ज्योति लाइफलाई ६६ करोडको आईपीओ निष्कासन गर्न स्वीकृति

संवाददाता
फाल्गुन ९, २०७७

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ६६ करोड रुपैयाँको आईपीओ जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले ज्योतिलाई फागुन ७ गते शुक्रबारका दिन आईपीओ निष्काशनको अनुमति दिएको हो ।

२ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको कम्पनीको हाल १ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी कायम छ । कम्पनीले बिक्रि प्रबन्धकमा एनएमबि क्याापिटललाई नियुक्त गरेको छ ।

चालु आवको ६ महिनामा ज्योति लाइफले एक अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ । गत आवको सोही अवधीमा कम्पनीले ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । २०७६ पुसको तुलनामा २०७७ पुस मसान्त अवधीमा कम्पनीले ९३.०५ प्रतिशतले बीमा शुल्क बढाउन सफल भएको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*