण सुरु भएको हेटौंडा–सिन्धुली–चतरा–धरान सडकले आव...

उपमहानगरका ५६ घरधुरीलाई लालपुर्जा

हेटौंडा– हेटौंडा उपमहानगरपालिकामा बसोबास गर्दै आएका ५६ घरधुरीलाई जग्गाधनी पुर्जा ९लालपुर्जा० वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ वनस्पतिमा ५६ घरधुरी सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको हो । २०५२ सालमा साबिकको पदमपोखरी र हालको हेटौंडा उपमहानगरपालिका–१३ वनस्पतिमा ताइवानी सरकारको चुची फाउण्डेशनको सहयोगमा बाढीपीडितका लागि...

उद्यमशीलता प्रदर्शनी र नृत्य प्रतियोगिता गरिँदै

हेटौंडा– हेटौंडामा बृहत उद्यमशीलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुने भएको छ । हेटौंडा–४ नम्वर वडा कार्यालयको आयोजना तथा टोल विकास संस्था नगर समन्वय समितिको व्यवस्थापनमा वृहत उद्यमशीलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुन लागेको हो । बृहत उद्यमशीलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता आगामी ५ जेठमा आयोजना गरिने सोमबार पत्रकार सम्मेलन...

थाहाका कृषकलाई प्लास्टिक टनेल सहयोग

  हेटौंडा– कृषि प्रधान पालिकाको रुपमा परिचित जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको कृषकलाई प्लास्टिक टनेल सहयोग गरिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये थाहा नगरपालिकामा सबैभन्दा बढी कृषिउपज उत्पादन गरिन्छ । थाहाको बेमौसमी तरकारी काठमाडौंमा बढी निर्यात हुँदै आएको छ । थाहामा व्यावसायिक तथा आधुनिक खेती प्रणालीतर्फ कृषकहरु आकर्षित...

हेटौंडा र उदयपुर सिमेन्ट मर्ज गर्न सुझाव

हेटौंडा– अहिले बजेट निर्माणको प्रक्रिया सुरु भएकाले अर्थ मन्त्रालय खर्च कटौतीको ठाउँ खोजिरहेको अवस्था छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि सार्वजनिक कार्यक्रममा खर्च कटौतीका उपाय खोजी भइरहेको बताएका छन् । सरकारले खर्च कटौती गर्ने हो भने सार्वजनिक संस्थानमा भइरहेको अनावश्यक लगानी कटौती गर्न सक्नुपर्ने अर्थविद् तथा प्रतिनिधिसभा सदस्य...

‘टुक्रे योजनामा बजेट हाल्नु प्रदेश सरकारको बाध्यता’

विगतको प्रदेश सरकारले टुक्रे योजना निर्माणका कारण निकै आलोचना खेप्नु परेको अवस्थामा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बाध्यता रहेको बताएका छन् । माथिल्ला सरकारले साना योजनामा हात हाल्दा स्थानीय तहलाई काम गर्न असहज भएको गुनासो आइसकेको समयमा बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले साना योजनामा बजेट राखेर काम गर्नु प्रदेश सरकारको...

बालश्रम लगाउने तीन होटल कारवाहीमा

 हेटौंडा– बालबालिकालाई निकृष्ट श्रममा लगाउने हेटौंडाका तीन होटल कारवाहीमा परेका छन् । हेटौंडा–१० बसपार्क क्षेत्रमा रहेको होटलले बालबालिकालाई निकृष्ट श्रममा प्रयोग गरेको पाइएपछि श्रम कार्यालय हेटौंडाले सोमबार तीन होटललाई कारवाही गरेको हो । कारवाहीमा बसपार्क क्षेत्रमा रहेको धादिङ, डाँफे र गण्डकी होटल परेका छन् । श्रम कार्यालय हेटौंडाका अनुसार...

सांसद बन्ने बिन्दवासिनीको सपना अधुरै

हेटौंडा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्णय र सिफारिसका आधारमा ढाकाकुमार श्रेठको स्थानमा आइतबार नै हेटौंडाकी विन्दाबासिनी कसांकारलाई सांसद बनाइएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेर उनको ठाउँमा कसांकारलाई सांसद बनाउन निर्वाचन आयोगमा बुझाएको पत्रअनुसार उनलाई आइतबार प्रमाणपत्र दिइएको हो । सर्वोच्च अदालतले ढाकाकुमार श्रेष्ठले दिएको रिट...

ब्राउनसुगरसहित हेटौंडाका दुई युवती पक्राउ

हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१ घर भई हाल झापा मेचीनगर बस्दै आएका दुई युवती लागूऔषधसहित पक्राउ परेका छन् । त्री बस्त्रमा लुकाएर ब्राउनसुगर लैजाँदै गर्दा दुई युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । हेटौडा–१ घर भएका २१ वर्षीया सोनी श्रेष्ठ (राजवंशी) र २३ वर्षीया सन्ध्या श्रेष्ठलाई भित्र बस्त्र (पेन्टि) भित्र लगाएको प्याडमा...

हास्यव्यंग्य कविता ‘जाँडरक्सी महोत्सव’ उत्कृष्ट घोषित

अनिवार्य गरौँ हामी लगानी अब जाँडमा नत्र यो देशनै हाम्रो जान के बेर भाँडमा समृद्धि जाँडरक्सीले मात्र देखिन्छ सम्भव त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।१। विनाजाँड हिजोआज हुन्छन् अशुद्ध पण्डित खान्न जाँड भने हुन्न कोही सन्तुष्ट त्योसित सुरुवाल भिजाएर खोज्नुपर्छ खुसी अब त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।२। गाडी...