गोंगबुका होटलमा क्यूआर कोड

संवाददाता
फाल्गुन ८, २०७७

काठमाडौं । सिद्घार्थ बैंकले नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गोंगबु क्षेत्रका नेपाली होटल व्यवसायी संघसँग आवद्ध ५० होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृृत शम्भु नाथ गौतमले श्रमिक गेष्ट हाउसमा क्यूआर कोडमार्फत भुक्तानी गरी सुरु गरेका हुन् ।

क्यूआर कोड सेवा सुरु भएसँगै ग्राहकहरुले नेपाली होटल व्यवसायी संघ अन्तर्गतमा रहेका होटल तथा लजमा आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी होटल सञ्चालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् । बैंकले हाललाई ५० होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको छ र आगामी दिनहरुमा होटल सङ्ख्या थप गर्ने कार्यलाई निरन्तरता दिने योजना बैंकको रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*