बागमतीका ४ पालिका खोरेतमुक्त घोषणाको तयारी

हेटौंडा । बागमती सरकारले प्रदेशका चार स्थानीय तहलाई खोरेतमुक्त पालिका घोषणाको तयारी गरेको छ । सरकारले प्रदेशको ४ वटा स्थानीय तहहरुलाई ५ वर्षभित्र खोरेतमुक्त बनाउने उद्देश्यले कार्यक्रम लागु गरेको हो ।

प्रदेशको सिन्धुलीको मरिण तथा हरिहरपुरगढी गाँउपालिका र मकवानपुरको बकैया तथा बागमती गाँउपालिकालाई खोरेतमुक्त क्षेत्र बनाउन लागिएको हो ।

आर्थिक वर्ष २०८२र०८३ बाट नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खोरेतमुक्त कार्यक्रम लागु गरेपछि संघकै निर्देशिकाबमोजिम बकैया, बागमती, हरिहरपुरगढी गाउँपालिकालाई जोन १ र सिन्धुलीको मरिण गाउँपालिकालाई जोन २ अन्तर्गत खोरेतमुक्त क्षेत्र निर्धारण गरेको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.