स्थानीय

हेटौंडाको पाँचपोखरी थाङपाल गाउँपालिकासँग भगिनी सम्बन्ध

हेटौंडा– मकवानपुरको हेटौंडा उपमहानगरपालिका र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाबीच भगिनि सम्बन्ध कायम भएको छ । शुक्रबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा आयोजित समारोहमा दुई स्थानीय तहबीच भगिनी स्थापित गरिएको हो । हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले भगिनी सम्बन्ध कायम गर्ने सहमतीपत्रमा हस्ताक्षर गरेका...

पशुपतिनाथ माविका बालबालिकाको कान परीक्षण

हेटौंडा– मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविका बालबालिका र अभिभावकको कान परीक्षण शिबिर सम्पन्न भएको छ । अन्तराष्ट्रिय संस्था किवानिज क्लब मकवानपुरको आयोजनामा विद्यालयमा अध्ययन गर्ने बालबालिकाको कान परीक्षण शिबिर संचालन गरेको हो ।किवानिज क्लब मकवानपुरका संस्थापक अध्यक्ष तीर्थराज पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले...

थाहानगरलाई फिल्मसिटी बनाउने प्रस्ताव

हेटौंडा– मकवानपुरको थाहा नगरपालिकालाई फिल्म सिटीको रुपमा विकास गर्न शनिबारबाट थाहा नगरपालिकामा पहिलोपटक ‘थाहा फिल्म फेस्टिभल’ सुरु भएको छ । थाहा नगरपालिकाको इन्दायणीचौरमा रहेको जेसीज हलमा सुरु भएको फिल्म फेस्टिभलको उद्घाटन गर्दै बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले फेस्टिभलले थाहाको पर्यटन प्रवद्र्धनको साथै फिल्म सिटी...

बागमतीको सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा संसदीय समिति नेतृत्वविहीन

हेटौंडा– बागमती प्रदेशसभाका ५ वटा संसदीय समिति अझै नेतृत्वविहीन छ । प्रदेशसभाको निर्वाचन भएको १० महिना भइसक्दा पनि ‘मिनि संसद’ भनिने संसदीय समितिहरु नेतृत्वविहीन अवस्थामा छन् । सत्तारुढ गठबन्धनमा समितिमा सभापतिको भागबण्डामा सहमति जुट्न नसक्दा बागमती प्रदेशसभाका संसदीय समितिहरु ज्येष्ठ सदस्यहरुले चलाइरहेका छन् । सत्ता गठबन्धनले संसदीय समितिको नेतृत्व...

यसवर्ष भरिएन कुलेखानी जलाशय

हेटौंडा– मनसुन सकिएसँगै विद्युत प्राधिकरणको ‘ब्याकअप’का रुपमा रहेको कुलेखानी जलाशय यसवर्ष नभरिने अवस्थामा पुगेको छ ।जलाशय भरिन अझै साढे सात मिटर बाँकी छ । जेठदेखि असोजको पहिलो सातासम्म कुलेखानी जलविद्युत आयोजनाका तीनवटै युनिट दैनिक १५ घन्टादेखि २० घन्टासम्म सञ्चालन गरिएको थियो । निरन्तर आयोजनाबाट विद्युत उत्पादन नगरेको भए कुलेखानीको...

एमाले मकवानपुरको अध्यक्षमा चार आकांक्षी

हेटौंडा– नेकपा एमालेको संगठन विभागले माघ महिनाभित्र सबै जिल्ला पार्टी कमिटीको अधिवेशन गर्ने निर्णय गरेसँगै मकवानपुरमा नेताहरुको जमघट बढ्न थालेको छ ।अधिवेशनमा सम्भावित उम्मेदवारहरुको भेटघाट र छलफल बाक्लिँदै गइरहेको हो । नेकपा (एमाले) मकवानपुरको जिल्ला र पालिका तहको अधिवेशन माघ महिनाभित्र गरिसक्नुपर्ने निर्णय भए पनि मकवानपुरमा पुसभित्रै अधिवेशन गरिसक्ने...

बागमतीमा विपद् प्रभावित कृषकलाई राहत रकम वितरणको तयारी

हेटौंडा– विपद्बाट क्षति व्यहोरेका कृषकहरुलाई बागमती प्रदेश सरकारले राहत वितरणको तयारी गरेको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रमा विपदबाट क्षति व्यहोरेका कृषकहरुलाई राहत वितरणका लागि निवेदन माग गर्दै सूचना जारी गरेको छ । मन्त्रालयले मंगलबार सूचना जारी गर्दै प्राकृतिक विपद्बाट कृषि क्षेत्रमा क्षति व्यहोरेका कृषकलाई...

हेटौंडाबाट राजधानी सार्नुपर्ने मुख्यमन्त्रीको अभिव्यक्तिमा एमालेको आपत्ति

हेटौंडा– बागमती प्रदेशको संसदीय दलले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सार्वभौम सदनले विगतमा गरेको निर्णयको विरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । बुधवार नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाको अध्यक्षतामा ललितपुरमा बसेको बैठकले मुख्यमन्त्रीको अभिव्यक्तिले अस्थिरता निम्त्याउने खेल सुरु हुन लागेको संकेत गरेकोले जनतालाई सचेत हुन अनुरोध...

मकवानपुरगढी र भीमफेदीमा करोडौं राजश्व चुहावट

मकवानपुरगढी र भीमफेदीमा करोडौं राजश्व चुहावट हेटौंडा– मकवानपुरको दुई स्थानीय तह मकवानपुरगढी र भीमफेदी गाउँपालिकामा अवैध तरिकाबाट नदीजन्य पदार्थ उत्खनन् भइरहेको पाइएको छ । चालू आर्थिक वर्ष २०८०/८१ मा जिल्ला अनुगमन समितिले जिल्लाका १० वटै स्थानीय तहमा नदीजन्य पदार्थ उत्खनन्का लागि अनुमति नदिए पनि पालिकाहरुमा अवैध तवरले नदीजन्य पदार्थ...

समयमै वार्षिक योजना सम्पन्न गर्ने हेटौंडाका वडाध्यक्ष केसी

हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष सुकराम केसीले योजना र कार्यक्रमहरु समयसीमा भित्रै सम्पन्न गरेको बताएका छन् । उनले आफू निर्वाचित भएपछि आव २०७९र८० मा गर्नुपर्ने सम्पूर्ण कामहरु सम्पन्न गरेको बताए । चुनावी घोषणा पत्रमा राखिएका कामहरू गरिनुका साथै ती सबै कामहरु सम्पन्न भएको बताए । निर्वाचित...