स्थानीय

बागमतीका ८ कृषकलाई ५४ लाख क्षतिपूर्ति

हेटौंडा– बागमती प्रदेश सरकारले सम्भवतः देशमै पहिलोपटक महामारी र विपद्बाट पीडित बनेका कृषकलाई क्षतिपूर्तिवापत राहत उपलब्ध गराएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलेले सोमबार निर्णय गरी काभ्रे जिल्लाका ८ जना पशुपालक कृषकलाई ५४ लाख ६१ हजार रुपैयाँ राहत दिने निर्णय गरेको हो । अफ्रिकन स्वाइन फिभरलगायतका रोगबाट...

हेटौँडामा हुँदै नभएको वडामा प्रदेश सरकारको बजेट

हेटौँडा– हेटौँडा उपमहानगरपालिकामा १९ वटा मात्रै वडा छन् । जसमध्ये १, ३, १४, १५, १६, १७, १८ र १९ नम्बर वडाका अधिकांश क्षेत्र विकट छन् । सुगम र विकट क्षेत्र समेटिएको हेटौँडा उपमहानगरपालिकाको १५ नम्बर वडाको चिप्लेटी पुग्न बारा जिल्ला हुँदै जानुको विकल्प छैन् । बाराको अमलेखगञ्ज भएर चिप्लेटी...

हेटौंडाका वडाध्यक्षहरु प्रदेश सरकारसँग रुष्ट

हेटौंडा– बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाका वडाअध्यक्षहरुले प्रदेश सरकारको बजेट संसोधन गर्न चेतावानी दिएका छन् । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र अर्थमन्त्री बहादुरसिंह लामाले बजेट बिनियोजनमा विभेद गरेको भन्दै वडाअध्यक्षहरुले मुख्यमन्त्री र उनका मन्त्रीहरुलाई बहिष्कार गर्ने चेतावनी दिएका छन् । शनिबार पत्रकार सम्मेलन गर्दै वडाध्यक्षहरुले प्रदेशको राजधानी सार्ने मनसायले...

उपभोक्ता मञ्च केन्द्रमा थापा, मकवानपुरमा अधिकारी

हेटौंडा– उपभोक्ता मञ्च नेपालको केन्द्रीय अध्यक्षमा आनन्द थापा चयन भएका छन् । ‘जागौं उपभोक्ता लागौं’ भन्ने नाराका साथ शनिबार हेटौंडामा आयोजित महाधिवेशनले थापालाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो । महाधिवेशनले थापाको अध्यक्षतामा २७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । महाधिवेशन आयोजक समितिका संयोजक, भवानीप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको...

४ नम्बर वडामा निःशुल्क स्वास्थ्य शिविर

हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजना तथा मोहन बज्राचार्य सहरी स्वास्थ्य केन्द्रको व्यवस्थापनमा शनिवार निःशुल्क स्वास्थ्य शिविर भएको छ । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सहकार्यमा भएको बृहत् निःशुल्क स्वास्थ्य शिविरलाई ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलले उद्घाटन गरेका थिए । स्वास्थ्य मानिसको पहिलो र महत्वपूर्ण धन...

क्लब र व्यक्तिसँगको सहयोगमा विजय युथ गोल्डकप

हेटौंडा– हेटौंडामा यसअघि हुने गरेका र पूर्वनिर्धारीत खेलकुद प्रतियोगिताहरु प्रदेश वा स्थानीय सरकारको प्रयोजनमा हुने गरेका छन् । खेलाडी उत्पादन र खेलकुदको भौतिक संरचना निर्माण सन्तोष जनक नदिए पनि खेलकुदमा बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाले राम्रो लगानी गरिरहेको छ । जिल्ला फुटबल संघ मकवानपुरले खेलाडी उत्पादनको प्रभावशाली प्रतियोगिताको...

रातोमाटेबाट अबैध कपडासहित ४ जना पक्राउ

हेटौंडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोष्टबाट अवैध कपडा र सामानसहित चार जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार एकैदिन ३ लाख ५० हजार रुपैयाँ बराबरको अबैध कपडा र सामानसहित ४ जनालाई नियन्त्रणमा लिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीले काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा...

हेटौंडाको बजेट घट्नुमा यी तीन कारण

हेटौंडा– बागमती प्रदेशको एकमात्र उपमहानगरपालिका हेटौंडाले शनिवार आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ल्याएको छ । नगरउपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट एकैसाथ प्रस्तुत गरे । हेटौंडाको बजेट घटेर आएको छ । आर्थिक मन्दी र आम्दानी खुम्चिँदा संघदेखि प्रदेश र स्थानीय तहसम्मै बजेटमा प्रभाव परेको छ...

हेटौंडा उपमहानगरले ल्यायो २ अर्ब ६० करोडको बजेट

हेटौंडा– हेटौंडा उपमहानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिकि गरेको छ । शनिवार १३ औँ नगरसभाको बैठकमा उपमेयर राजेश बानियाँले नीति तथा कार्यक्रमसहित आगामी आवका लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । जुन चालु आवको...

बागमतीमा भ्यूटावरदेखि प्लटिङसम्म कर

हेटौंडा– बागमती प्रदेश सरकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् विभिन्न करको दर हेरफेर गरेको छ । आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले प्रदेशभित्र मनोरञ्जन करको दायरा फराकिलो बनाउन भन्दै सिसाको आकाशे पुल, भ्यूटावर र केबलकारमा पाँच प्रतिशत मनोरञ्जर कर लगाएका छन् । कम्पनी वा व्यक्तिको स्वामित्वमा रहेको जग्गा आवासीय प्रयोजनको...