स्थानीय

मकवानपुरमा डेंगू संक्रमितको संख्या ५६३ पुग्यो

हेटौंडा– पछिल्लो २४ घण्टामा अर्थात सोमबार दिउँसोसम्मको तथ्यांकअनुसार ८ जना नयाँ संक्रमित भेटिएसँगै मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ५६३ पुगेको छ । स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार सोमबार हेटौंडा उपमहानगरपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना, मनहरी गाउँपालिकाका २ जना, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकाका १/१...

सरकार हराएको आरोपमा मुख्यमन्त्रीको जवाफ, ‘बागमती प्रदेशमै छ’

हेटौंडा– चाडपर्व नजिकिएसँगै उपभोक्ताको ढाड सेकिने गरी महंगी बढ्दा पनि बागमती प्रदेश सरकार हराएको सांसदहरुको आरोपलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ठट्यौली शैलीले जवाफ दिएका छन् । दैनिक उपभोग्य वस्तुको महंगीले आकाश छोएको सांसदहरुको गुनासो र नियन्त्रण तथा नियमनमा प्रदेश सरकार चुकेको भन्दै हराएको आरोप लगाउँदा मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सरकार बागमती...

परीक्षा अनुत्तीर्णलाई न्यायाधीश बनाएर न्यायालयमाथि कुठाराघातः महेश बर्तौला

हेटौंडा– नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरिएको बताएका छन् । सोमवार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै सचेतक बर्तौलाले न्याय सेवा आयोगले लिएको परीक्षा अनुत्तीर्ण भएकाहरुलाई जिल्ला न्यायाधीश नियुक्त गरिएको भन्दै आपत्ति जनाएका हुन् ।...

अभिनेता अनमोल केसी हिरासतमुक्त

काठमाडौं– अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । काठमाडौं जिल्ला अदालतले उनीमाथि तीन अनुसन्धान गर्न दिएको समय आज समाप्त भएसँगै हाजिरी जमानीमा उनी रिहा भएका हुन् । प्रहरीले उनलाई हाजिरी जमानीमा छोडेको हो । अदालतले केसीको तीन दिन म्याद थपेकोमा शुक्रबारबाट गणना भएकाले आजै म्याद गुज्रिएपछि उनी छाडिएका हुन्...

सर्जकलाई उर्जा थप्दै साहित्य संगम

हेटौंडा– साहित्य संगम मकवानपुरले जिल्लाका ९ जना स्रष्टालाई सम्मान प्रदान गरेको छ । २०७९ सालमा साहित्य तथा अन्य विधामा पुस्तक प्रकाशन गरेका मकवानपुरे ९ जना स्रष्टालाई संगमले शनिबार हेटौंडामा सम्मान गरेको हो । शनिवार संगमको ३ सय ३५ औँ साहित्य सन्ध्यामा उनीहरु सम्मानित भएका हुन् । ‘छेलिएका अनुहार’ पुस्तकका...

कोदो उत्पादनमा मकवानपुरगढी र भीमफेदीको प्रोत्साहन

हेटौंडा– मकवानपुरका दुई स्थानीय तहले रैथाने बालीका खेतीलाई अनुदान दिएर प्रोत्साहन दिँदै आएका छन् । धान र गहुँ जसरी सिँचाइ नचाहिने कोदोबालीलाई प्रोत्साहन दिन थालिएको हो । किसानले निर्वाहमुखी तवरले परम्परादेखि कोदोबाली लगाउँदै आएका थिए ।गाउँपालिकाले प्रोत्साहन गर्न थालेपछि अब भने कोदोको मकवानपुरगढी र भीमफेदी गाउँपालिकामा व्यावसायिक खेती अघि...

खाना पकाउने ग्यासमा उच्च मूल्यवृद्धि, प्रतिसिलिन्डर २११० पुग्यो

हेटौंडा– सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिबा राति १२ बजेबाट लागू हुनेगरी मूल्य बढाएको हो । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्यमा उच्च वृद्धि भएको छ । प्रतिसिलिन्डर मूल्य २१५ रुपैयाँ बढेको...

एमाले प्रदेश अध्यक्षमा कृष्ण दाहाल २५७ मतान्तरले पराजित

हेटौंडा– नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा रामेछापका कैलाश ढुंगेल निर्वाचित भएका छन् ।ढुंगेलका प्रतिद्वन्द्वी मकवानपुरका कृष्णप्रसाद दाहाल पराजित भएका छन् । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार भएको मतदान पश्चात् राती सम्पन्न मतपरिणामअनुसार ढुंगेल ६९६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार दाहालले भने...

२० मुसहर परिवारलाई एउटा व्यक्तिले बनाइदिएको घर

हेटौंडा– बारा जिल्लामा एउटा व्यक्तिको चाहनाले अतिविपन्न २० मुसहर (घाँगर) परिवारलाई छानाको व्यवस्था भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–६ नगौलमा भूमिहीन मुसहर समुदायलाई एकीकृत बस्ती निर्माण गरेर तालासाँचो हातमा दिइएको छ । जंगबहादुर राणाको परिवार सदस्यहरुको प्रभुशमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले २० घर निर्माण गरेर...

हेटौंडा अस्पतालमा दैनिक आउँछन् मानसिक बिरामी

हेटौंडा– हेटौंडा–१० निवासी ३२ वर्षीया सरिता पाण्डे (नाम परिवर्तन)लाई करिब ३ महिनादेखि घरमै बसिराख्दा पनि मन आत्तिने, अब के हुन्छ ? भन्ने डर पैदा भइरहन्थ्यो । केही समयअघि टिकटकमा एकजना मनोरोग विशेषज्ञको जानकारीमूलक भिडियो हेरेपछि आफ्नो समस्या मानसिक समस्या हो जस्तो लागेर हेटौंडा अस्पतालमा जचाँउन आइन् । आफूलाई एन्जाइटी...