स्थानीय
कर्मचारीले सूचना नदिए मन्त्रालयलाई खबर गर्नूस्ः श्रेष्ठ
हेटौंडा– बागमती प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले कर्मचारीले सूचना नदिए मन्त्रालयमा खबर गर्न आग्रह गरेका छन् । हेटौंडास्थित मन्त्रालयमा सोमबार भएको सूचनाको हकसम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले उपयुक्त सूचना माग्दासमेत कर्मचारीले नदिए मन्त्रालयमा खबर गर्न आग्रह गरेका हुन् । उनले सूचना माग्दा नदिनेलाई...
काभ्रेमा सहकारी लुटेर फरार इन्द्रसरोबरबाट पक्राउ
हेटौडा– काभ्रेपलाञ्चोकको पनौतीमा एक सहकारी संस्थाबाट ३३ लाख लुटेर फरार भएका दुईजना मकवानपुरबाट पक्राउ परेका छन् । प्रहरीले मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ बस्ने ३० बर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकबर लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनीहरुलाई इन्द्रसरोबर...
बागमतीमा कांग्रेसलाई थप तीन मन्त्रालयको जिम्मा
हेटौंडा– बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसलाई थप तीनवटा मन्त्रालयको जिम्मा लगाइएको छ । सरकार विस्तार गर्न नसकेको भन्ने आलोचना खेप्दै आएका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कांग्रेसलाई सोमबार ३ वटा मन्त्रालयको जिम्मेवारी सुम्पिएका हुन् । मन्त्रालय भागबण्डा नमिल्दा सरकार अपूर्ण रहेको ५० दिनभन्दा बढी भइसकेको अवस्थामा मुख्यमन्त्री जम्कट्टेल आफैंले सम्हाल्दै आएको...
अन्धकार गाउँ छिचोलेर पहिला वडा कार्यालयमा बिजुली
हेटौंडा– जिल्लाको विकट कैलाश गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय र स्वास्थ्य चौकीमा बिजुली पु¥याइएको छ ।वडा कार्यालय र आधारभूत स्वास्थ्यचौकीमा शुक्रबार बिजुली बत्ती बालेर विद्युत सेवा प्रसारणको उद्घाटन गरिएको हो । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विद्युत सेवा उद्घाटन गर्दै कैलाशको सबै क्षेत्रमा बिजुली पु¥याउने विश्वास दिलाएका छन्...
प्रेस युनियनको अध्यक्षमा बिडारी
हेटौंडा– नेपाल प्रेस युनियन मकवानपुरको अध्यक्षमा सुबास विडारी सर्वसम्मत चयन भएका छन् ।प्रेस युनियन मकवानपुरको आइतबार हेटौंडामा भएको सातौं अधिवेशनले बिडारीको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन गरेको हो । अधिवेशनले युनियनको उपाध्यक्षमा कपिल खड्का, महिला उपाध्यक्षमा सन्नु रिजाल देवकोटा, सचिवमा बलराम पुडासैनी, सहसचिवमा प्रवेश धिताल ९कुन्दन० र कोषाध्यक्षमा प्रदीप...
कांग्रेस मकवानपुरका नेताले गृहमन्त्रीलाई भने, ‘ठूला नेताको भयले प्रकरण सामसुम नहोस्’
हेटौंडा– नक्कली शरणार्थी प्रकरणमा कांग्रेस, नेकपा एमालेका नेताहरु पक्राउ परिरहेको घटनालाई लिएर खुट्टा नकमाउन कांग्रेस मकवानपुरका नेताहरुले आग्रह गरेका छन् ।सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आइतबार भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरु तानिने भयले खुट्टा नकमाउन नेताहरुले आग्रह गरेका हुन् । नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री...
हेटौंडा उपमहानगरको एकवर्षः आशालाग्दो कामको सुरुवात
हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले पहिलो पटक नगरको विकासका सन्दर्भमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ । करिब एक वर्षअघि भएको स्थानीय तह निर्वाचनबाट चुनाव जितेर पाँच वर्षका लागि उपमहानगरको नेतृत्व सम्हाल्न आएकी मेयर मीनाकुमारी लामाले केहीदिन अघि सबै क्षेत्रका सरोकारवालासँग उपमहानगरको व्यवस्थित विकासका लागि सुझाव मागेकी हुन् । गोष्ठीमा सहभागीले उपमहानगरको व्यवस्थित...
मकवानपुरका ६ स्थानीय तहले मात्रै गरे जग्गा वर्गीकरण
हेटौंडा– मकवानपुरका ६ वटा स्थानीय तहले मात्रै जग्गा वर्गीकरण गरेका छन् । बाँकी ४ वटा स्थानीय तहले अझै जग्गा वर्गीकरण गर्न सकेका छैनन् । जिल्लाका १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिका, बागमती, बकैया, मनहरी, राक्सिराङ, कैलाश, मकवानपुरगढी र भीमफेदी गाउँपालिका मालपोत कार्यालय, हेटौंडाको कार्यक्षेत्रमा पर्दछ । मापलोत कार्यालय, पालुङले भने...
हेटौंडा उपमहानगरद्वारा सुझाव संकलनका लागि ‘क्यूआर कोड’
हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रमहरु तय गर्नको लागि सुझाव संकलनका लागि क्यूआर कोड सार्वजानिक गरेको छ । विभिन्न चरणमा विभिन्न विषयगत समितिहरु\शाखा\महाशाखागत रुपमा छलफल गर्दै आइरहेको छ । आ.व २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट प्राविधिक दृष्टिले सामाजिक रूपमा सन्तुलित एवं राजनैतिक...
विकट गाउँ राक्सिराङमा अंग्रेजी माध्यमबाट पढाई सुरु
राक्सिराङ– मकवानपुरको विकट गाउँपालिकाको रुपमा रहेको राक्सिराङ गाउँपालिका–३ स्थित पलासेमा रहेको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सुरु भएको छ । पलाँसेमा रहेको सूर्योदय माध्यमिक विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाई सुरु गरिएको हो । शुक्रबार एक कार्यक्रमकाबीच बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँसमेतको उपस्थितिमा अंग्रेजी माध्यमको पढाई...