स्थानीय
जनस्तरबाटै आवधिक योजना निर्माण गर्दै हेटौंडा उपमहानगर
हेटौंडा– विकासे योजनालाई जनअपेक्षा अनुसार निर्माण गर्ने उद्देश्यले हेटौंडा उपमहा नगरपालिका कार्यालयले जनस्तरबाटै योजना छनोटको काम सुरु गरेको छ । हेटौंडामा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८६ का लागि निर्माण गर्न लागेको आवधिक योजना तर्जुमालाई जनस्तरबाटै थालेको हो । विषयगत समिति सहित विभिन्न विषयमा जानकाहरुसँग छलफल गर्दै दीर्घकालीन सोच निर्धारण कार्यशाला...
मकवानपुरमा चाडपर्व लक्षित सुरक्षालाई ८ सय प्रहरी खटाईंदै
हेटौंडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले चाडपर्व लक्षित सुरक्षाका लागि आठ सय बढी प्रहरी परिचालन गर्ने योजना बनाएको छ । चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटना, चोरी, डकैती, कुटपिटलगायतका घटना नियन्त्रण गर्न मकवानपु प्रहरीले विशेषसुरक्षा योजना बनाएको हो । चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत ८ सय १७ जना प्रहरीलाई खटाउन लागिएको...
हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग्याउने स्वास्थ्यमन्त्री बस्नेतको संकेत
हेटौंडा– संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताल अलग्याउने संकेत गरेका छन् । शनिवार हेटौंडा–२, स्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले प्रतिष्ठान बनाएर मदन भण्डारीको नाम राखेकोप्रति पनि आपत्ति जनाए । उनले जिल्ला अस्पताललाई कसैको नाम जोडेर अस्तित्व...
चुनियाँ-नामटार-कालिकाटार सडक स्तरोन्नतिका लागि शिलान्यास
हेटौंडा– कैलाश गाउँपालिकाको प्रमुख पहुँच मार्ग चुनियाँ–नामटार–कालिकाटार सडक स्तरोन्नतिका लागि सोमबार शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले संयुक्त रूपमा सडकको शिलान्यास गरेका हुन् । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मोक्तानले यो सडक राज्यको वेवास्ताका कारण अझै पनि जिर्ण रहेको बताए । उनले जनप्रतिनिधिको...
हेटौंडा अस्पतालमा २५ शैयाको मनोचिकित्सा वार्ड सञ्चालनको तयारी
हेटौंडा– मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालले मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याउने तयारी गरेको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर हेटौँडा अस्पतालमा आकस्मिक सेवा २५ शैया क्षमताको मनोचिकित्सा वार्ड सेवा सञ्चालन गर्न लागिएको हो । सोमवार हेटौँडामा पत्रकार सम्मेलन गर्दै हेटौँडा अस्पतालमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको...
जिल्लामै पहिलोपटक ‘क्रिक्सल’ प्रतियोगता गर्दै हेटौंडा–४ नम्बर वडा
हेटौंडा उपमहानगरपालिका वडा–नम्बर ४ ले जिल्लामै पहिलो पटक जिल्ला स्तरीय खुल्ला क्रिक्सल प्रतियोगिता गर्ने भएको छ । आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले यस्तो जानकारी दिएको हो । हेटौंडा–४ स्थित हेटौंडा फुटसल मैदानमा हुने क्रिकेट खेल यही असोज २८ घटस्थापना देखि सुरु भई भोलिपल्ट २९ गतेसम्म हुनेछ ।...
भीमफेदी गाउँपालिकाद्वारा बाराही माविलाई स्कुल बस
हेटौंडा– भीमफेदी गाउँपालिका वडा नम्बर ४ मा रहेको बाराही माध्यमिक विद्यालयमा विद्यालय बस सेवा सुरु गरिएको छ । आइतबार भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामा र उपाध्यक्ष सञ्जीव श्रेष्ठको उपस्थितमा एक कार्यक्रमको आयोजना गरि बस सेवा सुरु गरिएको हो । भीमफेदी गाउँपालिकाको ३० लाख रुपैयाँ आर्थिक सहयोगमा उक्त बस सेवा...
विद्यार्थीको सहारा बन्दै हेटौंडा–१८ का वडाध्यक्ष अनिल बानियाँ
हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ का वडा अध्यक्ष अनिल बानियाँ वडाभित्र बसोबास गर्ने क्याम्पस पढ्दै गरेका विद्यार्थीका लागि सहारा बनेका छन् । आर्थिक अभावकै कारण उच्च शिक्षा अध्ययन गर्न नसक्ने परिवारलाई लक्षित गरी उनले सुरु गरेको निःशुल्क बस सेवा प्रभावकारी बनेको छ । १८ नम्बर वडाका विद्यार्थीलाई उच्च शिक्षा...
हेटौंडा जेसीजद्वारा आयोजित वक्तृत्वकलामा पौडेल प्रथम
हेटौंडा– हेटौंडा जेसीजले आयोजना गरेको राष्ट्रियस्तरको वतृत्वकला प्रतियोगितामा नवलपुर जिल्लाकी यमकला पौडेल प्रथम भएकी छन् । उनले नगद २५ हजारसहित प्रमाणपत्र प्राप्त गरेकी छन् । त्यस्तै प्रतियोगितामा पोखराकी सुस्मा आचार्य दोस्रो र नवलपुरकी पूजा पराजुली तेस्रो भएकी छन् । उनीहरुले क्रमश नगद १५ हजार र १० हजारसहित प्रमाणपत्र प्राप्त...
हेटौँडाको मेनरोडमै घुमुवा प्रहरीले मच्चाए उत्पात, प्रहरी कार्यालयभित्रै महिलाको मृत्यु
हेटौँडा– हेटौँडामा आइतबार मध्यरात एक घुमुवा प्रहरीले नशाको तालमा उत्पात मच्चाएको आरोप लागेको छ । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज गरिएको बिरामी बोकेको ना २ च ८४३२ नम्बरको एम्बुलेन्स रोकेर घुमुवा प्रहरी सहायक हबल्दार डिल्लीराम शिवाकोटीले सडकमै ‘बबाल’ गरेपछि महिलाको...