बागमतीमा जम्कट्टेललाई आर्थिक मामिला र लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मा
हेटौंडा–बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीवार थप दुइजना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् छन् ।
मुख्यमन्त्री पाण्डेले बिहीबार नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्री बनाएका हुन् ।
जम्मकट्टेलले आर्थिक मामिला तथा योजना र लामाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका पाएका छन् । उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ गराएका छन् ।
११ कार्तिकमा मुख्यमन्त्री नियुक्त भएसँगै पाण्डेले चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए । पहिलो चरणमा र नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल, कांग्रेसका कृष्णलाल भँडेल, माओवादी केन्द्रकी कुमारी मोक्तान मन्त्री बनेका थिए ।
खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, मोक्तानलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
बागमतीमा मन्त्रिपरिषद्ले अझै पूर्णता भने पाउन सकेको छैन । सत्तारुढ दलहरुबीच भागवण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउन नसकेको हो । भागबण्डा मिलाउन केही मन्त्रालय फुटाउने तयारी छ । अब बागमतीमा ८ बाट १२ वटा मन्त्रालय बनाउने गठबन्धनको तयारी छ ।