सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीको रिट दर्ता भएन

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)बाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका दानबहादुर कार्कीले दिएको रिट सर्वोच्च प्रशासनले अध्ययनका लागि राखेको छ ।

बुधबार सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा।मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय विरुद्ध कार्की रिट लिएर सर्वोच्च पुगेका थिए ।

कार्की निकट अधिवक्ता टिकाबहादुर कुँवरले सर्वोच्च प्रशासनले रिट अध्ययनका लागि समय लाग्ने भन्दै आज दर्ता नगरेको जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णय अनुसार डा. मनोज केसीले बुधबारबाटै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । उक्त रिट शुक्रबार दर्ता भएमा तिहार बिदापछि मात्रै प्रारम्भिक सुनुवाइ हुनेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.