मकवानपुरगढीमा कांग्रेसलाई धक्का, निर्वाचित वडा सदस्य एकीकृत समाजवादीमा प्रवेश

संवाददाता
मंसिर १३, २०७८

हेटौंडा– मकवानपुरगढीमा नेपाली कांग्रेसलाई धक्का लागेको छ । नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ का जननिर्वाचित वडा सदस्य सानुकान्छा मोक्तानले कांग्रेस परित्याग गर्दै एकीकृत समाजवादी रोजेका हुन् । मोक्तान ७ नम्बर वडाका चर्चित नेता हुन् । कांग्रेसले मुलुकको विकासमा कुनै भूमिका खेल्न नसकेको र अब एकीकृत समाजवादीले मात्रै मुलुक निर्माणमा योगदान गर्न सक्ने भन्दै एकीकृत समाजवादी रोजेको उनको भनाई छ ।

७ नम्बर वडाका जनप्रिय नेता मोक्तान एकीकृत समाजवादी प्रवेश गरेपछि कांग्रेसलाई धक्का लागेको हो । २०७४ को स्थानीय तहको निर्वाचनमा ७ नम्बर वडामा कांग्रेसले वडा अध्यक्ष जितेको थियो ।

वडा सदस्य मोक्तानसँगै सोही वडाका मंगलसिं लो र सुनबहादुर लो पनि पार्टीमा प्रवेश गरेका छन् । मंगल सिं र सुनबहादुर वडाका सक्रिय नेताहरु हुन् । नवप्रवेशीहरुलाई नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने, एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सचेतक मुनु सिग्देल र एकीकृत समाजवादी मकवानपुरगढीका अध्यक्ष अर्जुनप्रसाद दाहालले स्वागत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*