स्थानीय
हेटौंडाको शहिद स्मारक अब राति १० बजेसम्म खुल्ने
हेटौंडा/हेटौंडाको शहिद स्मारक अब नयाँ वर्षबाट बिहान ६ बजेदेखि राति १० बजेसम्म खुला रहने भएको छ । स्मारकमा नयाँ बत्ती जडान गरी थप सौन्दर्यीकरण गरेसँगै स्मारक विकास समितिले राति १० बजेसम्म स्मारक परिसर खुला गर्न सुरु गरिएको स्मारक विकास समितिका अध्यक्ष तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।...
हेटौँडा अस्पतालमा चिकित्सक नहुँदा थन्किए उपकरण
हेटौँडा/हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किका छन् । मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएका अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताए । बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नभएर उपकरण थन्काउन बाध्य भएको बताउँदै सञ्चालक सदस्य चौलागाईंले चाँडोभन्दा चाँडो चिकित्सक नियुक्तिका निम्ति सम्बन्धित निकायलाई घच्घच्चयाइरहेको बताए ।...
हेटौंडा –९ नं. वडा कार्यालय नवनिर्मित भवनको उद्धाटन
हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नंं. ९ वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । बुधबार उपमहानगरकी मेयर मिना कुमारी लामा र उपमेयर राजेश बानिंयाले संयुक्त रुपमा ६ कोठे भवनको उद्घाटन गरेको हो । कार्यक्रममा बोल्दै मेयर लामाले भवन जति सुन्दर छ त्यसैगरि सेवा प्रवाह पनि सहज र सुन्दर तरिकाले दिन...
नवदोयमा पूर्वप्राथमिक तह अध्ययन पूरा गरेका विद्यार्थी दीक्षित
हेटौंडा । नवदोय शिशु सदन वर्ष हेटौंडा उपमहानगरको अग्रणी शैक्षिक संस्थाको रुपमा स्थापित छ । बालबालिकामा शिक्षाप्रतिको लगाव र प्रेम दर्शाउँदै अभिभावकसमेतको ध्यानाकर्षण गराउन नवोदयले अनेकौं रचनात्मक क्रियाकपालहरु गर्दै आइरहेको छ । मंगलबार मात्रै नवोदयले एउटा रचनात्मक शैक्षिक कार्यक्रम आयोजना गरेको छ । सामान्यताः त्रिभुवन, काठमाडौंलगायतका विश्वविद्यालयहरुले मात्रै दीक्षान्त...
हेटौंडा उपमहानगरको सहयोगमा उत्पादित गुन्द्रुक बजारमा
हेटौंडा/हेटौंडा उपमहानगरपालिकाको सहयोगमा उत्पादन थालिएको गुन्द्रुक अब बजारमा जाने भएको छ । हेटौंडा उपमहानगरपालिका–१२ घलेगाउँस्थित कञ्चनजंघा कृषि सहकारी संस्था लघु उद्यमी उत्पादन थालेको अर्गानिक गुन्द्रुकको वजारीकरणका लागि अनुज्ञापत्र प्राप्त गरेपछि बजारमा पठाइने भएको हो । लघु उद्यमीहरूले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौंडा स्थत खाद्यप्रविधि तथा...
नवोदयको आयोजनामा ‘एक्जीट’ कार्यक्रम
हेटौंडा/हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको आयोजनामा शनिबार ‘एक्जीट’ कार्यक्रम आयोजना भएको छ । कक्षा १ को ‘मि एण्ड माइ सराउण्डीङ थिम’ मा रही वर्षभरि सिकेका कुरालाई विद्यार्थीहरुले स्टल मार्फत विभिन्न रचनात्मक प्रस्तुती दिएका थिए । उक्त थिममा वृक्षारोपण, डोनेसन, सामाजिक सेवा र सरसफाई गरी ४...
महिला मिलनद्धरा आयोजित चित्रकला प्रतियोगितामा थिङ् प्रथम
हेटौंडा/‘बालविवाहले पारेको असरहरु’ बारे किशोरी सदस्यहरु बीच चित्रकला प्रतियोगितामा हेटौंडा–१३ की क्याथ्रीन थिङ् प्रथम भएकी छन् । शनिबार हेटौंडा–१३ स्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटले ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरिएको चित्रकला प्रतियोगितामा थिङ् प्रथम भएकी हुन् । उनले १६ जनालाई उछिन्दै प्रथम स्थान...
सहकारी मन्त्री भन्छन्– ‘सहकारी क्षेत्रमा ९९ प्रतिशत संचालक असल छन्’
हेटौंडा/बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले सहकारी क्षेत्रको विकासको पक्षमा एकजुट भएर लाग्नुपर्ने बताएका छन् । मंगलबार ६७ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा हेटौंडामा आयोजित कार्यक्रमको उद्घाटन गरेका मन्त्री बज्राचार्यले हाल थोरै संख्याका सहकारी सञ्चालकको स्वार्थका कारण समस्यामा परेको र बदनाम बनिरहेको सहकारी क्षेत्रमा ९९ प्रतिशत...
आजबाट एसईई परीक्षा, मकवानपुरमा २६ परीक्षा केन्द्र
हेटौंडा– आज (विहीबार)बाट माध्यमिक शिक्षा परीक्षा ९एसईई० सुरु हुँदैछ । पहिलो दिनको अङ्ग्रेजी विषय परीक्षा विहान ८ बजेबाट सुरु भई ११ बजे सकिनेछ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा बागमती प्रदेशबाट १ लाख ३३ जना परीक्षार्थी सहभागी हुने बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय...
राक्सिराङ गाउँपालिकाद्वारा एसईईका परीक्षार्थीलाई खाद्यान्न
हेटौंडा– गाउँबाट एसईई दिन आएका परीक्षार्थीहरुलाई मकवानपुरको राक्सिराङ गाउँपालिकाले खाद्यान्न उपलब्ध गराएको छ । जिल्लाको विकट एवं दुर्गम राक्सिराङ गाउँपालिकाले विकट क्षेत्रबाट पालिकाको केन्द्रमा एसईई परीक्षा दिन आएका परीक्षार्थीहरुलाई साढे १२ किलो चामलसहित दाल, तेल र नुन उपलब्ध गराएको हो । राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरस्थित प्रजा विकास माध्यमिक विद्यालयमा...