स्थानीय

१ नम्बर वडाका स्थानीय सडक सुबिधाबाट लाभान्वित

हेटौंडा– स्तरीय मोटरबाटो अभाबका कारण हेटौंडा बजार सम्म आउँनका लागि लामो यात्रा गर्नु पर्ने हेटौंडा–१ शिखरकोट (ध्याङसिड्डटार)(का बासिन्दा सडक सुबिधा बाट लाभाम्वित हुने भएका छन् । हेटौंडा उपमहानगरपालिका र हेटौंडा १ नम्बर वडा कार्यालयको लगानीमा हेटौंडा–११ बनदेबी बाट सडक स्तरीकरणको काम निरन्तर चलेसँगै बिकट गाउँमा रहेका स्थानिय सडक सुबिधाबाट...

बागमतीमा डेंगु सक्रमितको संख्या ११ हजार नाघ्यो

मकवानपुर– बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ । प्रदेशको १३ जिल्लामा गरी डेंगु संक्रमितको कुल संख्या ११ हजार ३२८ जना पुगेको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशमा १ जनवरी २०२३ देखि हालसम्ममा सो संख्यामा डेंगु संक्रमित फेला परेको हो । तीमध्ये सबैभन्दा धेरै संक्रमित धादिङ...

श्रीमितेरी साकोसको चौमासिक समिक्षा

हेटौंडा– मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा ५ मा रहेको श्रीमितेरी बचत तथा ऋण सहकारी संस्थाको चौमासिक समिक्षा तथा तरलता व्यवस्थापन कार्यक्रम भएको छ । शनिबार संस्थाका अध्यक्ष धनराज महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाले गरेका कार्तिक महिना सम्मको आर्थिक प्रगति प्रतिवेदनमाथी छलफल गरिएको थियो । कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष...

वडामै पुगेर योजना सम्झौता गर्दै मकवानपुरगढी

हेटौंडा– मकवानपुरगढी गाउँपालिकाले वडा कार्यालयमै पुगेर स्थानीयस्तरका योजना सम्झौत गर्ने कार्यको थालनी गरेको छ । विकास निर्माणको कामलाई छिटो छरितो, सरल र प्रभावकारी बनाउन पहिलो चरणमा गाउँपालिकाले १, ७ र ८ नम्बर वडाबाट अभियान सुरुवात गरेको छ । १, ७ र ८ नम्बर वडा गाउँपालिकाको विकट क्षेत्र हुन् ।...

बागमती प्रदेशको सर्वदलीय बैठक निष्कर्षविहीन

हेटौंडा– बागमती प्रदेशको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ । सत्तापक्ष र प्रतिपक्षले आफ्नो अडान नछाड्दा आइतबार प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठक निष्कर्षविहिन भएको हो । बैठकमा बजेट कार्यान्वयन, समितिका सभापतिको चयन र पूर्वाधार विकास कोषको रकम सम्बन्धमा छलफल भएको नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले...

हेटौंडा कप बुद्धिचालको उपाधि भारतीय खेलाडी कुण्डुले जिते

हेटौंडा– एसियन खुल्ला रेटिङ हेटौंडा कप बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका २३९३ रेटेड शीर्ष खेलाडी सुभयान कुण्डुले जितेका छन् । कुण्डुले ९ चरणको प्रतिस्पर्धामा ६ जित र ३ बराबर परिणाम निकाल्दै अपराजित ७ दशमलव ५ अंक बनाएर उपाधि हात पारेका हुन् । उनले नगद एकलाख २५ हजार पुरस्कार पाए ।...

तस्बिरमा कोदो टिप्दै सानोकान्छी योञ्जन

मकवानपुरगढी गाउँपालिका–४ कालीखोला क्षेत्रमा कृषक सानो कान्छी योञ्जन कोदो टिप्दै । मकवानपुरगढी गाउँपालिकामा कोदो फलेपछि टिप्ने किसानहरु व्यस्त रहेको गाउँपालिकाको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी बताउँछन् । तस्बिरः चन्द्रकान्त चौधरी ।

शिवम् सिमेन्ट्सद्वारा दुई विद्यालयलाई सहयोग

शिवम् सिमेन्ट्स लिमिटेडले हेटौंडा–१७, हटिया मकवानपुर स्थित लक्ष्मी आधारभूत विद्यालयलाई स्कुल बस तथा भरतपुर–१५, मंगलपुर चितवन स्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि स्कुल ब्याग वितरण गरेको छ । शिवम् सिमेन्ट्स लि।ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्कुल बस तथा स्कुल ब्यागहरु वितरण गरेको हो । उद्योग तथा खानी...

बागमतीमा ३८ हजार, मकवानपुरमा साढे दुई हजार हेक्टर जमिन बाँझो

हेटौंडा– बागमती प्रदेशमा अझै पनि हजारौं हेक्टर जमिन खेती नगरी बाँझो राख्ने गरिएको छ । यहाँ खेतीयोग्य जमिनमध्ये ३८ हजार ६३५ हेक्टर जमिन बाँझो रहेको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा कुल ५ लाख १३ हजार ७१८ हेक्टर खेतीयोग्य जमिन छ । जसमध्ये १ लाख...

दुर्घटनामा मकवानपुरगढीका एकै परिवारका ३ जनाको मृत्यु

मकवानपुर– मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धुवाडीपुल नजिक बिहीबार मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइल चालक मकवानपुरगढी २,कुर्ले पाखाका ३५ वर्षिय भीमबहादुर स्याङतान, ३४ वर्षिया उनकी पत्नी रुपा र उनीहरुका ७ महिनाकी छोरी छन् । मकवानपुरगढीकै वडा नम्बर ७,सुकौरा पुगेर कान्तिलोकपथतर्फ...