स्थानीय

बागमती सरकारले नागरिकमा आशा जगाएन, जग पनि बसाएन

हेटौंडा । प्रदेश सभाको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको बागमती प्रदेश सरकारमा २०८१ साउनबाट दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले आए । निरन्तर ६ वर्षदेखि सत्तामा रहेर माओवादी केन्द्र बाहिरिएसँगै पहिलो पटक सरकारको नेतृत्व गरेको कांग्रेसले नागरिकको आशा जगाउने काम गर्न सकेन । मन्त्रालय...

मनहरीमा चट्याङबाट छोराको मृत्यु, बुबा घाइते

हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । मुत्यु हुनेमा मनहरी गाउँपालिका–५ दरदरा बस्ने २८ वर्षीय अबिरल थिङ रहेका छन् । आइतबार दिउँसो करिब ४ बजेको समयमा मनहरी–५ बसन्तपुरस्थित राप्तीखोलाको किनारमा ५ नम्बर वडाकै डिल्लीपुरबाट घरतर्फ जाने क्रममा चट्याङ लागेर उनको मृत्यु...

मुलुकको समग्र संरचनामा हेरफेर र सुधार गर्न पूर्वराजाको आह्वान

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनभावना अनुसार मुलुकको समग्र संरचनामा हेरफेर गर्नुपर्ने प्रस्ताव गरेका छन् । आज नयाँ वर्षको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । करिब १४ मिनेट लामो शुभकामना सन्देशमा शाहले वर्तमान दुरावस्थाको चित्रण गर्दै आफ्नो राजनीतिक र आर्थिक मार्गचित्र पेश गर्ने...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्डको नाम मेटाइएपछि आपत्ति, कारबाहीको माग

हेटौंडा । हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग राख्दै आन्दोलनरत हेटौंडाका केही युवाको समूहले अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम मेटाएका छन् । आइतबार दिउस प्रतिष्ठान परिषरमा पुगेर उनिहरुले प्रतिष्ठानको नाम मेटाएका हुन् । हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियान समितिको नाउँबाट आन्दोलनरत समुहका युवाहरु पुगेर बोर्डबाट...

संघीयताको उपहारः मनहरीमा बन्यो पाँचवटा पक्की पुल

हेटौंडा । संघीयता लागु भएपछि स्थानीय तह आफैँले विकास निर्माणका काम अघि बढाउन सक्छन् भन्ने प्रमाण मकवानपुरको एक स्थानीय तहले पुष्टि गरिदिएको छ । यहाँस्थित मनहरी गाउँपालिकाले सङ्घीय र प्रदेश सरकारको लगानीबिनै पाँच वटा पक्की पुल निर्माण गरेर स्थानीयको मन जितेको हो । अघिल्लो सरकारकै पालामा सुरु भएका पाँच...

एघारौं दिनदेखि काठमाडौंको सडक तताउँदै आइरहेको शिक्षक आन्दोलन

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले शनिबार ११औं दिन पनि सडक प्रदर्शनलाई निरन्तरता दिएका छन् । आफूहरुसँग भएका सहमतिका आधारमा यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै शिक्षकहरुले माइतीघर(बबरमहल क्षेत्रमा सडक प्रदर्शन गरेका हुन् । नाचगानसहित उनीहरुले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको...

मानव सेवा आश्रमको महायज्ञमा ४ करोड रकम संकलन

हेटौंडा । मानव सेवा आश्रम हेटौंडाले आयोजना गरेको महायज्ञमा ४ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ । हेटौंडा उपमहानगरपालिका–९ लामसुरेधापमा चैत १७ देखि २४ गतेसम्म आयोजित महायज्ञमा ४ करोड ८ लाख ९५ हजार ५ सय ८७ रुपैयाँ रकम संकलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष तारा लामिछानेले पत्रकार...

कैलाशमा पर्यटक भित्र्याउन कस्सिँदै गाउँपालिका, बैकुण्ठमा अब होमस्टे बन्ने

कैलाश । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ बैकुण्ठ कैलाशमा होमस्टे सञ्चालन गरिने भएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास गरिदैँ लगिएको अवस्थामा होमस्टे सञ्चालन गरिने भएको हो । उक्त क्षेत्रमा ऐतिहासिक र पर्यटकीय क्षेत्र रहुनका साथै जीपलाइन सेवा पनि सञ्चालनको अन्तिम चरणमा रहेकाले घुम्न आउने आन्तरिक तथा बाह्य...

कैलाशका जनप्रतिनिधि र सरोकारवालासँग सुरक्षित मातृत्व सम्बन्धी अन्तरक्रिया

कैलाश । मकवानपुरको कैलाश गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य, तथा वडास्तरका सरोकारवालाहरुको उपस्थितीमा सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सुनिश्चिता सम्बन्धी अन्तरक्रिया भएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा कार्यालयका प्रमुख कृष्णबहादुर मिजारको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा कार्यालय प्रमुख...

निजगढ विमानस्थल निर्माण अविलम्ब अगाडि बढाऊः आयोग

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन सुझाव दिएको छ । नेपालको नागरिक उड्डयन क्षेत्रलाई दीर्घकालीन रूपमा सुरक्षित र भरपर्दो तथा सहज बनाउन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब बढाउनुपर्ने आयोगको सुझाव छ । आयोगले नेपालको एकमात्र पूर्णरूपमा सञ्चालनमा आएको त्रिभुवन...