दुईदिनको गिरावटपछि नेप्से परिसूचकमा उच्च सुधार
काठमाडौं । दुईदिनपछि गिरावट पटि सेयर बजार फेरि बढेको छ । बिहीबार नेप्से ९०.६७ अंकले बढेर २५०६.६८ अंकमा आइपुगेको हो ।
नेप्से बढेको दिन बजारमा ६ अर्ब ५ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
लगातार बढिरहेको बजारमा करेक्सन आउन थालेपछि लगानीकर्ताले नाफा बुक गरिसकेका छन् । नाफा बुक गरिसकेपछि बैंकलगायत केही अनुभवी लगानीकर्ता सेयर किनबेचबाट बाहिरिएका छन् । बैंकले नै कारोबारबाट हात झिकेका कारण कारोबार रकम घटेको बताइएको छ ।