३२ वर्ष कांग्रेसमा राजनीति गरेका दाहालले किन रोजे नेकपा (एस) ? यस्तो रहेछ कारण
हेटौंडा– मकवानपुरमा नेपाली कांग्रेसको राजनीतिमा ३२ वर्ष सक्रिय भूमिका निर्वाह गरेका मकवानपुरगढी गाउँपालिकाका नेता अर्जुन दाहाल आज एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
नेता दाहाललाई एकीकृत समाजवादीका उपाध्यक्ष कामरेड केदार न्यौपाने, पोलिटब्युरो सदस्य ललित बस्नेत, केन्द्रीय सदस्यहरु मुनु सिग्देल, सूर्यचन्द्र न्यौपाने, पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले टिका लगाएर पार्टीमा स्वागत गरे ।
दाहाल वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनसँगै हेटौंडाको चौघडास्थित बंशगोपाल माविस्थित नेविसंघको कार्यसमितिी सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका थिए ।
जीवनका महत्वपूर्ण समय कांग्रेसमा राजनीति गर्दै अहिले एकीकृत समाजवादी रोज्नुलाई उनले यो पार्टी जनताप्रति उत्तरदायी पार्टीको रुपमा उदाइरहेको देखेका छन् ।
देशमा संविधान तथा विधि बचाउनका लागि एमालेबाट विद्रोह गरी माधव कुमार नेपाल लगायतका नेताहरुले खेलेको भूमिकाले जनताको भलोका लागि असली पार्टी एकीकृत समाजवादी नै हुने उनको बुझाई छ ।
‘आफ्नो पदलाई दाउमा राखेर संविधान रक्षा र विधिको शासनलाई जोगाउन यस पार्टीका नेताहरु लागेको पाएँ ।’ दाहाल भन्छन्, ‘ अब जनताको भलो गर्ने, आवाज विहीनको लागि आवाज बोक्ने पार्टी एकीकृत समाजवादी हो भन्ने लागेरे यसमा समाहित बनेको हुँ ।’
एकीकृत समाजवादीमा प्रवेश गरेसंगै उनको केही सपनाहरु पनि छन् । उनी भन्छन्, ‘समाजनमा आर्थिक अवस्था कमजोर भएकाहरुका लागि सहयोगी बन्नु छ । त्यसका लागि यो पार्टी जनताको पार्टी बनेर अभिनेमा मलाई विश्वास छ ।’
कमजोर वर्गको उत्थान, अग्रजको सम्मान एवं युवाको चाहाना अनुसार आफू अघि बढ्दै पार्टीलाई पनि अब अगाडी बढाउने नेता दहालको प्रण छ । लामो समय आफू आबद्द कांग्रेस पार्टीमा निष्टवान भन्दा अवसरदालाई प्रोत्साहन गर्न थालेपछि आफू त्यहाँ बसिररहनु अर्थहिन हुने ठानेर पार्टी छाडेको उनको भनाई छ ।
‘आफूले यतिका समय राजनीति गरेको पार्टी त विभिन्न गुट उपगुटमा रमाउन थाल्यो, यसले जनभावना सम्बोधन गर्न सकेन र छाडिदिएँ । ’ उनी भन्छन् । उनले अब एकीकृत समाजवादी इमान्दार निष्ठावान मान्छेहरुको कदर गर्दै शोसित पिडित वर्गको उत्थानका लागि अघि बढ्ने विश्वास लागेको पनि बताउँछन् ।
नेता दाहाल पार्टी निकट तरुण दलको गाउँ कमिटीमा लाग्दै जीवनमा थप राजनीतिक अनुभव हासिल गर्न पुगेका व्यक्तित्व हुन् । उनको राजनीतिक सक्रियता कांग्रेसमार्फत समाजमा अघिध बढ्दै गइरहेको बेला विंसं.२०४८ सालको निर्वाचनमा सक्रिय सहभागी बनेर प्रचार प्रसारमा निकै प्रभावकारी भूमिका निर्वाह गरेका थिए ।
यस्तै, वि.सं.२०४९ सालको स्थानीय तहको चुनावमा पनि उनले नेतृत्व गर्दै आफ्नो पार्टीको प्रचार प्रसार अभियानलाई तिब्र पारेका थिए ।
पार्टीको विभिन्न भाग संगठनमा रहेर महत्वपूर्ण जिम्मेवारी इमान्दारीपूवर्क निर्वाह गरेका उनको विशेष चुनावी प्रचार प्रसारकै कारण वि.सं.२०७० सालको चुनावमा मकवानपुरको क्षेत्र नम्बर १ बाट इन्द्रबहार बानियाँले प्रतिनिधिसभाको चुनाव जितेका थिए ।
पार्टीमा उनी क्षेत्रीय सचिव रहेर लामो समय काम गर्दै अहिले निर्वाचित जिल्ला सदस्यको भूमिका निर्वाह गर्दै आइरहेका थिए ।
राजनीतिमा मात्र होइन उनको विभिन्न सामाजिक अभियान र आन्दोलनमा पनि नेतृत्व दायी भूमिका रहँदै आएको छ ।
मकवानपुरमा विशेषगरी सामुदायिक वन क्षेत्र र दुग्ध उत्पादनका क्षेत्रका उपभोक्ताको हकहितका लागि उनी लागि पर्दै आएका छन् । उनी अहिले देशकै उत्कृष्ट दुग्ध उत्पादक सहकारीमा पर्न सफल मकवानपुरगढी स्थित मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्ष भएर आफ्नो दायित्व निर्वाह गरिरहेका छन् ।
यस्तै, मकवानपुरको पहिलो सामुदायिक वन चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष तथा सालक पार्क व्यवस्थापन समितिको अध्यक्षका रुपमा आफ्ना सामाजिक पाइलालाई उनले अगाडी बढाइरहेका छन् ।
यो सामुदायिक वनको उपभोक्ता क्षेत्र हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ६, १६ र १७ तथा मकवानपुरगढी गाउँपालिकाको २ र ३ नम्बर वडा रहेको छ ।
यस्तै, उनी विभिन्न सहकारीहरुका सल्लाहकार रही आफूले जाने बुझेका सल्लाह प्रदान गर्दै सहकारी तथा संघसंस्था विकासका लागि एक प्रेरक व्यक्तित्वका रुपमा समाजमा परिचय बनाएका छन् ।