स्थानीय
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्ड तोडमोडको आरोपमा ६ जना नियन्त्रणमा
हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको बोर्ड तोडमोडको आरोपमा मकवानपुर प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरे छन् । उनीहरु नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीसँग आबद्ध रहेका...
मकवानपुरमा विद्यार्थी भर्ना अभियान स्थगित
हेटौंडा । मकवानपुरका सामुदायिक विद्यालयले वैशाख २ गतेदेखि गर्ने भनिएको विद्यार्थी भर्ना अभियान स्थगित गरिएको छ । शिक्षक आन्दोलनका कारण वैशाख २ गतेदेखि जिल्लाका सामुदायिक विद्यालयमा गर्ने भनिएको विद्यार्थी भर्ना अभियान सुरु हुनु सकेको छैन । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएपछि विद्यालयमा भर्ना अभियानलगायतका...
प्रदेशको ८४८ माविमा विद्यालय नर्स, ३३ गापा र एक नपा रित्तै
हेटौंडा । बागमती प्रदेशको ८ सय भन्दा बढी माध्यमिक विद्यालयमा नर्सिङ सेवाको पहुँच पुगेको बताइएको छ । विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका साथै स्वास्थ्य सजगता अपनाउन उत्प्रेरित गर्दै स्वास्थ्य, सरसफाइ र पोषण प्रवद्र्धन गर्न विद्यालयमा नर्स राखिएको हो । प्रदेशको ८ सय ४८ माध्यमिक विद्यालयमा नर्सिङ सेवा...
राजधानी कायम भएको ५ वर्षसम्म पनि बनेन स्थायी संरचना
हेटौंडा । हेटौंडा बागमती प्रदेशको स्थायी राजधानी हेटौंडा कायम भएको ५ वर्ष पूरा भइसक्दा समेत स्थायी संरचनाहरु बन्न सकेका छैनन् ।तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा २०७६ पुसमा प्रदेशको स्थायी राजधानी हेटौंडा तोकिएको थियो । राजधानी टुंगिएपछि लामो समय भैसक्दा समेत स्थायी संरचना निर्माण भने हुन सकेको छैन । प्रदेश...
गाउँपालिकाले आफ्नै लगानीमा बनायो कैलाश–बैकुण्ठ जीपलाइन
हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा निर्मित कैलाश–बैकुण्ठ जीपलाइनको उद्घाटन गरिएको छ । नयाँवर्षको अवसर पारेर जीपलाइनको उद्घाटन गरिएको हो । गाउँपालिकाको करिब ८८ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको एक हजार दुइसय मिटर लामो जीपलाइनको सोमबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्लले उद्घाटन गरेका हुन् । बैकुण्ठ–कैलाश जीपलाइन...
११ नम्बर वडाले गाईभैंसीका लागि म्याट खरिदमा अनुदान दिने
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ ले चालू आर्थिक वर्ष २०८१/८२ का लागि स्वीकृत कार्यक्रमअन्तर्गत गाईभैंसीका लागि म्याट खरिदमा अनुदान दिने कार्यक्रम सञ्चालन गर्ने भएको छ । वडा कार्यालयको २०८१ चैत २९ गतेको निर्णय अनुसार यो कार्यक्रम सार्वजनिक संस्थाहरु, कृषक, कृषिफर्म, कृषक समूह, कृषि तथा बहुउद्देश्यीय सहकारी संस्थालाई लक्षित गरिएको छ...
सहमहामन्त्री डीनाले भनिन्, ‘सीपलाई व्यवाहरमा उतार्न सके जीवन सफल’
हेटौंडा । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले तालिम सिकेको प्रमाणपत्र बोकेरमात्र जीवन सफल नहुने बताएकी छन् । बागमती प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्को सहयोगमा युवालक्षित सीप विकास तालिमअन्तर्गत् हेटौंडामा व्यूटिपार्लर तालिम उद्घाटन गर्दै उनले सीप सिकेर प्रमाणपत्रसंगै व्यवहारमा लागू गरे आयआर्जन बढेर जीवन सहज हुने...
बागमती सरकारले नागरिकमा आशा जगाएन, जग पनि बसाएन
हेटौंडा । प्रदेश सभाको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको बागमती प्रदेश सरकारमा २०८१ साउनबाट दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले आए । निरन्तर ६ वर्षदेखि सत्तामा रहेर माओवादी केन्द्र बाहिरिएसँगै पहिलो पटक सरकारको नेतृत्व गरेको कांग्रेसले नागरिकको आशा जगाउने काम गर्न सकेन । मन्त्रालय...
मनहरीमा चट्याङबाट छोराको मृत्यु, बुबा घाइते
हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । मुत्यु हुनेमा मनहरी गाउँपालिका–५ दरदरा बस्ने २८ वर्षीय अबिरल थिङ रहेका छन् । आइतबार दिउँसो करिब ४ बजेको समयमा मनहरी–५ बसन्तपुरस्थित राप्तीखोलाको किनारमा ५ नम्बर वडाकै डिल्लीपुरबाट घरतर्फ जाने क्रममा चट्याङ लागेर उनको मृत्यु...
मुलुकको समग्र संरचनामा हेरफेर र सुधार गर्न पूर्वराजाको आह्वान
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनभावना अनुसार मुलुकको समग्र संरचनामा हेरफेर गर्नुपर्ने प्रस्ताव गरेका छन् । आज नयाँ वर्षको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । करिब १४ मिनेट लामो शुभकामना सन्देशमा शाहले वर्तमान दुरावस्थाको चित्रण गर्दै आफ्नो राजनीतिक र आर्थिक मार्गचित्र पेश गर्ने...