स्थानीय

२१ जना महिलाले गरे रक्तदान

हेटौंडा । अखिल नेपाल महिला संघ (अनेमसंघ) मकवानपुरको आयोजनामा भएको रक्तदान कार्यक्रममा २१ जना महिलाले रक्तदान गरेका छन् । १ सय १४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार अनेमसंघ मकवानपुरले रक्तदान कार्यक्रम गरेको हो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अनेमसंघले सप्ताहाव्यापी कार्यक्रम आयोजना गरि मनाउँदैछ । साताव्यापी कार्यक्रम अन्तर्गत...

चित्लाङ–थानकोट सडकको सेतो पहराको भित्ता भरी ऐना

हेटौंडा । चित्लाङ–थानकोट सडक (गणेशमान सिंह मार्ग) अन्तर्गत चन्द्रागिरी नगरपालिका–४ थानकोट पानीघाटस्थित सेतो पहरा क्षेत्रको भित्तामा ऐना झुण्ड्याउन थालिएको छ । सडक खन्नुपूर्व क्षमा पूजा नगरिएकोले सेतो पहरा क्षेत्रमा अप्रिय घटना घटिरहेको भन्दै विश्वभक्त बाबा नाम गरेका एकजना साधकले केहि समयअघि सो क्षेत्रमा सेतीदेवीको मन्दिर बनाई ऐना चढाउनुपर्ने बताए...

मकवानपुर क्रिकेट टिमको लगातार दुई हार

हेटौंडा । बाराको जितपुर सिमरामा भइरहेको टि–२० हरपुर क्रिकेट प्रतियोगितामा मकवानपुर क्रिकेट टिमले लगातार दुई पराजय भोगेको छ । दुई खेलमा पराजित भएसँगै मकवानपुर क्रिकेट मिट प्रतियोगिताबाट बाहिरिएको छ । मकवानपुर क्रिकेट टिम आइतबार कलैया र सोमबार गरुडा क्रिकेट टिमसँग पराजित भएको हो । गरुडा क्रिकेट क्लवले १ विकेटमा...

वडा स्तरीय खेलकुद विकास समितिको सपथ

हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर १८ मा गठित वडा स्तरीय खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । वडास्तरमा गठित खेलकुद विकास समितीलाई वडा अध्यक्ष अनिल बानियाँले पद तथा गोपनीयताको सपथ गराएका हुन्। गत फागुन ८ गते गठित समितीले आज सपथ लिएको हो...

अमर माविमा छात्रवृत्ति अक्षय कोष स्थापना गरिने

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ मा रहेको अमर माध्यमिक विद्यालयमा छात्रवृत्ति अक्षय कोष स्थापना गरिने भएको छ । विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति वितरण गर्ने उदेश्यले छात्रवृत्ति अक्षय कोष स्थापना गर्न लागेको हो । आइतवार विद्यालयकी प्रधानाध्यपक मालती उप्रेतीले अक्ष्य कोष स्थापना गर्नको लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...

बागमतीको सत्ता समीकरण फेरबदलमा राप्रपा र ‘हानेपा’ निर्णायक

हेटौंडा । केन्द्रीय सत्ता गठबन्धनमा उलटपुलट आएसँगै बागमतीमा पनि सरकार फेरबदल निश्चित प्रायः छ । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएर नेकपा एमालेसहितको नयाँ सत्ता गठबन्धन बन्ने भएपछि बागमतीमा पनि जोडघटाउ सुरु भएको छ । बागमतीमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को सरकार छ ।...

सर्वोच्चद्वारा रिट खारेजी, सडक फराकिलो पार्ने बाटो खुल्यो

हेटौंडा– पूर्वपश्चिम राजमार्ग फराकिलो बनाउने कार्यमा डिभिजन सडक कार्यालयलाई बोटो खुलेको छ । डिभिजन सडक कार्यालयले हेटौंडा बजारक्षेत्रमा २५ मिटर सडक विस्तार गर्न गएको असार १० गते राष्ट्रिय दैनिक पत्रिकामा ३५ दिने सूचना प्रकाशन गरी काम अघि बढाउने तयारी थालेको थियो । तर, क्षतिपूर्ति र व्यवसायीको समस्याको विषयमा घरधनीहरुले...

सिस्नुको झोलदेखि गुन्द्रुकसम्म पाउने राक्सिराङमा हाटबजार

हेटौंडा– राक्सिराङ गाउँपालिकाको प्रमुख प्रशासनिक भवन रहेको वडा नं ५ चैनपुरस्थित मनहरी खोलाकिनारमा पाक्षिक हाटबजार सुरु भएको छ । २०८० सालकोको पहिलो हाटबजार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले उद्घाटन गरेका छन् । राक्सिराङ गाउँपालिकाले स्थानीय कृषिउपजको प्रवद्र्धन, बिक्री, बितरण र गाउँसमाजका किसान, व्यापारी र सरोकारवालाको भेटघाट र...

हेटौंडामा दुई दिन थाहा फोटो प्रदर्शनी गरिँदै

हेटौंडा– थाहानगरको पर्यटन प्रबद्र्धनका लागि हेटौडामा फोटो प्रदर्शनी हुने भएको छ । थाहा नगरपालिकाको आयोजनामा पुस २० र २१ गते हेटौंडाको बुद्धचोकमा फोटो प्रदर्शनी आयोजना गरिने थाहा नगरपालिकाले जनाएको छ । थाहानगरका करिब एक दर्जन फोटोग्राफरले खिचेका थाहानगरको पर्यटकीय क्षेत्र, नगरको प्राकृतिक, धार्मिक स्थल, सभ्यता, सस्कृति र जीवनशैली समेटिएका...

संविधान राम्रो बनाए तर, काम राम्रो गरेनन्ः डा.भण्डारी

हेटौंडा– प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले यो देशको नेतृत्वले संविधान राम्रो बनाएको भएपनि काम भने राम्रोसँग गर्न नसकेकाले युवावर्गमा निराशा पैदा भएको बताएका छन् । डा. भण्डारीले युवा देशको भविष्य भएको र युवाले मुलुक बनाउन सक्ने बताएका हुन् ।वीपी विचार समाज मकवानपुरको...