स्थानीय
बागमती सरकारमाथि ९ आरोपः आर्थिक चलखेलदेखि विकासमा बेवास्थासम्म
हेटौंडा– नेकपा एमाले बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सरकारलाई ९ वटा आरोप लगाएको छ । प्रदेश सरकार आर्थिक चलखेलदेखि महत्वपूर्ण संरचना निर्माण अधुरै राखेर काम नगरेकोप्रति एमालेले रोष प्रकटगरेको हो । हेटौंडामा बसेको संसदीय दलको बैठकका निर्णय सार्वजनिक गर्दै एमालेले बागमती सरकार निश्चित मन्त्री र कार्यकर्ता रिझाउनमै व्यस्त...
आजबाट खेलकुद तथा व्यापार महोत्सव
हेटौंडा– हेटौंडामा आज बिहीबारबाट वृहत् खेलकुद तथा व्यापार महोत्सव हुने भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा हेटौंडा–१० स्थित टीसीएन चौरमा आजदेखि १७ पुससम्म महोत्सव हुँदैछ । महोत्सवको तयारी पूरा भएको आयोजक खेलकुद विकास समितिका अध्यक्ष वेष खड्गीले बुधवार पत्रकार...
जग्गा ओगटेर बसेका चार उद्योगको सम्झौता रद्द
हेटौंडा– हेटौंडा औद्योगिक क्षेत्रमा उद्योग खडा नगरी जग्गा मात्रै ओगटेर बसेका चारवटा उद्योगको जग्गा भाडा सम्झौता रद्द गरिएको छ । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योग सञ्चालन गर्न सम्झौता गरी उद्योग सञ्चालनमा नल्याउने चारवटा उद्योगसँगको सम्झौता रद्द गरेको हो । सम्झौता भएको ६ महिनाभित्रमा आवश्यक संरचना निर्माण कार्य सुरु...
मकवानपुर क्याम्पसलाई विश्वविद्यालय बनाउने सरकारको निर्णय
हेटौंडा– बागमती प्रदेश सरकारको मंगलबार बसेको मन्त्रीपरिषद् बैंठकले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउने निर्णयगरेको छ । प्रदेश सरकारले प्रदेशको शैक्षिक विकासका लागि प्रादेश सार्वजनिक विश्वविद्यालय स्थापना गर्नका लागि संरचना तयार गर्न अनुमति प्रदान गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले बताए । बागमती प्रदेश...
११ वर्षमा मानवसेवा आश्रमको आफ्नै भवन, प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन
हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौंडास्थित मानवसेवा आश्रम ९मानवता प्रवद्र्धन महाअभियान० को मुख्य कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । करिव १० वर्ष भाडाको घरमा विताएको मावनसेवा आश्रमले हाल हेटौंडाको लामसुरेधापमा निर्माण गरिएको भवन शनिबार प्रधानमन्त्री प्रचण्डले भवनको उद्घाटन गरेका हुन् । प्रचण्डले भवनभित्र र बाहिर अवलोकन समेत गरेका...
अख्तियारद्वारा बागमती सरकारलाई ध्यानाकर्षण
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले बागमती प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रममा व्यवस्थाबिना बजेट कार्यान्वयन गर्न लागेकोप्रति ध्यानाकर्षण गराएको छ । प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था नगरी आर्थिक वर्षको मध्यमा आइपुग्दा कार्यक्रम र योजना थप गर्न लागेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।...
कांग्रेस मकवानपुरले राजनीतिसँगै सामाजिक रुपान्तरण थाल्ने
नेपाली कांग्रेस मकवानपुरले राजनीतिसँगै सामाजिक रुपान्तरणको अभियान पनि चलाउने भएको छ ।आगामी ३ पुसमा हेटौंडामा जिल्ला सम्मेलनको आयोजना गरेर राजनीतिक गतिविधिसँगै सामाजिक रुपान्तरणमा जुट्ने गरी आन्तरिक रुप रेखा तयार गर्ने जनाइएको छ । जिल्ला सम्मेलनको तयारी बारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पार्टीले...
अख्तियार हेटौंडामा चार महिनाभित्रै ९ सय वटा उजुरी
हेटौंडा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा विभिन्न माध्यमबाट ९ सय ४ वटा उजुरी परेको छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ८ सय ८० सहित एक हजार ७ सय ८४ उजुरी परेको हो । यो संख्या कार्तिक मसान्तसम्मको हो । अख्तियारको कार्यालय...
म्यानेजमेन्टमा तीन दिने ‘फुड’ मेला सुरु
हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा ‘फुड’ मेला शुरु भएको छ । बुधबारबाट शुरु भएको मेला शनिबार सम्म सञ्चालन हुने छ । क्याम्पसमा अध्ययनरत विद्यार्थी बीच प्रतिस्पर्धा गराउँदै शिक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कलेजले जनाएको छ । म्यानेजमेन्टका प्रिन्सिपल पुरणबहादुर जोशीको अध्यक्षतामा भएको मेलाको उद्घाटन त्रिभुवन विश्वविद्यालयका एशोसिएट...
मेला, महोत्सवमार्फत् व्यापार र मनोरञ्जनमा झुम्दै मकवानपुर
हेटौंडा– आर्थिक मन्दीको चपेटामा रहेको ब्यापार ब्यवसायमा चहलपहल बढाउने र मनोरञ्जन गर्ने लहर चलेको छ । थाहानगरमा आयोजना भएको थाहा महोत्सव आज मंगलबारदेखि सकिएको छ । पुसको पहिलो साता बसपार्कमा वडा कार्यालयको मेला र खेलकुद विकास समितिको खेलकुद तथा ब्यापार मेला हुँदैछ । हुन त यतिबेला देशभर मेला महोत्सवको...