स्थानीय

मकवानपुरगढी गाउँपालिकालाई एमालेको २० बुँदे सुझाव

हेटौंडा– मकवानपुरगढी गाउँपालिका कार्यालयलाई नेकपा एमाले गढी गाउँ कमिटीले २० बुँदे सुझाव दिएको छ । गाउँपालिका कार्यालयमा शुक्रबार गाउँपालिकाको निवर्तमान अध्यक्ष तथा पार्टी इञ्चार्ज बिदुर हुमागाई, एमाले गाउँ कमिटी अध्यक्ष रामजी सापकोटालगायतका नेताहरुले पालिका अध्यक्ष दोर्जे स्याङ्तानलाई जनताको सरकार भएको अनुभूति दिलाउने गरी काम गर्न अनुरोधसहित विकास निर्माण र...

कैलाश गाउँपालिकाले ल्यायो नीति तथा कार्यक्रम

हेटौंडा– मकवानपुरको बिकट मानिने कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ । बिहीबार आयोजित १२ ओैं गाउँसभामा पालिका अध्यक्ष लोकबहादुर मुक्तानले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम पेश गरेका हुन् । गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष मुक्तानले आगामी वर्ष...

अस्पतालको सेवा प्रभावित नगर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउने

हेटौंडा– हेटौंडा अस्पतालको सेवा प्रभावित नपार्न बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराउने सर्वपक्षीय बैठकले निर्णय गरेको छ । अस्पताल सञ्चालन गरिरहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट कटौती गरेर अस्पतालको सेवा प्रभावित पार्न खोजिएको आरोप प्रदेश सरकारमाथि थियो । प्रतिष्ठान मातहत ल्याएपछि अस्पतालको सेवामा सुधार आएसँगै उपचारमा पनि प्रगति भइरहेको...

मकवानपुरका ९ पालिका बजेट ल्याउने तयारीमा

मकवानपुरका ९ वटा स्थानीय तह आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ल्याउने तयारीमा जुटेका छन् । हेटौंडा उपमहानगरपालिकाले भने यसअघि नै नीति, कार्यक्रम र बजेट एकैसाथ ल्याईसकेको छ । मकवानपुरमा एक उपमहनगर, एक नगरपालिका र ८ गाउँपालिका छन् । जसमध्ये थाहा नगरपालिका र बाँकी ८ गाउँपालिकाले बजेटको तयारी...

बागमती प्रदेशको बजेटमा निजीक्षेत्र बेखबर

हेटौंडा– असार १ गते वागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेशसभामा ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँको बजेट ल्यायो । चालू आर्थिक वर्षमा ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार ८ अर्बले घटाएको हो । सरकारले बजेट...

हेटौंडामा परमिट नभएका मयुरीले ‘सोझासाझा’ महिलालाई तनाव

हेटौंडा– पौरखी नेपाल नामक संस्थाको विदेशबाट फर्किएका महिलालाई स्वदेशमै स्वरोजगार बनाउने परियोजनाले सोझासाझा महिलाहरुलाई तनाव दिएको खुलासा भएको छ । संस्थाको परियोजनाको उद्देश्य महिलालाई दुःख र तनाव दिने नभएता पनि विदेशबाट फर्किएका महिलालाई कानूनी प्रक्रिया नपु-याई तीन पाङ्ग्रे विद्युतीय रिक्सा (मयुरी) दिएर समस्या भएको पाइएको हो । काठमाडौंमा केन्द्रीय...

राक्सिराङमा कुपोषणको जोखिम

हेटौंडा– पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकाको चेपाङ बस्तीमा पछिल्लो समयमा बालबालिकामा कुपोषणको समस्या जटिल बन्दै गएको छ । तीनै तहको सरकारले बालबालिकालक्षित पोषण कार्यक्रम सञ्चालन गर्दै आएपनि चेपाङ बालबालिकामा कुपोषणको समस्या घटेको छैन । राक्सिराङ गाउँपालिकामा संघीय सरकारले केही वर्षदेखि चेपाङ समुदायका बालबालिकालाई लक्षित गरी चेपाङ स्वास्थ्य सुधारअन्तर्गत कुपोषण न्यूनीकरणका...

हेटौंडा अस्पतालका झण्डै डेढसय कर्मचारी हटाउँदै प्रतिष्ठान

हेटौंडा– जिल्लाको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा कार्यरत झण्डै डेढसय कर्मचारी हटाउने तयारी भएको छ ।अस्पताल सञ्चालन गरिरहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आर्थिक संकटको कारण देखाउँदै कर्मचारी हटाउने तयारी गरेको हो । प्रतिष्ठान र हेटौंडा अस्पतालका लागि चालु आर्थिक वर्ष २०७९/८० मा नियुक्त गरिएको १ सय ४४ जना...

पिप्ले रंगशालामा आजदेखि विजय युथ गोल्डकप

हेटौंडा– हेटौंडामा आज मंगलबारदेखि दोस्रो विजय युथ गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । १५ असारसम्म १० दिन चल्ने प्रतियोगिताको उद्घाटन खेल एफसी विजय युथ र अग्रसर यूथ क्लवबीच हुने भएको छ । १३ लाख लागत खर्च क्लब र व्यक्तिहरुसँग सहयोग उठाएर प्रतियोगिता गर्न लागिएको हो । विजय युथ क्लबको...

संघ र प्रदेशले छुटाएको योजना मनहरीले समेट्ने कालाखेतीको प्रतिबद्धता

मनहरी– हालसालै संघ र प्रदेश सरकारले बजेट बिनियोजन गरिसकेपछि आ–आफ्नो ठाउँबाट टिक्काटिप्पणी आइरहेको बेला मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले गाउँबासीको नाममा सम्बोधन गरेका छन् । गाउँबासीको नाममा सम्बोधन गर्दै पालिका अध्यक्ष कलाखेतीले संघीय र प्रदेश सरकारबाट बिनियोजित बजेटले मनहरी गाउँपालिकाको अपेक्षाकृत माग र समस्या सम्बोधन नगरेको दाबी गरेका छन्...