स्थानीय
साहित्य सङ्गम मकवानपुरद्धारा ७ जना सर्जक सम्मान
हेटौँडा/साहित्य सङ्गम मकवानपुरले ७ जना सर्जकलाई सम्मान गरेको छ । संगमकोे ३ सय ४१ औं साहित्य सन्ध्या तथा सम्मान समर्पण कार्यक्रममा ७ जना सर्जकलाई एउटै मञ्चमा सम्मान गरिएको हो । १५ हजार ५ सय ५५ रुपैयाँ राशिको ‘मकवानपुर साहित्यश्री सम्मान २०८०’ बाट ईन्द्रजित शर्मा चौलागाईं सम्मानित भएको छ ।...
इच्छा विपरित रङ्ग, लोला, पानी तथा अन्य कुनै पनि पदार्थ नछ्याप्न जिप्रका मकवानपुरको आग्रह
हेटौंडा/जिल्ला प्रशासन कार्यालय मकवानपुरले होलीलाई सभ्य, शिष्ट र मर्यादित रुपमा मनाउन आग्रह गरेको छ । प्रशासनले भोलि चैत्र ११ गते आइतबार पर्न गएको फागु पूर्णिमा (होली पर्व) को अवसरमा समस्त नागरिकहरुप्रति शुभकामना दिँदै यस्तो आग्रह गरेको हो । साथै प्रशासनले कसैको इच्छा विपरित रङ्ग, लोला, पानी तथा अन्य कुनै...
हेटौंडा–१४ मा लटरम्म फल्यो स्ट्रबेरी
हेटौंडा/हेटौंडा उपमहानगरपालिका–१४ स्थित कालोपानीमा एक कृषकले व्यावसायिक रुपमा गरेको स्ट्रबेरी खेती यतिबेला लटरम्म फलेका छन् । स्थानीय अर्जुन थिङ्ले एक वर्षअघि करिव ३ कठ्ठामा लगाएको स्ट्रबेरीले आम्दानी समेत दिन थालेको छ । लामो समयसम्म भारतमा बस्दै आएका थिङ् केहि वर्षअघि मात्रै आफ्नो गाउँ फर्केर कृषि क्रान्तिमा लागेको थिए ।...
हेटौंडामा थपियो दैनिक ६० लाख लिटर पानी
हेटौंडा / हेटौंडा बजार क्षेत्रमा खानेपानीको उपलब्धता पर्याप्त बन्दै गएको छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले शुक्रबारदेखि हेटौंडा बजार क्षेत्रमा वितरणका लागि दैनिक करिब ६० लाख लिटर खानेपानी थपिएको जनाएको छ । विश्व पानी दिवसको सन्दर्भ पारेर बोर्डले हेटौंडा उपमहानगरपालिका र गढीगाउँपालिकाको संगमस्थल सामरी खोला नजिकै समवेल निर्माण गरी...
भुटनदेवी माविको अध्यक्षमा सिग्देल
हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)को व्यवस्थापन समिति अध्यक्षमा ४ नम्वर वडाका अध्यक्ष नवीन सिग्देल चयन भएका छन् । मंगलबार बसेको विद्यालय व्यवस्थापन समितिको बैैठकले सिग्देललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । २९ पुसमा विद्यालयको अभिभावक भेला सम्पन भए पनि विद्यालय व्यवस्थापन समिति चयन...
महिला मिलनद्धारा आयोजित उद्यमशिलता विकास तालिम सम्पन्न
हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१३ स्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्थाद्धारा आयोजित उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ । १३ नम्वर वडा कार्यालयको सहयोगमा गत शुक्रवारदेखि सञ्चालन भएको पाँच दिने उद्यमशिलता तालिम मंगलवार एक कार्यक्रमकाबीच सम्पन्न भएको हो । २२ जनाको सहभागितामा भएको तालिममा उद्योग तथा बाणिज्य कार्यालय...
हेटौंडामा चैत अन्तिम साताबाट मेयर कप फुटबल प्रतियोगिता –२०८० हुने
हेटौंडा/हेटौंडामा चैत अन्तिम साताबाट मेयर कप फुटबल प्रतियोगिता–२०८० हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग र नगर खेलकुद विकास समितिको समन्वयमा मेयर कपको चौथो संस्करण हुन लागेको हो । चैत २४ गतेबाट हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा हुने प्रतियोगितामा नगरको १९ वटा वडा सहभागी हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा...
हेटौँडा सिमेन्ट उद्योगको क्लिङ्कर उत्पादन बन्द
हेटौंडा/सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्करको उत्पादन कार्य बन्द भएको छ । उद्योगमा क्लिङ्कर उत्पादनका लागि आवश्यक रहेको कोइलाको अभाव तथा मेसिनमा आएको खराबीका कारण सो सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्कर उत्पादन रोकिएको उद्योग प्रशासनले जनाएको छ । कोइलाका माध्यमबाट भट्टीमा पत्थर अर्थात् ढुङ्गालाई गलाएर क्लिङ्कर...