मकवानपुरमा कोरोनाविरुद्धको खोप अभाव हुँदैन, चाहिने जति पठाइदिन्छुः मन्त्री खतिवडा

संवाददाता
मंसिर ५, २०७८

हेटौंडा । संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले मकवानपुरमा कोरोनाविरुद्धको खोप अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

हेटौंडामा आइतबार समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले मकवानपुरबासीलाई कोरोनाविरुद्धको खोप लगाउनबाट बञ्चित हुन नदिने उनले बताएका हुन् ।

सरकारले आवश्यक खोप खरिद गरिसकेको र विभिन्न मुलुकबाट आइरहेको बताउँदै देशका सबै नागरिकलाई खोप लगाइने बताए । ‘खोप सबै नागरिकले लगाउने गरी व्यवस्था गरिरहेको छु । मकवानपुरमा खोपको अभाव हुन दिन्न । आवश्यक खोप माग गरे तत्काल खोप उपलब्ध गराउँछु ।,’ खतिवडाले भने ।

समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य शिवकुमार काशीको सभाध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल, सचिव विष्णुप्रसाद दहाललगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*